निर्णय नं. ९१३८ - कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९१३८ - कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग भाग: ५६ साल: २०७१ महिना: असार अंक: ३ फैसला मिति :२०७१/०२/२६ ५०५८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय फैसला मिति :- २०७१।२।२६।२ ०६८-CR-११११ मुद्दा M कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग । पुनरावेदक/प्रतिवादी M सिन्धुपाल्चोक जिल्ला, नवलपुर गाउँ विकास समिति वडा नं. ९ घर भई हाल कारागार कार्यालय, काठमाडौं भद्रबन्दीगृहमा थुनामा रहेका सुवास अधिकारी विरूद्ध प्रत्यर्थी/वादी M नविन लामासमेतको जाहेरीले नेपाल सरकार ०६८-CR-११८१ पुनरावेदक/प्रतिवादी M भक्तपुर जिल्ला, मध्यपुर ठिमी नगरपालिका, वडा नं. ५ घर भई हाल कारागार कार्यालय, जगन्नाथदेवल, काठमाडौंमा थुनामा रहेका प्रदिप पौडेल विरूद्ध प्रत्यर्थी/वादी M नविन लामासमेतको जाहेरीले नेपाल सरकार ०६८-CR-११९८ पुनरावेदक/वादी M नविन लामासमेतको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी M भक्तपुर जिल्ला, मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ धुन्चेपाखा बस्ने आशा तामाङ् लामासमेत मृतकको मृत्यु अमुक कसैको चोटबाट भएको भन्न सकिने अवस्था नभए पनि कुनै खास व्यक्ति वा चोटकै कारणले नै मरेको देखाउन पर्छ भन्न पनि मौजुदा अवस्थामा सम्भव नहुने । एकभन्दा बढी व्यक्तिको र एकभन्दा धेरै कारणले मारिने अवस्था रहने । वारदातको अवस्थासम्म पुर्याउने कुरामा प्रतिवादीहरूको सहभागिता देखिएको र सोलगायतका कारणले वारदात घट्न गएको हुँदा निजहरूलाई दायित्वविहीन मान्न नसकिने । अन्यथा कसूरको कार्य गर्नलाई भीडको संलग्नता निम्त्याउने र त्यसैको आडमा अपराधिक दायित्वविहीन हुने कुराको तर्जुमा गर्ने अवस्था आउँछ । त्यसो गर्नु भनेको प्रकारान्तरमा दण्डहीनता सिर्जना गर्ने हुने । (प्रकरण नं.३) सुरूदेखिको सबै श्रृङ्खलामा प्रतिवादीहरूको सरोकार र संलग्नता भएपछि अन्तिम अवस्थाको भीडकोसमेत संलग्नताले प्रतिवादीहरूले आफ्नो असंलग्नता र निर्दोषिताको जिकीर लिन सक्ने अवस्था रहेन । (प्रकरण नं.४) पुनरावेदक/प्रतिवादीका तर्फबाट M विद्वान वरिष्ठ अधिवक्ताद्वय प्रा.डा.रजितभक्त प्रधानाङ्ग र शेखरकुमार जोशी, विद्वान अधिवक्तात्रय कुमुदकुमार भट्टराई, निर्मला शाक्य र कृष्णप्रसाद पाण्डे पुनरावेदक/वादीका तर्फबाट M विद्वान उपन्यायाधिवक्ता वालकृष्ण वाग्ले प्रत्यर्थी/वादीका तर्फबाट M अवलम्बित नजीर M सम्बद्ध कानून M मुलुकी ऐन, ज्यानसम्बन्धीको १, १३-३_ सुरू फैसला गर्नेः मा.जि.न्या.श्री पुरूषोत्तमप्रसाद ढकाल पुनरावेदन तहमा फैसला गर्ने M मा.न्या.श्री टीकाबहादुर हमाल मा.न्या.श्री सत्यराज गुरूङ फैसला न्या.कल्याण श्रेष्ठ M न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत, पाटनको फैसलाउपर प्रतिवादीहरू सुवास अधिकारी, प्रदिप पौडेल र वादी नेपाल सरकारका तर्फबाट छुट्टाछुट्टै पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ M– भक्तपुर जिल्ला, मध्यपुर ठिमी न.पा. वडा नं. ८ चपाचोस्थित पूर्व त्रिरत्न शाक्यको घरदेखि गणेश प्रजापतीको घरसम्म, पश्चिम काजी प्रजापतीको घरसम्म, उत्तर दक्षिण बाहाखा बजार पुरानो बाटो ठिमी चोक जाने पक्की सडकको पश्चिमतर्फ घुमाउने सार्वजनिक पाटी र सो पाटीसँगै जोडिएर रहेको नेपाल टेलिकमको टेलिफोन क्याविनलाई मसुर निसाना मानी मसुर निसानाबाट ३ फिटको दूरीमा २ फिट लामो रगतको दाग, ८२ फिट दूरीमा ३ फिट लामो रगतको दाग भएको १०० फिट दूरीमा रगतका दागह