निर्णय नं. ६४४१ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६४४१ - कर्तव्य ज्यान भाग: ३९ साल: २०५४ महिना: पौस अंक: ९ फैसला मिति :२०५४/०५/२५ २८१४ निर्णय नं. ६४४१ २०५४, ने.का.प. अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री केदारनाथ आचार्य संवत २०५० सालको फौ.पु.नं. ... ७६० फैसला मितिः २०५४।५।२५।४ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादीः जिल्ला महोत्तरी, भरतपुर गा.वि.स. वडा नं. १ मा घर भै कारागार शाखा महोत्तरीमा थुनामा रहेको रौस्तम नट विरुद्ध प्रत्यर्थी/वादीः फुलवदना देवीको जाहेरीले श्री ५ को सरकार लाश जाँच रिपोर्ट (Post Mortem Report) मा घाँटी निमोठीइ निसासीएर मृत्यु भएको भन्ने डाक्टरको राय उल्लेख हुनु र लास प्रकृति मुचुल्कामा मृतकको दुवै आंखा मुनी दुवै गाला सुनिएको दाहिने आंखा माथि पुरपुरोमा आधा इन्च लामो चोट लागेकोको निलडाम देखिएको, मृतकको घाँटीमा मसिनो विजुलीको तार ४ दोवर पारी कसी राखेको भन्ने समेत देखिएबाट यी प्रतिवादी रौसतम नटले मौकामा अधिकार प्राप्त अधिकारी समक्ष गरेको साविती वयान कागजलाई पुष्टि गरी रहेको देखिन आउँछ । यस अलावा प्रहरीले कुटपिट गरी सावित गराएका हुन भन्ने पनि जाँच गराउनु पर्ने छैन भनी घा जाँच तर्फ दावी लिन सकेको पाइदैन । उल्लेखित आधार प्रमाण समेतबाट प्रतिवादी अदालतमा इन्कारी रहेकै कारणबाट मात्र आरोपित कसुरबाट सफाई पाउनु पर्ने भन्ने निजको पुनरावेदन जिकिर मनासिव नदेखिने । (प्र.नं. १८) पुनरावेदक प्रतिवादी तर्फबाटः प्रत्यर्थी वादी तर्फबाटः सरकारी अधिवक्ता चेतनाथ घिमिरे अवलम्वित नजिरः फैसला न्या.केदारनाथ आचार्यः पुनरावेदन अदालत जनकपुरको मिति २०४९।१२।३ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(ख) वमोजिम पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यस प्रकार छ । २. २०४४।२।२६ गते विहान मटिहानी तर्फको हालखवर वुझ्न जान लाग्दा सिमरदही वा.नं. ९ वोहवा गाउँ देखि दक्षिण जलाधार पोखरी देखि उत्तर वोहर्वा जाने वाटो नजिक एकान्त स्थानमा नाउँ गाउँ समेत थाहा नभएको लोग्ने मानिसको लाश छ भन्ने खवर पाई हेर्न जांदा २९, ३० वर्ष जतिको लोग्ने मानिस घाटीमा विजुलीको मसिनो तारले चार दोव्वर पारी कसि लाश फाली राखेको फेला परेको भन्ने प्र.ज. दिल बहादुरको प्रतिवेदन । ३. मेरो लोग्ने देवनारायण नाच पार्टीको हिरो मुख्य कलाकार भएकोले १५, १६ वर्ष अघि नाचगान गर्ने निलम नटीनीसँग अर्को विवाह गरी नाचगान गर्दै आएको सौता नीलम लोग्ने देव नारायणसँग वस्न इन्कार गर्दै रिसाई रहेकी थिइन । २०४४।२।२४ गते खैरा वस्ने राजेन्द्र कल्वारको घरमा लोग्ने सौता समेतका नाचपार्टीका मानिसहरु गएको सो रात ६, ७ वजे तिर लोग्नेलाई कर्तव्य गरी मारेको कुरो सुनेको र लाश प्रहरीले वरामद गरेको थाहा पाइ फोटो हेर्दा लोग्ने देवनारायणको फोटो देखि जाहेर गर्न आएकी छु । लोग्ने देवनारायणलाई सौता निलम नटीनीले षडयन्त्र गरी निजको भाई रोस्तम नट -१, राजु साह -१, रामवीर मण्डल -१ रोस्तम नटकै आमा समेत भई २०४४।२।२५ गते रात लोग्नेको घाँटीमा विजुलीको तारले वाधी कसि निरमम हत्या गरी लाश फालेको हुँदा निजहरुलाई पक्राउ गरी ज्यान सम्वन्धी महल वमोजिम सजाय गरी पाउँ भन्ने समेत व्यहोराको फुलवदन देवीको जाहेरी दरखास्त पत्र । ४. हाम्रो रायमा निजको मृत्यु घाँटी निमोठीई निसासिइ भएको भन्ने २०४४।२।२८ मा भएको लाश जाँच रिर्पोट । ५. २०४४।२।२४ गते खैरा वस्ने राजेन्द्र साहको घरमा दिदी नुरजहाँ भिनाजु देवनारायण समेत आएको दिदीलाई सौताले दुःख दिने र लोग्ने