निर्णय नं. ७८८३ - नागरिकता प्रमाणपत्र रद्द गरी नेपाली नागरिकताबाट हटाउने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७८८३ - नागरिकता प्रमाणपत्र रद्द गरी नेपाली नागरिकताबाट हटाउने भाग: ४९ साल: २०६४ महिना: पौस अंक: ९ फैसला मिति :२०६४/०२/१३ ६५२१ निर्णय नं.७८८३ ने.का.प. २०६४ अङ्क ९ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री बलराम के. सी. माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी सम्वत २०६२ सालको फौ.पु.नं. – ३५९६ फैसला मितिः २०६४।२।१३।१ मुद्दा :- नागरिकता प्रमाणपत्र रद्द गरी नेपाली नागरिकताबाट हटाउने । पुनरावेदक वादीः गुरुदिन धोवीको उजुरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला बाँके बसुदेवपुर गा. वि. स. वडा नं. ५ बस्ने वरकत अली वेहना शुरु फैसला गर्ने नेपाल सरकार गृह मन्त्रालय पुनरावेदक फैसलाः मा. न्या. ज्ञानेन्द्रबहादुर कार्की मा. न्या. केशरमान पति § नागरिकता लिँदा झुठ्ठा ब्यहोरा पेश गरी लिएको भनी उजुरी परी अनुसन्धान कारवाही शुरु भई सकेपछि वंशज वा जन्मसिद्ध नागरिकता पाउने हो वा नागरिकता नै नपाउने हो ? निजको नागरिकताको प्रमाणपत्र बदर हुने भए के के आधारमा हुने हो ? मिसिल संलग्न प्रमाणको उचीत मूल्याङ्कन गरी बुझ्न परे निजको परिवारलाई उपलव्ध गराएको नागरिकताको प्रमाणपत्र समेत बुझी प्रमाणको मूल्याङ्कन गरी निर्णय गर्नुपर्नेमा नेपाल सरकार गृह मन्त्रालयको निर्णयमा सो गरेको नदेखिदा त्यस्तोलाई न्यायसंगत मान्न नसकिने । § निर्णय गर्ने अधिकार पाएका प्रशासनिक निकाय वा कार्यकारिणीको अंगको रूपमा कार्यरत निकायले पनि कानूनी प्रक्रियाका आधारभुत मापदण्डहरू अनुसार गर्नु पर्छ । त्यसमा पनि राज्यको नागरिक हो वा होईन भन्ने जस्तो ज्यादै गम्भीर कुराको निर्णय समष्टिगत तथ्य एवं प्रमाणहरूको समग्र अवलोकन र मूल्यांकनबाट मात्र गर्नुपर्छ । समग्र मध्ये एउटा वा आँशिक तथ्यको आधारमा मात्र कसैलाई नेपाली नागरिकको हकबाट वञ्चित गर्ने गरी गरिएको निर्णयले कानूनी मान्यता प्राप्त गर्न नसक्ने । (प्रकरण नं.१८) पुनरावेदक वादी तर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री व्रजेश प्याकुरेल प्रत्यर्थी प्रतिवादी तर्फबाट : अवलम्वित नजीरः फैसला न्या.ताहिरअलि अन्सारीः पुनरावेदन पाटनको मिति २०६२।४।२६ गतेको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः– २. बरकत अली बेहनाले बाबु आजिमुल्ला वेहना र ठेगाना जिल्ला बाँके वसुदेवपुर गा. वि. स. वडा नं. ५ देखाई मिति २०५५।१०।३ मा जिल्ला प्रशासन कार्यालय बाँकेबाट ना. प्र. नं. ३९७३ को वंशजको नेपाली नागरिकता प्रमाणपत्र लिएको । ३. जिल्ला वहराइच तहसिल नानपारा बस्ने अजिमुल्ला वेहनाको छोरा बरकत अलि वेहना ०१७ सालमा पेशा रोजगारको खोजीमा नेपाल पसेका र तत्पश्चात नेपाली नागरिकको खेतजोत कमोद गरी आएकोमा भू. सु. ऐन बमोजिम मोही हुन नेपाली नागरिकताको प्रमाणपत्र आवश्यक नभए पनि निज निजको पत्नी ६ जना छोराहरू घर बनाई बसी आएका छन् । पछि ०५५ सालमा निजले नेपालको वंशजको नेपाली नागरिकता लिएको हुँदा गैर नागरिकले लिएको नागरिकता उपर कानूनी कारवाही गरिपाऊँ भनी जिल्ला बाँके बसुदेवपुर गा. वि. स. वडा नं. ६ बस्ने गुरुदीन धोवीले उजुरी निवेदन गरेको । उजुरी निवेदन परेपछि गृह मन्त्रालय मार्फत जिल्ला प्रशासन कार्यालय बाँकेबाट छानविन भै कारवाही अगाडि बढेको । ४. मेरो वाजेको जन्म कहाँ भएको हो थाहा छैन । मेरो बाबुको जन्म बाँके बसुदेवपुर गा. वि. स. वडा नं. ५ मा नै भएको हो । मेरो बाजेले नागरिकता लिनु भएको थिएन । बाबुल