निर्णय नं. ८९८६ - दर्ता नामसारी हक कायमसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८९८६ - दर्ता नामसारी हक कायमसमेत भाग: ५५ साल: २०७० महिना: असार अंक: ३ फैसला मिति :२०७०/०१/०८ ४४५३ ने.का.प. २०७०, अङ्क ३ निर्णय नं.८९८६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री तर्कराज भट्ट २०६५ सालको दे.पु.नं. ०६५–CI–०६३२ फैसला मितिः २०७०।१।८।१ मुद्दाः– दर्ता नामसारी हक कायमसमेत । पुनरावेदक/वादीः भक्तपुर जिल्ला, मध्यपुर ठिमी नगरपालिका वडा नं. १३ बस्ने शिवशंकर सिनारी श्रेष्ठको मु.स.गर्ने निजकी श्रीमती तेजलक्ष्मी सिनारी श्रेष्ठ विरुद्ध प्रत्यर्थी/प्रतिवादीः ऐ.ऐ.बस्ने ज्ञानलाल सिनारी श्रेष्ठ समेत शुरू फैसला गर्ने :– मा.न्या.श्री पदमराज भट्ट पुनरावेदन फैसला गर्नेः– मा.न्या.श्री हरिबहादुर बस्नेत मा.न्या.श्री मीरा खड्का § तल्लो निकायबाट सबूद प्रमाण नै नबुझी इन्साफ हुन गएमा पुनः निर्णयार्थ जिल्ला अदालत पठाउँदा अनाहक मुद्दामा ढिलाई भई पक्ष विपक्षलाई अनावश्यक हैरानी नहोस् भन्ने हेतुले पुनरावेदन अदालतबाट सबूद प्रमाण बुझी इन्साफ हुन सक्ने । तर जिल्ला अदालतबाट इन्साफ नदिई खारेजी फैसला भएकोमा पुनरावेदन अदालतबाट ठहर इन्साफ फैसला हुँदा पुनरावेदन वा पुनरावेदकको न्यायप्राप्तिको प्रयासको एक तह हरण हुन जाने । § शुरूबाट खारेजी फैसला भएकोमा सबूद प्रमाण बुझी निर्णयार्थ शुरू तहमा पठाउनु न्यायोचित नै हुने । § पुनरावेदन सुनी यथोचित निर्णय गर्न पाउने पुनरावेदन अदालतको अधिकारमा कुनै कानूनले कुनै अवस्थामा वा कुनै प्रक्रिया पुर्याउनुपर्नेमा वा सुनुवाइमा रोक नलगाएसम्म पुनरावेदन अदालतबाट पुनरावेदन सुनी सदर बदर वा उल्टी गर्न सक्ने । § जिल्ला अदालतबाट सबूद प्रमाणको मूल्याङ्कन गरी रैकर विर्ता छुट्याई निर्णय इन्साफ नभएकाले खारेजी फैसला भएकोमा सबूद प्रमाण बुझी निर्णय गर्न पुनरावेदन अदालतले जिल्ला अदालतमा पठाउन सक्ने । (प्रकरण नं.५) पुनरावेदक वादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता हरिकृष्ण कायस्थ प्रत्यर्थी प्रतिवादी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § अ.वं.२०२, २०९ नं. § न्याय प्रशासन ऐन, २०४८ को दफा ८(१) आदेश न्या.वैद्यनाथ उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पुनरावेदन अदालत पाटनको मिति २०६५।११।४ गतेको फैसलाउपर वादीको तर्फबाटबाट यस अदालतमा पुनरावेदन परी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :– पिता शेषनारान २०४०।३।१० मा परलोक भै पिताको हकखाने माता तिर्थमाया र म फिरादी २ जनामात्र छौं । विपक्षीहरूका बाजे एवं बूढो ससुरा देवनारानको नाउमा विर्ता लगतमा दर्ता भै रैकरमा परिणत गर्न बाँकी रहेका १० नं. मौजे इडोल क्वाछेँका जग्गाहरू विर्ता उन्मूलन ऐन, २०१६ को दफा ७ (क) (१) ले प्रष्टरूपमा “ख” श्रेणीको विर्ता जग्गा तोकेकोमा म्यादभित्र जग्गावालाले रैकरमा परिणत नगरेमा जग्गा कमाउने व्यक्तिको नाउँमा दर्ता गर्न पाउने कानूनी व्यवस्था भएअनुरूप उक्त जग्गाहरू मेरा पिता शेषनारानको नाउँमा जोत कायम भएको र निजको जीवनकालसम्म कमाई आउनु भएको तथ्यलाई फिल्डबुक, दधिकोट गा.वि.स.को २०५३।३।३१ को सिफारिश तथा मोहीको १ नं. फारामसमेतले स्पष्ट पारेको छ । मैले उक्त जग्गा पिताको परलोकपश्चात् पनि अनवरत रूपमा कमाई जोती आएको हुँदा फिल्ड बुक, गा.वि.स.को सिफारिश, १ नं. लगत एवं सम्पूर्ण प्रमाण र माता तिर्थमायाको मञ्जुरी सहित मा.पो.का. भक्तपुरमा मिति २०५३।३।३१ मा निवेदन गरेकोमा विपक्षीहरूले मिति २०५५।१०।१२ मा आई हक दाव