निर्णय नं. ६४४० - उत्प्रेषण लगायतको उपयुक्त आज्ञा वा आदेश जारी गरी पाउँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६४४० - उत्प्रेषण लगायतको उपयुक्त आज्ञा वा आदेश जारी गरी पाउँ । भाग: ३९ साल: २०५४ महिना: पौस अंक: ९ फैसला मिति :२०५४/०६/०१ ३४७५ निर्णय नं. ६४४० २०५४, ने.का.प अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री केदारनाथ आचार्य संवत २०५२ सालको रिट नं. .. २१६५ आदेश मितिः २०५४।६।१।४ मुद्दाः उत्प्रेषण लगायतको उपयुक्त आज्ञा वा आदेश जारी गरी पाउँ । निवेदकः का.जि.का.न.पा.वडा नं. १ दरवार मार्ग स्थित होटल याक एण्ड यतिको तर्फबाट ऐ.का जनरल मेनेजर जर्ज मरकिन मिसर विरुद्ध प्रत्यर्थीः वरिष्ट कारखाना निरीक्षक श्रम कार्यालय काठमाण्डौ समेत जम्मा २ § पुनरावेदन अदालत पाटनको २०५२।१।११।२ को फैसला उपर चित्त नवुझि होटल तर्फबाट यस अदालतमा पुनरावेदन परेको र यस अदालतबाट अन्तिम किनारा नलागे सम्म मुल्तवी राखी पाउँ भनी होटल तर्फबाट निवेदन परी श्रम कार्यालयमा विचाराधिन रहेको विषय भन्ने जानकारी भै निवेदन परेपछि श्रम कार्यालयलाई यस अदालतमा पुनरावेदन परी रहेको जानकारी प्राप्त भएको मान्नु पर्दछ । जानकारी प्राप्त भएपछि श्रम कार्यालयबाट यस अदालतमा परी रहेको पुनरावेदनको अन्तिम परिणाम नहेरी निर्णय भएको देखिंदा न्यायिक अनुशासन विपरित निर्णय भएको देखिंदा श्रम कार्यालयबाट भएको मिति २०५२।३।४ को निर्णय कायम रही रहन नमिल्ने भएबाट श्रम कार्यालय वागमती अञ्चलको मिति २०५२।३।४ को निर्णय उत्प्रेषणको आदेश द्वारा वदर हुने । (प्र.नं. ६) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री मिथिलेश कुमार सिंह प्रत्यर्थी तर्फबाटः विद्वान अधिवक्ता द्वय श्री यज्ञमुर्ति वन्जाडे र श्री गुणनिधी न्यौपाने अवलम्वित नजिरः आदेश न्या.केदारनाथ आचार्यः नेपाल को अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८(२) अन्तर्गत यस अदालतमा पर्न आएको प्रस्तुत रिटको संक्षिप्त टिपोट यस प्रकार छः २. विपक्षी सुरेश कुमार ढुंगाना यस होटल याक एण्ड यतिमा नाइट अडिटरमा काम गरी आउनु भएको थियो । विपक्षीले आफ्नो काम गरेको विषय भन्दा वाहिर दिल्ली विश्व विद्यालयमा कानून पढनको लागि २, वर्षको अध्ययन विदा पाउँ भनि व्यवस्थापन समक्ष निवेदन दिंदा स्पेशलकेश ठानी १ वर्ष विदा स्विकृत भयो । त्यसपछि विपक्षीले १८ अगष्ट १९९१ मा एकवर्षको अरु विदा थप गरी पाउँ भनि निवेदन दिनु भयो । १६ सेप्टेम्वर १९९१ मा होटल व्यवस्थापनले तपाईको विदा स्विकृत नहुने भनि निजलाई पत्रद्वारा जानकारी गराइयो निजले पत्र पाई चुप लागि वस्नु भयो । विपक्षले पुनः २८ जुलाई १९९२ मा १ महिनाको थप विदा पाउ भनि निवेदन दिनु भयो । व्यवस्थापनले तपाईको सेवा पोहर सालमा नै समाप्त भई सकेको र तपाई यस होटलको वहालवाला कर्मचारी नभएकोले तपाई यस्तो पत्र किन लेख्नू भयो भनि निजलाई पत्रद्वारा सुचित गरियो निज पुनः विपक्षले ०४९।६।४ मा यस होटल समक्ष पुनरवहालीको लागि निवेदन दिनु भयो । कारखाना तथा कारखानामा काम गर्ने मजदुर सम्वन्धी नियम, २०१९ को नियम २६(क) २, २६(ख) तथा यस होटलको कर्मचारीको सेवा सर्त (विनियम) को नियम ८ समेतले ३० दिन भन्दा वढी विदा स्विकृत नगराई वस्ने कर्मचारी स्वतः वर्खास्त हुनेछ भन्ने व्यवस्थावाट तपाइको सेवा पोहरसाल नै समाप्त भई सकेको भनि पत्रवाट निजलाई अवगत गराइयो । सेवामा पुनः वहाल गरी पाउँ भनि विपक्षीको उजुरी श्रम कार्यालय काठमाडौंमा पर्यो मिति ०४९।७।२६ मा सुरेश कुमार ढुंगानाले गैर कानूनी आदेश वदर गरी हाजिर गराउनु भन्ने आदेश होटल याक एण्ड यतिको नाममा जारी गरी पाउँ भनि दिनुभएको उजुरी सम्वन्ध