निर्णय नं. ९१३७ - सवारी ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९१३७ - सवारी ज्यान भाग: ५६ साल: २०७१ महिना: असार अंक: ३ फैसला मिति :२०७०/०५/३१ ६०५६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री तर्कराज भट्ट फैसला मिति M २०७०।५।३१।२ ०६६-CR-०७९६ मुद्दा M सवारी ज्यान । पुनरावेदक/वादी M सुकबहादुर गुरूङसमेतको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी M प्युठान जिल्ला, खैरा गा.वि.स.वडा नं. २ बस्ने गितबहादुर पुन यान्त्रिकरूपमा दुरूस्त रहेको सवारी साधन मादक पदार्थ सेवन नगरी ध्यान दिई तथा होशीयारीपूर्वक साइड बत्ती बाल्दै एवम् हर्नसमेत बजाउँदै र सुस्त गतिमा हाँक्दा ३९ फिट चौडा फराकिलो सडक भएको चोक बजारमा ट्‍याक्सीले एक्कासी बाटो काट्दा ट्रक चालकले आफ्नो सवारीको ब्रेक लगाएपछि पछाडि आउँदै गरेको मोटरसाइकल तत्काल उक्त ट्रकमा ठोक्किएर दुर्घटना भएको मिसिल संलग्न कागजबाट खुल्दछ । सवारी चलाएको बेलामा भएको चालकको अवस्था, उक्त ट्रकको यान्त्रिक अवस्था, घटनास्थल प्रकृति विवरण, सडक दुर्घटना प्रतिवेदन स्केच, प्रतिवादीको बयान, ट्रकका सहयोगीको कागज एवम् दुर्घटना भएको अवस्थामा तत्काल देख्ने मानिसहरूको अदालतमा भएको बकपत्रसमेतका मिसिल संलग्न सम्पूर्ण कागज प्रमाणहरूको रोहमा हेर्दा प्रस्तुत ऐनको दफा १६१(३) मा वर्णित अवस्थाको सवारी दुर्घटना भई मोटर साइकल चालकहरूको मृत्यु भएको मिसिल संलग्न कागजातबाट पुष्टि हुने । (प्रकरण नं.१०) पुनरावेदक/वादीका तर्फबाट M प्रत्यर्थी/प्रतिवादीका तर्फबाट M अवलम्बित नजीर M सम्बद्ध कानून M सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १४७ र दफा १६१-२_, १६१-३_ सुरू फैसला गर्ने M मा.जि.न्या.श्री हरिकुमार पोखरेल पुनरावेदन तहमा फैसला गर्ने M मा.न्या.श्री नारायणप्रसाद दाहाल मा.न्या.श्री नीता गौतम दिक्षित फैसला न्या.कल्याण श्रेष्ठ M पुनरावेदन अदालत, पोखराबाट मिति २०६६।८।१ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर निम्नबमोजिम छः– मिति २०६४।८।२४ गते दिउँसो अन्दाजी २ बजेको समयमा गितबहादुर पुनले हाँकेको ना.२.ख. ६८८४ नं. को ट्रकले पोखरा विरौटाचोकमा बुद्ध गुरूङले हाँकेको ग.३.प ६२८ नं. को मोटरसाइकललाई ठक्कर दिँदा बुद्ध गुरूङको घटनास्थलमा नै मृत्यु भएको र उक्त मोटरसाइकलपछाडि बसेका तेन्जीन योङदेनको उपचारको क्रममा पश्चिम क्षेत्रीय अस्पताल पोखरामा मृत्यु भएको, प्रत्यक्षदर्शीको अनुसार ट्रकचालकले गाडी पछाडि लगेर किचेको भन्नेसमेत व्यहोराको शुकबहादुर गुरूङसमेतको संयुक्त जाहेरी दरखास्त । लिङ्ग वरिपरिको सम्पूर्ण भाग किचिई क्षतविक्षत् अवस्थामा रहेको, निधारमा दायाँतर्फ गालाको भागमा ठोक्किएको र घिसारिएको नीलडाम, बायाँ कन्चटमा काटेको चोट, दुबै घुडाँ पछाडि ७ इन्च गोलाईको काटेको घाउ, दुबै साँप्राको बीचको भाग छुट्टिएको भन्नेसमेत व्यहोराको मृतक तेन्जीन योङदेनको लासजाँच मुचुल्का । पोखरा १७, विरौटाचोकस्थित पूर्व पश्चिम सडक, उत्तर विरौटाचोक, दक्षिणतर्फ सडक र आईलेण्ड रहेको, उक्त सडकको मूल चौडाई ३८ फिट रहेको, सडकको बीच भागमा पश्चिम मोहडा गरी ना.२.ख ६८८४ नं. को ट्रक रहेको, उक्त ट्रकको पछाडि टायरबाट १४ फिट पूर्वसम्म टायरडाम देखिएको, ट्रकको पछाडि दायाँ टायरले बुद्ध गुङ्गको टाउको किचेको, उक्त ट्रकबाट ६ फिट दक्षिणमा ग.३.प.६२८ नं. को मोटरसाईकल पल्टिएको अवस्थामा रहेको, मृतक बुद्ध गुरूङको अनुहारलगायत टाउको किचिइ क्षत