निर्णय नं. ६४४२ - अंश दपोट

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६४४२ - अंश दपोट भाग: ३९ साल: २०५४ महिना: पौस अंक: ९ फैसला मिति :२०५३/११/२१ २६८२ निर्णय नं. ६४४२ २०५४, ने.का.प. अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा सम्वत् २०५१ सालको दे.पु. नं. .. २५४५ फैसला मितिः २०५३।११।२१।३ मुद्दाः अंश दपोट । पुनरावेदक/प्रतिवादीः जिल्ला दाङ त्रि.न.पा. वडा नं. २ घर भै दाङ सुनपुर गा.वि.स.वडा नं. ५ बस्ने मान बहादुर गिरी र तुल्सि गिरी समेत जना २ को मु.स. गर्ने त्रि.न.पा. वडा नं. २ गहिरा गाउँ बस्ने तारादेवी गिरी । विरुद्ध प्रत्यर्थी/वादीः दाङ देउखुरी सुनपुर गा.वि.स. वडा नं. ५ टिकुलिया बस्ने जंग प्रसाद गिरी § मान बहादुर घरको मुख्य ब्यक्ति बाबु भएकोले उक्त घर सो जग्गामा भएको जानकारी निजलाइ थिएन भन्न मिल्दैन । न त निजको त्यस्तो जिकिर नै देखिन्छ । अंशियारले आफ्नो जिम्माको सम्पत्तिको विवरण खुलाउनु पर्ने दायित्व स्पष्टतः अंश बण्डाको महलले जिम्मा हुने ब्यक्तिलाई तोकेको छ । सो सम्पत्ति आफ्नो कब्जा जिम्मामा छ र कानूनले अबैध नमानेको स्थितिमा त्यस्तो सम्पत्तिको विवरण दिनु जिम्मा हुनेको कर्तब्य हो । श्रेस्ता नभएको तर आफ्नो जिम्मामा रहेको सम्पत्तिको विवरण दिनु नपर्ने हो भने चलधनमालको श्रेस्ता नहुने हुदा चल धनमालको विवरण दिनु पर्ने दायित्व नहुने भन्नुपर्ने स्थिति हुन जान्छ जुन कि कानूनले भन्दैन । चल धनमालको पनि तायदाती दिनु पर्ने कर्तब्य अंशियारको हुन्छ भन्ने अंशबण्डाको महलमा स्पष्ट देखिने । (प्र.नं. १२) पुनरावेदक प्रतिवादी तर्फबाटः प्रत्यर्थी वादी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या.गोविन्द बहादुर श्रेष्ठः पुनरावेदन अदालत नेपालगञ्जको मिति २०५१।२।२३ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अनुसार पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः २. विपक्षि मध्येको वावु मान बहादुर गिरी अमा तुलसी गिरी दाजु स्व. जय बहादुर गिरी र म फिरादि जंग बहादुर गिरी समेत ४ अंशियार संगोलमा बसि आएको विपक्षि आमा वावु र दाजु समेत मिली अंश मुद्दा दिइ फाँटबारी अनुसार मिलापत्र गरी सम्पत्ति भोग गरी आएका छौं । फाँटवारी दिदा विपक्षी वावु आमा र दाजु मिली दाजुको नाममा दर्ता श्रेस्ताका घर घडेरीहरु मलाई ठग्ने नियतले दवाई छिपाई राख्नु भएको कुरा मलाई जानकारी हुन गै विपक्षीहरु समेतका म फिरादीले २०४५ सालमा अंश दपोट मुद्दा दायर गरी हाल मध्य पश्चिमान्चल क्षेत्रीय अदालतमा कारवाही चलिरहेको छ । पछि यसरी अन्य कुनै सम्पत्ति पनि दवाई छिपाई राखेका छन कि भनी पत्ता लगाउँदा विपक्षी तिन जना मिली विपक्षी वावुका नाउँमा दर्ता श्रेस्ता रहेको दांग दे. सोनपुर गा.पं. वडा नं. ५(ख) कि.नं. ३९८ ज.वि. ०-८-८ जग्गा दवाई छिपाई राख्नु भएको रहेछ । दवाए छिपाएको सम्पत्ति जग्गा म फिरादीको एकलौटी हक कायम गरी खान पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र । ३. वादीले दावी लिएको यो मुद्दाको दांग दे. सोनपर वडा नं. ५ ख कि.नं. ३९८ को ज.वि. ०-८-८ जग्गा ०२७ सालको हालको सर्भे नापीले घर व्लक छाडी नापी दर्ता नगरेको त्यसरी फाँटवारी दिंदाका अवस्था दर्ता नै नभएको र मिलापत्रमा म प्र. मान बहादुरको वण्डामा दिएको छ र भएको घर घडेरी निकास वाटो सन्धिसर्पन भएको घर व्लक जग्गा मिलापत्र गर्दाको अवस्थामा समेत दर्ता पूर्जा तयार नभएको अतः आफ्ना नाममा दर्ता श्रेस्ता नै नभएका जग्गालाई अंशको फाँटवारीमा देखाएन र मिलापत्रमा समेत नदेखाइ वण्डा नलगाई छिपाय