निर्णय नं. ६४३३ - किर्ते
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६४३३ - किर्ते भाग: ३९ साल: २०५४ महिना: पौस अंक: ९ फैसला मिति :२०५४/०५/१६ ३४४३ निर्णय नं. ६४३३ २०५४, ने.का.प. अङ्क ९ संयुक्त इजलास सम्माननीय का.मु.प्रधान.न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय संवत २०५१ सालको फौ.पु.नं. .. ११०१ फैसला मितिः २०५४।५।१६।२ मुद्दाः किर्ते । पुनरावेदक/प्रतिवादीः जिल्ला धनुषा जनकपुर न.पा. वडा नं. ४ वस्ने विन्दश्वरी लालकी पत्नी वर्ष ४४ की शैल कुमारी देवी कायस्थ समेत जम्मा २ । विरुद्ध प्रत्यर्थी/वादीः जि.ध. जनकपुर न.पा. वडा नं. ४ वस्ने भनिएकी अं. वर्ष ४७ कि राज कुमारी देवी कायस्थ § जालसाजी किर्ते ठहर हुनको लागि यो यस्तो हक मेटियो भन्ने वस्तुनिष्ठ आधार वादीले पेश गर्नु पर्ने । पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री सहयोग पोखरेल प्रत्यर्थी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री कमल नारायण दास अवलम्वित नजिरः फैसला का.मु.प्र.न्या.ओमभक्त श्रेष्ठः पुनरावेदन अदालत जनकपुरको मिति २०५०।९।२६ को फैसला उपर न्याय प्रशासन ऐन, २०४९ को दफा ९(१)(क) वमोजिम पर्न आएको प्रस्तुत पुनरावेदन सहित मुद्दाको व्यहोरा यस प्रकार छः २. वादी शैल कुमारी देवी प्रतिवादी म समेत भएको २०४५ सालको दे.नं. ७५२ को फैसला वदर मुद्दा ०४५।११।२० मा डिसमिस भएकोमा गुज्रेको म्याद थामी दिन हु.प्र. वक्स भै डिसमिसबाट जगाई मेरा नाउँमा जारी भएको म्यादम घर दैलामा नटांसी फेला परेपनि वुझ्न इन्कार गरेकाले भनी घर दैलामा प्र. सिकन्दर र लक्ष्मेश्वर शाह साक्षी वसी २०४६।६।११।३ मा टांस मुचुल्का गरेको वडा अध्यक्ष राघो सिंहको सही समेत रहेकोले निजसँग सम्पर्क राख्दा सही किर्ते भनी जवाफ दिएको यसरी तामेलीमा झूटो व्यहोरा लेखि किर्ते कागजको ३ नं. अनुसारको अपराध हुन गएकोले विपक्षीहरुलाई झिकी जे जो वुझ्नू पर्ने वुझी विपक्षीहरुलाई किर्ते कागजको ७ र १० नं. वमोजिम सजाय गरी पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र । ३. सो तामेलीमा कुनै त्रुटी छैन अ.वं. ११० नं. को रीत पुर्याई तामेल भएको छ । जालसाज अन्य कार्य गरेको नहुँदा फिराद खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरु जना ४ को संयुक्त प्रतिउत्तर पत्र । ४. नभएको झूठ्ठा कुरालाई गरे भएको हो भनी म्याद तामेल भएको देखिंदा प्रतिवादीहरुले किर्ते कागजको ३ नं. को कसुर गरेकोमा ऐ. का १० नं. ले जनही रु.२५। जरीवाना समेत हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत जनकपुरको मिति २०५०।९।२६ को फैसला । ५. हामीले कुनै किर्ते जालसाज नगरेको हुँदा पुनरावेदन अदालतको फैसला त्रुटीपूर्ण हुँदा सो फैसला बदर गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरु शैल कुमारी देवी र शिव नारायण यादको यस अदालतमा परेको पुनरावेदन । ६. यस्मा वादीले मुलुकी ऐन, किर्ते कागजको १ नं. र ३ नं. अन्तर्गतको कसुर गरकोले ऐ.को ७ र १० नं. अनुसार सजाय गरी पाउँ भन्ने वादी दाव भएकोमा लामो समयसम्म म्याद अदालतमा नवुझाएको तामेलीमा बस्ने साक्षीहरुले तामेली मिति फरक देखाएको भन्ने जस्ता आधारमा जालसाजी ठहर्याएको देखियो । वादीको के हक प्रितिवादीहरुले यो यस्तो किर्ते जालसाजी गरी वादीको हक मेटाउन गरेको भनी बस्तुनिष्ट आधार वेगर सजायं गरेको फौजदारी मुद्दामा कसुर प्रमाणित गर्ने भार वादीमा रहन्छ भन्ने कानूनी सैद्धान्तिक व्यवस्था अनुरुप नहुँदा अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाई नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५३।१२।११ को आदेश । ७. नियमान