निर्णय नं. ७८७४ - बैना रकम फिर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७८७४ - बैना रकम फिर्ता भाग: ४९ साल: २०६४ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६४/०७/२२ १७३४६ निर्णय नं. ७८७४ ने.का.प.२०६४ अङ्क ८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह माननीय न्यायाधीश श्री गौरी ढकाल संवत २०६० सालको दे.पु.नं.– ८६८३ फैसला मितिः २०६४।७।२२।५ मुद्दाः– बैना रकम फिर्ता । पुनरावेदक वादीः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.५ हाँडीगाउँ बस्ने पृथ्वीबहादुर महर्जन विरुद्ध प्रत्यर्थी प्रतिवादीः काठमाडौं जिल्ला महाकाल गा.वि.स वडा नं.८ बस्ने विराटबहादुर खड्का शुरु फैसला गर्ने का.जि.अ. मा.न्या.श्री हरिकुमार पोखरेल, पुनरावेदन तहमा फैसला गर्ने पु.वे.अ. पाटनः मा.न्या.द्वयश्री राजेन्द्रप्रसाद कोइराला, श्री केशरमान पति § कुनै लिखत करार हुनका लागि दुई पक्षले कुनै काम गर्न वा नगर्नका लागि कुनै प्रतिफल वापत सम्झौता गरिएको लिखत नै करार हो । तर, बैना बट्टाको लिखत दुइ पक्षले हस्ताक्षर गरी गरिने कुनै सम्झौता नभई एक पक्षले अर्को पक्षलाई कुनै चल वा अचल सम्पत्ति बिक्री गर्न मंजुर गरी सो वापत अग्रिम रकम बुझी लिई गरी दिने लिखत हो । बैनाबट्टाको कागजमा दुइ पक्षको हस्ताक्षर परेको हुँदैन । त्यसकारण एक पक्षले कुनै रकम अग्रिम रुपमा बुझी लिई गरी दिएको लिखतलाई करार भन्न नमिल्ने र यस्तो लिखतका सम्बन्धमा करार ऐन, २०२३ को व्यवस्था आकर्षित हुने नभई लेनदेनको व्यवहार भन्नु पर्ने हुन्छ र यस्तो लिखतका सम्बन्धमा सोही लेनदेन व्यवहारको ४० नं. को हदम्याद लाग्ने । § बैना कागज अन्तर्गतको विषयमा करार ऐन, २०२३ बमोजिम नालेश गर्नुपर्ने भन्न मिल्ने नहुँदा लेनदेन व्यवहारको ४० नं. अन्तर्गत फिराद परेकोलाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं.१५) § बैना बट्टाको कागजका सम्बन्धमा करार ऐन, २०२३ बमोजिम हुने नभई लेनदेन व्यवहारको ४० नं.नै आकर्षित हुने र लिखतमा उल्लेख भए बमोजिम २ वर्ष भित्र दर्ता भएको वादीको प्रस्तुत फिराद उक्त ऐनको हदम्याद भित्र नै रहेको देखिँदा हदम्याद नाघेको भनी खारेज गर्ने ठहराएको फैसला कानुनको व्याख्यात्मक त्रुटि हुने । (प्रकरण नं.१७) पुनरावेदक वादीका तर्फबाट रहनु भएका विद्वान अधिवक्ता राजकुमार उप्रेती प्रत्यर्थी प्रतिवादीका तर्फबाट रहनु भएका विद्वान अधिवक्ता द्वय राजेश खडका र शिवराज अधिकारी अवलम्वित नजीरः ने.का.प. २०५९ नि.नं. ७०६० पृ.६३ फैसला न्या.रामकुमारप्रसाद शाहः पुनरावेदन अदालत पाटनको मिति २०६०।२।१९ को फैसला उपर वादीको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा (१)को खण्ड (ग) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :- २. म फिरादीलाई जग्गा चाहिएकोले किन्न पर्यो भनी बुझ्दैं जाँदा विराटबहादुर खड्काले हामीसँग जग्गा छ हेर्नुहोस् भनी भनेकाले का.जि.चपली भद्रकाली गा.वि.स.९ वडा (ग) कि.नं.३७२ को क्षे.फ. ०–१५–० जग्गा हेरी जग्गाको धनी प्रमाण पुर्जा दिनुहोस भनी माग गर्दा यो जग्गा दाजु शम्भु खड्काको हो । दर्ताको कारवाहीमा भएकाले दर्ता भएपछि तपाईलाई पास गरी दिनेछु जग्गाको मोल रु ११,४३,७५०।– कायम गर्ने र हाल रु ७,५००,००।– दिनु होस् भनी मबाट ०५२।११।२३ मा बैना वापत उक्त रुपैया बुझी दाजुका नाममा धनी पुर्जा आएका मितिले ९ महिना भित्र जग्गा रजिष्ट्रेशन गरी दिने बैना बट्टाको कागज लेखी दिनु भएकोमा मैले बैना गरेको उक्त जग्गा दर्ता भए नभएको बारेमा जानकारी लिई नै रहेको र उक्त जग्गा ०५७।१।३० मा दर्ता भएको थाहा पाई अब मल