निर्णय नं. ६४३४ - गाली बेइज्जती नाता कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६४३४ - गाली बेइज्जती नाता कायम भाग: ३९ साल: २०५४ महिना: पौस अंक: ९ फैसला मिति :२०५४/०४/२८ २९२० निर्णय नं ६४३४ २०५४, ने.का.प. अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री टोप बहादुर सिंह सम्वत् २०५१ सालको फौ.पु.नं..... ८३६ फैसला मितिः २०५४।४।२८।३ मुद्दाः गाली बेइज्जती नाता कायम पुनरावेदक/प्रतिवादीः रुकुम जिल्ला खलंगा गा.वि.स.वडा नं. ९ रातामाटा वस्ने आसाराम खड्काको वारेस भई आफ्नो हकमा समेत ऐ. ऐ. वस्ने वर्ष ५० को किर्त बहादुर खड्का बिरुद्ध विपक्षी/वादीः रुकुम जिल्ला खलंगा गा.वि.स. वडा नं. ९ रातामाटा बस्ने एक्की कुमारी खड्का § वैवाहिक सम्बन्ध स्थापित भै लोग्ने स्वास्निको रुपमा रहे बसेको अवस्थामा जन्मेको सन्तान अन्यथा प्रमाणीत नभएसम्म निज लोग्नेको करणी विर्यबाट जन्मेको नभै कुनै उनाउ व्यक्तिको करणी विर्यबाट जन्मेको भन्ने युक्तिसँगत नहुने । पुनरावेदक प्रतिवादी तर्फबाटः विपक्षी वादी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या.मोहन प्रसाद शर्माः पुनरावेदन अदालत नेपालगञ्जको फैसला उपर न्याय प्रशासन ऐन,२०४८ को दफा ९(१) (ग) अन्तर्गत पर्न आएको प्रस्तुत पुनरावेदनको तथ्य एवं ठहर यस प्रकार छ । २. म कुमारी रहेको अवस्थामा विपक्षी ससुराले मेरो बाबुसँग मगनी गरी मेरो समेत मन्जूरीबाट विपक्षी मध्येका आसारामको र मेरो दील चित्त मिली ०४६।११।४ गतेका दिन कूलधर्म रितिथिती अनुसार विवाह भै विपक्षीकै घरमा रहि आएको थिएं । विपक्षी आशाराम खड्का लोग्ने र मेरो करणी विर्यबाट ममा गर्भ रहि मोहन नाम गरेको छोरा जातक समेत जन्मि विपक्षी लोग्ने आशारामले सो जातकको न्वारान समेत गर्नु भएको हो । यसरी विपक्षी कै घरमा बसी आएको अवस्थामा ०४८।६।११ का दिन विपक्षीहरुले त बाट जन्मेको छोरा मेरो छोरा नाती होइन त इज्जत नभएकि कुनै परपुरुषबाट गर्भ बोक्ने चन्डाललाई हाम्रा घरमा बस्न दिदैनौ तंबाट जन्मेको छोरा समेत साथमा लिइ माइती घरमा जा भनी विपक्षी दुबै जनाले मलाई घरबाट निकाला गरी मेरो चरित्र हत्या गरी बेइज्जती गरेकाले विपक्षीलाइ सजायं गरी क्षतीपूर्ति समेत दिलाइ भराइपाउँ भन्ने समेत ब्यहोराको वादी एक्कि कुमारी खड्काको फिरादी पत्र । ३. विपक्षीसँग मिति २०४६।११।४ गते विवाह भएपछि विपक्षी विरामी भएकीले निजको आमाले माइती घरमै लगी औषधी उपचार गर्छू भनी लगेपछि हामीहरु बारम्बार लिन जादां सन्चो छैन सन्चो भएपछि पठाइदिन्छौं चिन्ता लिनु पर्दैन भन्दै हामीलाइ फर्काउँदै आउनु भएको अबस्थामा ०४७।४।१५ गते छोरी सुत्केरी भै छोरो जन्मेको छ सुत्केरी छोरीलाइ लिन आउनुहोस भनी खबर पठाउँदा ०४६।११।४ गते बिवाह भएकोमा ०४७।४।१५ गते नै सुत्केरी भएपछि कसरी हाम्रो घरमा ल्याउने हामी लिन जादैनौ भनी खबर पठाएपछि विपक्षीका बाबु दल बहादुर पटक पटक हामीसँग भेट गरी मेरो छोरीबाट जन्मेको जातकको न्वारान गरी आमा छोरालाई घरमा ल्याइ पालनपोषण गर्नुहोस भनी भन्दै आउनु भएको र सो कुरालाई हामीहरुले नकार्दै आएको कारणबाट यो झूठ्ठा उजुरी दिएकि हुन् । फिराद दावी अनुसार गाली बेइज्जती गरेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी कृत बहादुर खड्का - १ र प्रतिवादी आशाराम खड्काको संयुक्त प्रतिउत्तर पत्र । ४. वादी प्रतिवादीका साक्षीहरुले गरेको वकपत्र मिसिल सामेल रहेको । म र प्रतिवादी आशाराम खड्का त्रि.ज.मा.वि. खलंगामा एउटै कक्षामा पढिरहेका थियौं, ०४५ सालदेखि नै हामीहरुको सम्बन्ध थियो । ०४९।११।४ गते मेरो र प्र.आशाराम खड्काको विवाह भएको हो । म बाट जन्मेको छ