निर्णय नं. ७८७८ - जिउ मास्ने बेच्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७८७८ - जिउ मास्ने बेच्ने भाग: ४९ साल: २०६४ महिना: पौस अंक: ९ फैसला मिति :२०६४/०८/२६ ६५८० निर्णय नं. ७८७८ ने.का.प. २०६४ अङ्क ९ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला संवत् २०६२ सालको फौ.पु.नं. .......३३७३, ३५४०, ३६५३, ३६५८ संवत् २०६३ सालको फौ.पु.नं. ..... ३६९६ संवत् २०६३ सालको फौ.पु.नं. ..००१० फैसला मितिः २०६४।८।२६।४ मुद्दाः जिउ मास्ने बेच्ने । पुनरावेदक/प्रतिवादीः नुवाकोट जिल्ला सुनखानी गा.वि.स. वडा नं. ९ घर भै कारागार शाखा डिल्लीबजारमा थुनामा रहेका रामप्रसाद सिटौला विरुद्ध प्रत्यर्थी/वादीः अनु भन्ने अनिता भट्टराईको जाहेरीले नेपाल सरकार पुनरावेदक /प्रतिवादीः चितवन जिल्ला कठार गा.वि.स. वडा नं. ७ घर भै जिल्ला प्रशासन कार्यालय कारागार शाखा डिल्ली बजारमा थुनामा रहेका अमर भन्ने सोनाम गुरुङ विरुद्ध प्रत्यर्थी/वादीः अनु भन्ने अनिता भट्टराईको जाहेरीले नेपाल सरकार पुनरावेदक/प्रतिवादीः मोरङ्ग जिल्ला शनिश्चरे गा.वि.स. वडा नं. १ घर भै कारागार शाखा डिल्ली बजारमा थुनामा रहेको हर्क बहादुर सुनुवार समेत विरुद्ध प्रत्यर्थी/वादीः अनिता भट्टराईको जाहेरीले नेपाल सरकार पुनरावेदक/वादीः अनु भन्ने अनिता भट्टराईको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी/वादीः सुनसरी जिल्ला इटहरी नगरपालिका वडा नं. १ घर भै कोटेश्वर काठमाडौं बस्ने मिलन भन्ने आकाश लामा गुरुङ समेत पुनरावेदक/प्रतिवादीः धादिङ जिल्ला बुढाथुङ्ग गा.वि.स. वडा नं. ५ घर भै कारागार शाखा डिल्ली बजार काठमाडौंमा थुनामा रहेको अर्जुन के.सी. विरुद्ध प्रत्यर्थी/वादीः अनु भन्ने अनिता भट्टराईको जाहेरीले नेपाल सरकार पुनरावेदक/प्रतिवादीः सुनसरी जिल्ला इटहरी न.पा. वडा नं. १ घर भै हाल कारागार शाखा अन्तर्गत भद्रबन्दी गृहमा थुनामा रहेको आकाश लामा (गुरुङ) विरुद्ध प्रत्यर्थी/वादीः अनु भन्ने अनिता भट्टराईको जाहेरीले नेपाल सरकार शुरु फैसला–मा.न्या. श्री ओम प्रकाश मिश्र काठमाडौं जिल्ला अदालत । पुनरावेदन फैसला गर्ने न्यायाधीशः– मा.न्या.श्री तप बहादुर मगर, पुनरावेदन अदालत पाटन । मा.न्या.श्री अलि अकवर मिकरानी, पुनरावेदन अदालत पाटन । § एउटै तथ्यको अपराधमा अपराधीलाई एक पटक भन्दा बढी मुद्दा नचलाइने विधिशास्त्रीय विकासलाई अक्सर धेरै राष्ट्रले स्विकारेको अवस्था छ । लिखित संविधान भएका कतिपय राज्यले आफ्नो संविधानमा यो सिद्धान्तलाई उचित स्थान दिएको पाईन्छ । स्पष्ट कानुनी व्यवस्थाको अभावमा पनि दोहारो खतराको सिद्धान्त अन्तर्गत फौजदारी कारवाहीमा कार्याविधीगत प्रतिरक्षा (Procedural Defense) को स्थान ग्रहणगर्न सक्ने । § प्रतिरक्षामा कसूर वा अभियोग लगाईएको कसूरमा पहिले नै मुद्दा चलाई सफाई पाइसकेको (Autrefois acquit) वा कसूर वा अभियोग लगाइएको कसूरमा पहिले नै दोषी भइसकेको (Autrefois convict) हुनु अनिवार्य हुन्छ । तसर्थ, यो सिद्धान्तले कुनै पनि व्यक्ति जसलाई कुनै खास फौजदारी कार्यवाहीमा पहिले मुद्दा चलाई सफाई दिइएको होस वा दोषी ठहराई सजाय दिइएको होस, पुनः सोहि विषयमा अनुसन्धान तहकिकात शुरु गर्नु मुद्दा चलाउनु न्यायको रोहमा उपयुक्त नहुने । § एउटै फौजदारी अपराधका सम्बन्धमा एक पटक भन्दा बढी अनुसन्धान तहकिकात भै मुद्दा चल्न सक्ने अवस्थालाई दाहोरो खतराको सिद्धान्त (Principle of Double Jeopardy) ले सुरक्षा प्रदान गर्ने । § सक्षम अदालतबाट एकपटक फौजदारी कारवाही अन्तिम भएपछि प