निर्णय नं. ७८७७ - अंश चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७८७७ - अंश चलन भाग: ४९ साल: २०६४ महिना: पौस अंक: ९ फैसला मिति :२०६४/०८/१३ ७३२२ निर्णय नं. ७८७७ ने.का.प. २०६४ अङ्क ९ सर्वोच्च अदालत पूर्ण इजलास माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी माननीय न्यायाधीश श्री पवनकुमार ओझा संवत् २०६२ सालको निस्सा प्रदान नं. ५ आदेश मितिः २०६४।८।१३।५ मुद्दा :- अंश चलन । निवेदक प्रतिवादीः का.जि. कीर्तिपुर लायकु गा.वि.स.वडा नं. ७ बस्ने मचाभाइ महर्जन समेत विरुद्ध प्रत्यर्थी वादीः ऐ.ऐ. बस्ने दान बहादुर महर्जन अघि निर्णय गर्ने काठमाडौं जिल्ला अदालतः जि.न्या. श्री बलराम प्र.अधिकारी पुनरावेदन अदालत पाटनः मा.न्या. श्री हरि जंङ्ग सिजापती मा.न्या. श्री वीरेन्द्रकुमार यादव सर्वोच्च अदालत संयुक्त इजलासः मा.न्या. श्री लक्ष्मणप्रसाद अर्याल मा.न्या. श्री शुशीला सिंह सिलु § भैरहेको कानूनी व्यवस्थाबाट मुद्दा पुनरावलोकन गर्दा वा दोहोर्याई हेर्दा जुन आधारमा पुनरावलोकन गर्ने वा दोहोर्याई हेर्ने आदेश गरेको हो सोही आधार र सम्बद्ध विषयमा सिमित रही मुद्दा किनारा गर्नुपर्ने । § पुनरावलोकन गर्ने निस्सा प्रदान गर्दाको आदेश नै गलत छ भने त्यस्तो गलत आदेशको आधारमा पुनरावलोकन हुन सक्ने आधार प्रमाण नहुने । § वस्तुतः सर्वोच्च अदालतले एक पटक आफैंले सम्पूर्ण तथ्य र कानूनको निरूपण गरी ठहर फैसला गरेको अवस्थामा सो फैसला पुनरावलोकन गरी हेर्ने व्यवस्था अत्यन्त विशिष्ट र विषेश प्रकारको हो । त्यसै भएर पुनरावलोकन गर्ने आधार, अवस्था र प्रक्रिया पनि सोही अनुरूप निर्दिष्ट गरिएको हुन्छ । अन्य मुद्दा मामिलाको जस्तो सामान्य प्रक्रियाबाटै पुनरावलोकन गरी हेर्ने आधार राख्ने हो भने उपल्लो तहको यस अदालतले समेत पटक पटक एउटै मुद्दामा अलमलिइ रहनु पर्ने अवस्था उत्पन्न भई मुद्दामामिलाको कहिल्यै पनि अन्तिम निर्णय नहुने स्थिति श्रृजना हुन्छ र त्यसबाट निर्णयको अन्तिमताको (finality of the decision) सिद्धान्त समेतको उल्लंघन हुन जाने । (प्रकरण नं.२५) § पुनरावलोकनको निस्सा भएको मुद्दामा निस्सा दिँदाको आधार नै निराधार असंगत एवं असंबद्ध छ वा वेरितको छ कि छैन पछि मुद्दा सुनुवाई गर्ने इजालसले सो हेरिकन मात्र निष्कर्षमा पुग्नु पर्ने । § यदि पुनरावलोकनको निस्सा दिँदाको आधार नै कानून विपरीत छ वा गलत छ भने मुद्दाको सुनुवाई अगाडि बढ्न सक्दैन, मुद्दाको अन्य विषयवस्तु उपर प्रवेश गरी मुद्दामा निरूपण हुन नसक्ने । (प्रकरण नं.२६) § निस्सा प्रदान गर्दा कुन न्यायिक तथ्य वा नजीरको आधारमा मुद्दामा छलफल खुला गर्नु परेको हो भन्ने कुरामा बढी सचेत हुनु जरुरी हुन्छ । वस्तुतः पुनरावलोकन गरी हेर्ने भनि दिइएको निस्सा प्रदानको आदेश नै यथार्थमा मुद्दा पुरावलोकन गरी हेर्ने कार्यादेश (Term of Reference) हो । त्यसैले पुनरावलोकन गरी हेर्ने निस्सा दिने इजलासले विशेष जवाफदेहिताका साथ निस्सा दिनु पर्ने । § निस्सा दिँदाको आदेश कानूनसम्मत छ भने मात्र निस्सा दिँदाको आदेश र सम्बन्धित प्रश्नमा न्याय निरूपण गर्न सोसँग सरोकार राख्ने सम्बद्ध विषयमा प्रवेश गरी निर्णय गर्न सकिने अवस्था रहन्छ ।... पुनरावलोकनको निस्सामा उल्लेख गरिएको मूल आधार नै मुद्दामा तात्विक महत्व राख्ने वा सान्दर्भिक देखिन नआएमा अरु सम्बद्ध तथ्यहरू के थिए भनी हेरिरहनुको कुनै औचित्य रहन नसक्ने । (प्रकरण नं.२७) निवेदक प्रतिवादीहरूका तर्फबाटः उपस्थित विद्वान अधिवक्तात्रय श्री पिताम्बरप्रसाद सिलवाल, श्री बालकृ