निर्णय नं. ६४३५ - वक्सपत्र वदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६४३५ - वक्सपत्र वदर भाग: ३९ साल: २०५४ महिना: पौस अंक: ९ फैसला मिति :२०५४/०३/३० २६९८ निर्णय नं. ६४३५ ०५४, ने.का.प अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री नरेन्द्र वहादुर न्यौपाने सम्वत् २०५० सालको नि.नं. ... २९६२ फैसला मितिः २०५४।३।३०।२ मुद्दाः वक्सपत्र वदर । निवेदकः धवलागिरी अञ्चल वाग्लुङ जिल्ला कालिका नगरपालिका वडा नं. १ रामरेखा वस्ने राजेन्द्र चर्मकार । बिरुद्ध विपक्षीः धवलागिरी अञ्चल वाग्लुङ जिल्ला कालिका नगरपालिका वडा नं. १ रामरेखा वस्ने सुमित्रा सर्कीनी समेत २ § आफ्नो खुश गर्न पाउने अरुमा अंशियार र हक पुग्नेहरुको मन्जुरीको लिखत नलिई वा साक्षी नराखी दान वक्स गरी दिन हुदैंन भन्ने कानूनी प्रावधान रहेको अवस्थामा सगोलको सम्पत्तिबाट छोरीलाई वक्सपत्र दिंदा सगोलको छोराको समेत मन्जुरी लिई वक्सपत्र गरी हक हस्तान्तरण गर्नु पर्नेमा सो वमोजिम मन्जुरी नलिई गरी दिइएको वक्सपत्रको सम्पत्तिमा ३ नै जनाको संयुक्त हक लाग्ने हुँदा सो वमोजिम ३ खण्डको १ खण्ड वक्सपत्र गरी दिएको लिखत वदर गर्नु पर्नेमा सो नगरेको हदसम्म पुनरावेदन अदालत, पोखराको फैसला त्रुटीपूर्ण हुँदा केही उल्टी हुने । निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर विपक्षी तर्फबाटः विद्वान अधिवक्ता श्री यज्ञमुर्ति वंजाडे अवलम्वित नजीरः फैसला न्या.केशव प्रसाद उपाध्यायः पुनरावेदन अदालत पोखराको फैसला उपर मुद्दा दोहोर्‍याउने निवेदन परी दोहोर्‍याउने निस्सा प्रदान भइ पुनरावेदन दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं यस अदालतको ठहर यस प्रकार छ । २. पिता भवे आमा विपक्षी सुमित्राको म एक छोरा र छोरी भएकोमा १० वर्ष पहिले पिता स्वर्गे हुनु भएको र जेठी दिदीको विवाह भई सकेको हुँदा हाल सगोलमा विपक्षी आमा र विपक्षी दिदी कोपीला र म भई आमा र म २ अंशियार भएको र म गत ११ वर्ष देखि भारतिय सि.आर.पि. फौजमा भर्ति भई कमाएको रुपैया पैसा आमालाई राख्न दिने गरी आएको मध्ये घडेरी खरीद गर्न रु. ६०,०००।- दिनुहोस, भन्दा प्रष्ट जवाफ दिन नसकेकीले आफन्तहरुले नै हिनामिना गरी दिएको नदिएको बुझ्दै छु । कसेले ठगी खाएको पत्ता लागेमा छुट्टै उजुर गर्ने छु । मैले रहम खोज्यो भन्ने रिसले हो वा कसैको षडयन्त्रबाट हो म एकमात्र छोराको अंश हक मेट्ने नियतले केही घरको पैसा र केही मैले कमाएको र केही ऋण काडेको र पहिलेको वन्धकी थैली समेतबाट आमाको नाममा खरीद भएको मेरो समेत अंश हक लाग्ने वाग्लुङ कालिका गा.वि.स. वडा नं. १ कि.नं. १४८ को क्षेत्रफल १-२-२-१ मध्ये मूल्य रु. ३६,०००।- को ०-४-१-१ जग्गा मिति २०४८।१।१५ दिदी विपक्षी कोपिलालाई हालैको वक्सपत्र पारीत गरी दिनु भएको र पुनः मिति २०४८।१।१७ मा कि.नं. ११६६ को क्षेत्रफल ०-१४-१-१ मध्ये ०-५-०-० जग्गा मूल्य रु. ३६,०००।- मा निजै दिदी विपक्षी कोपिला सर्कीनीलाई हालैको वक्सपत्र पारीत गरी लिनु दिनु भएको रहेछ । २०४८।२।९ मा थाहा पाई मेरो अंश हक लाग्ने जग्गा लिखत वदर गरौं भन्दा जानेको गर भनी हांक जवाफ दिएकोले आफूखुश गर्न पाउनेवाहेक अरु अंशियारको मन्जुरी पनि नलिई साक्षी पनि नराखी गरी दिएको हालैको वकसपत्र मेरो हक जति लिखत वदर गराई पाउँ भन्ने समेत राजेन्द्र चर्मकारको फिराद पत्र । ३. विपक्षीले कमाएको पैसा म सुमित्रालाई राख्न दिएको होइन म सुमित्राले कोपीलालाई हालैको वक्सपत्र दिएको जग्गा विपक्षीको समेत अंश हक लाग्ने होइन । विवादित जग्गा विपक्षीसँग हामी आमा छोरी २०३६ सालदेखि