निर्णय नं. ६४३७ - जिउ मास्ने वेच्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६४३७ - जिउ मास्ने वेच्ने भाग: ३९ साल: २०५४ महिना: पौस अंक: ९ फैसला मिति :२०५४/०५/१६ ३५७३ निर्णय नं. ६४३७ २०५४, ने.का.प. अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल सम्वत् २०५२ सालको फौ.पु.नं. ... १०७६,१०७७ फैसला मितिः २०५४।५।१६।२ मुद्दाः जिउ मास्ने वेच्ने । पुनरावेदक/प्रतिवादीः जिल्ला चितवनजुटपानी गाउँ विकास समिति वडा नं. ३ घर भई ऐ. भरतपुर नगरपालिका वडा नं. १ मा डेरा गरी वस्ने हाल कारागार शाखा वीरगंज पर्सामा थुनामा रहेका कृष्ण प्रसाद पुडासैनी समेत विरुद्ध विपक्षी/वादीः श्री ५ को सरकार समेत § प्रतिवादीहरु रामशरण पुडासैनी तथा कृष्ण प्रसाद पुडासैनीले पार्वती राना मगरसँग मिली भारतको वम्वै पुर्याई विक्री गरी फर्केका र विक्री भएको ठाउँबाट भाग्न सफल भई भारतीय प्रहरीहरुको सहयोगमा नेपाल आएका भनी पिडित पक्ष इन्द्रकला श्रेष्ठ तथा शारदा थापा मगरको किटानी जाहेरी परेको देखिन्छ । उक्त जाहेरी दरखास्त तथा अनुसन्धान अधिकारी समक्ष निजहरुले गरेको वयान अदालतबाट प्रमाणित भएको छ । जिउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ६(२) वमोजिम पिडित पक्षको अदालतद्वारा प्रमाणित भएका वयानमा उल्लेखित कुरा झूठ्ठा हो भनी खण्डन गर्ने तथा स्वास्नी मानिसलाई वेचविखन गर्न लगेको होइन भनी प्रमाण पुर्याउनु पर्ने भार उक्त ऐनको दफा ७ वमोजिम प्रतिवादी पक्षमा रहेको पाइन्छ । तर सो वमोजिम प्रतिवादीहरुले गर्न सकेको पाइदैन । जाहेरवालीहरुसँग यी प्रतिवादीको रिसइवी भई सोही रिसइवीका आधारमा जाहेरी दिएको भन्ने तथ्य पनि मिसिलबाट देखिएको छैन । प्रतिवादीहरु प्रहरीमा कागज गर्दा जाहेरवालीहरुलाई वम्वैमा लगी विक्री गरेकोमा सावित भएको छन् । अदालतमा वयान गर्दा प्रतिवादी कृष्ण प्रसाद कसुरमा इन्कार रहे पनि शारदा थापा मगरलाई श्रीमती तुल्याई भारतको भिवन्डी भन्ने ठाउमा लगेको कुरामा सावित छन् । सो ठाउँमा आफूले शारदा थापालाई किन एक्लै छोडी आए सो को उपयुक्त कारण एवं आधार निजले खुलाउन सकेको पाइदैन । जेठी स्वास्नीसँग झगडा भएकोले फर्की आई सोही रिसइवीले जाहेरी दिएको हो भनी प्रतिवादी कृष्ण प्रसादले वयान गरेको पाइयो । तर सो कुरा तथ्य साथ पुष्टि भएको छैन । तसर्थ पिडित पक्षको जाहेरी र सो जाहेरीका समर्थन हुने गरी अदालत समक्ष भएको प्रमाणित वयानलाई प्रतिवादीले अन्यथा प्रमाणित गर्न नसकेको र प्रतिवादीहरुको प्रहरी समक्षको वयान उल्लेखित आधारबाट पुष्टि भइरहेकोले अन्यथा भन्न सकिने अवस्था नहुँदा पुनरावेदक प्रतिवादी कृष्ण प्रसाद पुडासैनी तथा रामशरण पुडासैनीलाई जिउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८(१) वमोजिम कैद वर्ष १५ (पन्ध्र) गर्ने गरेको शुरु चितवन जिल्ला अदालतको फैसला सदर गरेको श्री पुनरावेदन अदालत हेटौडाको फैसला मिलेको देखिंदा सदर हुने । (प्र.नं. २३) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री नारायण प्रसाद घिमिरे विपक्षी वादी तर्फबाटः विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री कृष्णराम श्रेष्ठ अवलम्वित नजिरः फैसला न्या.भैरव प्रसाद लम्सालः पुनरावेदन अदालत हेटौडाको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) बमोजिम प्रतिवादीहरुको छुट्टाछुट्टै पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः २. हामी जाहेरवाला हरुलाइ मिति ०५०।४।१५ गते नारायणघाटबाट बस चढाइ किसन भन्ने कृष्ण प्साद पुडासैनी निजको काका राम कृष्ण पुडासैनी र पार्वती रान