निर्णय नं. ७८७३ - गोश्वारा अशंवण्डा घर जग्गा वण्डा गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७८७३ - गोश्वारा अशंवण्डा घर जग्गा वण्डा गरिपाउँ भाग: ४९ साल: २०६४ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६४/०६/१४ ४८०८ निर्णय नं. ७८७३ ने.का.प. २०६४ अङ्क ८ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी सम्वत २०६० सालको दे.पु.नं. ...९६७० फैसला मितिः २०६४।६।१४।२ मुद्दाः– गोश्वारा अशंवण्डा घर जग्गा वण्डा गरिपाउँ । पुनरावेदक वादीः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १० को हाल का.म.न.पा. वडा नं. ३४ वस्ने ओमविक्रम शाह समेत विरूद्ध प्रत्यर्थी प्रतिवादीः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ३४ बस्ने शान्त विक्रम शाह समेत शुरु फैसला का.जि.अ. : मा.न्या.देवेन्द्रगोपाल श्रेष्ठ पुनरावेदन फैसला, पु.वे.अ.पाटनः मा.न्या.माधवराज थापा, मा.न्या.केशवप्रसाद मैनाली, § अंशियारहरूका बीचमा गोश्वारा अंशवण्डामा राखिने सम्पत्ति कुनै स्थायी प्रकृतिको र कुनै अस्थायी प्रकृतिको हुने हुन्छ । त्यस्ता प्रकृतिका सम्पत्तिहरू स्थायी रुपमा गोश्वारा अंशवण्डामा राखिने हुन्छ र यस्तो सम्पत्ति अंशियाराहरूको अंशवण्डा र सामुहिक उपभोगको आधारमा सार्वजनिक महत्वको पनि हुन जान्छ भने अन्य प्रकृतिका घर जग्गा चल धनमाल पछि अंशियारहरूका बीचमा भएको सहमति अनुसार विभाजन भएको हुन्छ। कुनै पनि प्रकृतिको गोश्वारा अंशवण्डा सम्पत्तिमा कुनै खास प्रयोजन भने रहनु अनिवार्य हुने । (प्रकरण नं.२१) § गोश्वारा अंशवण्डा सम्पत्तिले पार्न सक्ने प्रभावहरूको बारेमा विश्लेषण गर्दा यसमा सम्पत्ति गोश्वारामा राखिएपछि त्यसले अंशियार अंशियारका बीचमा अधिकार एवं कर्तव्यको सिर्जना गरेको हुन्छ । सबै अंशियारहरूको मंजुरी सहमतिबिना सम्पत्तिको हक एवं स्वामित्व हस्तान्तरण एवं परिवर्तन हुन सक्दैन । तर, एक अर्का अंशियारहरूका बीचमा प्रतिकूल भोग भने हुन सक्दछ । संक्षेपमा अशंवण्डा गोश्वारा सम्पत्तिले सामुहिक अधिकार एवं कर्तव्यको सिर्जना गर्दछ । जसलाई पालन गर्नमा सम्पूर्ण अंशियाराहरू बाध्य हुनुपर्ने। (प्रकरण नं.२२) § साझा अशंवण्डामा रहेका सम्पत्तिका बारेमा के गर्ने भन्ने सम्बन्धमा पक्षहरू बीच भएका संव्यवहारहरूले प्रभाव पार्ने हुन्छ । व्यक्त वा अव्यक्त रुपमा दिइएको सहमति मंजुरीबाट सम्पत्तिको स्वामित्व एवं भोगमा परिवर्तन हुन सक्ने विधिशास्त्रीय अवधारणाले मान्यता पाउने । (प्रकरण नं.२३) § अंशियाराहरूका बीचमा सार्वजनिक महत्वको अशंवण्डा गोश्वारा सम्पत्ति बाहेक अन्य सम्पत्ति लामो समयसम्म अंशियाराहरूको हकभोग कारोबार प्रचलन समेतमा असर पर्ने गरी तथा हकाधिकारलाई सिमीत गरिरहन नसक्ने यथास्थितिमा रहेको अवस्थामा प्रस्तुत मुद्दामा विवादित सम्पत्ति त्यसरी अशंवण्डामा नै राखेको भनी भन्न सकिने स्थिति नआउने । (प्रकरण नं.२७) पुनरावेदन वादी तर्फबाट : विद्धान अधिवक्ताद्धय श्री हरिहर दाहाल र श्री श्यामराज ढुंगेल प्रत्यर्थी प्रतिवादी तर्फबाट : विद्धान अधिवक्ता श्री शम्भु थापा, इन्द्रखरेल, श्री विश्वप्रसाद सिग्देल, श्री पुष्पराज पाठक अवलम्वित नजीरः ने.का.प.२०२९, अंक १, नि.नं.६५६, पृष्ठ २, ने.का.प.२०३०, नि.नं.७८६, पृष्ठ ३४५ फैसला न्या.राजेन्द्रकुमार भण्डारीः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क)(ख) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भै पुनरावेदन दायरीमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :- २. हामीहरूका बाबु तथा बाजे श्यामबहादुर