निर्णय नं. ६४३९ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६४३९ - उत्प्रेषणयुक्त परमादेश भाग: ३९ साल: २०५४ महिना: पौस अंक: ९ फैसला मिति :२०५३/०५/२५ २५३७ निर्णय नं. ६४३९ ०५४, ने.का.प अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री राजेन्द्रराज नांख्वा सम्वत् २०५२ सालको रिट नं. ... २७१६ आदेश मितिः २०५३।५।२५।४ विषयः उत्प्रेषणयुक्त परमादेश । निवेदक : काठमाण्डौ जिल्ला का.न.पा. वडा नं १७ ठहिटी क्वाबहाल व्लक नं. ६ २ ९५ वस्ने कायस्थ कन्स्ट्रक्सन कंपनीको प्रोपाइटर शिवजी कायस्थ बिरुद्ध विपक्षीः श्री ५ को सरकार, आपूर्ति मन्त्रालय समेत जम्मा ३ । § निवेदक कायस्थ कन्सट्रक्सन कंपनी र प्रत्यर्थी नेपाल खाद्य संस्थान वीच अछाम साफे वगरमा २५० मे. टन क्षमताको गोदाम निर्माण गर्ने संवन्धी २०४९।९।२६ मा भएको संझौताबाट उत्पन्न हक प्रचलन गराई पाउन प्रस्तुत रिट निवेदन दायर भएको देखिन आयो । नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८ को उपधारा (२) अनुसार संविधान प्रदत वा अन्य कानूनी उपचार नभएको कानूनी हक प्रचलन गराउन यस अदालतको असाधारण अधिकार क्षेत्र अन्तर्गत प्रवेश गर्न पाउने व्यवस्था भएको पाईन्छ । यो रिट निवेदनसँग सम्वन्धित विवादमा निवेदकले प्रत्यर्थीहरुद्वारा हनन् गरीए भनेका हक उल्लेखित मिति २०४९।९।२६ मा भएको सम्झौताबाट सृजीत भएको देखिंदा रिट क्षेत्रबाट उपचार प्रदान गर्न नमिल्ने । निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री सुरेश प्रसाद श्रेष्ठ प्रत्यर्थी तर्फबाटः विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री वलराम के.सी., विद्वान अधिवक्ता श्री शंभु थापा अवलम्वित नजीरः आदेश न्या.लक्ष्मण प्रसाद अर्यालः नेपाल अधिराज्यको संविधान, २०४७ धारा २३।८८(२) अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार रहेछ :- २. निवेदक प्रोपाइटर भएको कायस्थ कन्स्ट्रक्सन कंपनी र विपक्ष नेपाल खाद्य संस्थान वीच अछाम साफे वगरमा २५० मेट्रिक टन क्षमताको गोदाम निर्माण गर्ने सम्वन्धमा २०४९।९।२६ मा रु.१६,९८,४७०। मा ठेक्का संझौता भएको थियो । संझौता अनुसार निर्माण कार्य समप्त गरी सक्नु पर्ने अवधि २०५०।७।३० सम्म तोकिएको थियो । ३. मैले काम शुरु गरेपछि काम संचालन र सम्पन्न भएकै आधारमा रनिङ विल स्वीकृत भै रु.१,२५०००।- भुक्तान लिई सकेको र काम संपन्न गर्न निर्माण सामाग्री साईटमा पुर्‍याई रु. ६००७३९।- नगद समेत खर्च भै काम गरी सकेको थिएं । यसै अवस्थामा नेपाल खाद्य संस्थानले साईट इन्चार्ज देवेन्द्र श्रेष्ठलाई सरुवा गरी टि.के. पानीकरलाई पठाएकोमा निज समयमा यथास्थानमा नगएकोले मेरो दोश्रो रनिङ विलको समेत भुक्तान हुन वांकी रहेको थियो । साईट इन्चार्ज समयमा नजांदा निर्माण कार्यमा व्यवधान भै विपक्ष संस्थान र मातहत कार्यालय साफे वगरलाई सूचना दिई साइट इन्चार्ज माग गरेको पत्राचार समेतबाट अवगत थियो । ४. उक्त वमोजिम संझौताको शर्तको दफा ७ बमोजिम साइट इन्र्चाजबाट नापजाँच तथा रेखदेख गर्नु पर्ने र दफा १७ वमोजिम रनिङ भुक्तानी दिनु पर्ने दायित्व पूरा नगरेकोले मेरो निर्माण सामाग्री साइटमा अलपत्र परी रहेको र दोश्रा रनिङ विल मध्ये मूल्यवृद्धि सम्वन्धी विपक्ष संस्थानको २०५२।२।१७ को पत्रानुसार मैले २०५२।३।२० मा भाग गरे वमोजिम रनिङ विलको भुक्तानी पूरा नदिई निर्माण कार्यमा अवरोध गराएको थियो । ५. विपक्षी नेपाल खाद्य संस्थानले नै निर्माण कार्यमा सिलसिलता देखाएकोमा उल्टै मैले निर्माण कार्य शुरु नगरेको भन्ने आरोप लगाई मिति २०५०।१।२५ मा कामको प्रगति वारे भनि पत्र