निर्णय नं. ६४३८ - वाली विगो
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६४३८ - वाली विगो भाग: ३९ साल: २०५४ महिना: पौस अंक: ९ फैसला मिति :२०५४/०३/२५ २३४६ निर्णय नं. ६४३८ २०५४, ने.का.प. अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे सम्वत् २०५२ सालको दे.पु.नं. .. २८०४ फैसला मितिः २०५४।३।२५।४ मुद्दाः वाली विगो । वादी/पुनरावेदकः जिल्ला पर्सा गा.वि.स. झौवा गुठी वडा नं. ६ वस्ने वर्ष ४५ को राम दयाल साह कानु विरुद्ध विपक्षी/प्रतिवादीः ऐ.ऐ. वस्ने लखन साह कानु § वादीले फिरादको आधार अंशवण्डाको ३५ नं. र जग्गा मिच्नेको १८ नं लाई वनाएको पाइन्छ । यस अदालतबाट दोहोर्याउने निस्सा दिंदा अंशवण्डाको ३१ नं. को त्रुटि भयो भन्ने उल्लेख भएको पाइन्छ । अंशवण्डाको ३५ नं. अंशमा नालेस गर्ने हद म्यादको विषयमा र ज.मि. को १८ नं. मा झगडा परेको जग्गाको विषयमा मुद्दा प्रारम्भ भएको मिति देखि मुद्दा टुंगो लागेको मिति सम्मको आयस्ता वालीमा मुद्दा टुंगो लागेको मितिले १ वर्ष भित्र नालेस गर्नु पर्ने व्यवस्था गरेको देखिन्छ । तर प्रस्तुत मुद्दाको माग दावि मानो छुट्टिएको मिति २०३७।७।१४ देखि चलन पूर्जी पाएको मितिसम्मको आयस्ता वाली दिलाई पाउ भन्ने हुँदा अंशवण्डाको ३५ नं. र ज.मि. को १८ नं. अन्तर्गतको विषय वस्तु देखिएन । अंशवण्डाको ३१ नं. ले तायदाती आएपछि वादीको अंश भाग जतिको जग्गाको वाली रोक्का गर्ने व्यवस्था गरेको पाइन्छ । प्रस्तुत मुद्दामा वादीबाट २०४२।११।१३ र २०४३ साल आषाढमा तायदाती दिएको देखिन्छ । सो तायदाती आएपछि वादीको अंश भागमा पर्ने जति जग्गा रोक्का रहेको र त्यस्तो रोक्का रहेको वाली दिलाई पाउँ भन्ने दावी नभएको हुँदा अंशवण्डाको ३१ नं. को व्याख्याको प्रश्न समावेश भएको देखिएन । तसर्थ वादीको फिराद कानूनमा आधारित नदेखिएको हुँदा प्रष्ट कानूनी आधार वेगर मानो छुट्टिएको मिति देखि अंश चलन पाएको मितिसम्मको आयस्तावाली दिलाई पाउँ भन्ने वादी दावी नपुग्ने ठहर्याएको शुरुको सदर गर्ने गरेको पुनरावेदन अदालत हेटौडाको इन्साफ सदर हुने । (प्र.नं. ९) पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता श्री कृष्ण उपाध्याय विपक्षी तर्फबाटः विद्वान अधिवक्ता श्री हरीहर दाहाल अवलम्वित नजीर : फैसला न्या. लक्ष्मण प्र्रसाद अर्यालः पुनरावेदन अदालत हेटौंडाको मिति २०४९।११।२८ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) बमोजिम दोहोर्याई पाउँ भन्ने निवेदनमा दोहोर्याउने निस्सा प्रदान भई दायर हुन आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त व्यहोरा एवं तथ्य यस प्रकार छ । २. विपक्षीको वावु माथि मेरो अंश दर्ता मुद्दा परी श्री सर्वोच्च अदालतबाट २ खण्डको १ खण्ड अंश पाउने ठहरी भएको फैसला अनुसार मेरो अंश हक ३-१३-४ जग्गाको वाली विपक्षीले ०३७।७।१४ देखि ०४४।६।२७ सम्मको वाली विपक्षीले एकलौटी खाई दिएको हुँदा ०३७ सालको गहुँ वाली ३६-२४ को प्रतिमत १ को रु.१४०।- को हुने रु.५१२४।३८ सालको धानवाली मन ७३-८० को प्रति मन १ को रकम रु.११३४५।९६ र सोही सालको गहुँ मन ३६-२४ को प्रतिमनको रु.१६०।- ले हुने रु.५८५६।- र ०३९ सालको धान मन ७३(०० को १६०।- ले हुने रु.११७१२।- र सोही सालको गहुँ मन ३६-२४ को १५०।- ले हुने रु.५४९०।- र ०४० सालको धान मन ७३-८० को रु.१६०।- ले हुने रु.११७१२।- र सोही सालको गहुँ मन ३६-२४ को १५०।- ले रु.५४९०।- र ४१ सालको धानमन ७३-८० को १६०।- ले रु.११७१२।- र गहु. मन ३६-२४ को १५०।- ले रु.५४९०।- २०४२ सालको धान मन ७३-८० को १६०।- ले रु.११७१२।- र गहुँ मन ३६-२४ को १५०।- ले रु.५४९०।- र