निर्णय नं. ८८०९ - ठगी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८८०९ - ठगी भाग: ५४ साल: २०६९ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६९/०१/१० ५८४० ने.का.प. २०६९, अङ्क ४ निर्णय नं.८८०९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री भरतराज उप्रेती २०६७–CR–००९१ फैसला मितिः २०६९।१।१०।१ मुद्दा : ठगी । पुनरावेदक वादीः ध्रुब तिमल्सिना समेतको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः हु वई सुङ्ग छुङ्ग सिचान चीन घर भई काठमाडौं जिल्ला, का.म.न.पा. बानेश्वरस्थित मिलन चोकमा डेरा गरी व्यापार गर्दै आएका चिनिया नागरिक व्रसुवु भन्ने We Yu Jiang शुरु फैसला गर्ने : मा.न्या.श्री सत्यराज गुरुङ्ग पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री देवेन्द्र गोपाल श्रेष्ठ मा.न्या.श्री ईश्वरप्रसाद खतिवडा § करारको शर्त पालन गरे, नगरेको सम्बन्धमा र त्यसबाट हुन गएको क्षति वा नोक्सानीको सम्बन्धमा करारसम्बन्धी ऐनले देवानी दायित्वको सिर्जना हुने अवस्था हुन्छ । शुद्ध रुपले करारीय दायित्व सम्बन्धमा परेको बिवादको निरोपण पनि करार ऐनअनुरूप हुनुपर्ने हुन्छ । देवानी प्रकृतिको बिवादलाई बलजफ्ती फौजदारी प्रकृतिको विवादको सिर्जना गर्ने गराउने तर्फ लाग्नु उचित नहुने । (प्रकरण नं.५) § दुबै पक्ष मिली राजीखुशीले गरेको करारको सम्बन्धमा, कपटपूर्वक (Fraudulently) करार भएको वा कुनै कानूनको उल्लंघन हुने गरी करार गरेको वा एकले अर्को पक्षलाई झुक्याई वा जालसाजीपूर्वक करार गरेको अवस्थामा एकले अर्को पक्षलाई हानि पुर्‍याउने नियतले वा प्रारम्भदेखि नै ठग्ने अभिप्रायले कुनै करार गरेकोमा बाहेक फौजदारी दायित्वको सिर्जना हुन नसक्ने । (प्रकरण नं.६) § करारीय सम्झौताको परिपालनासँग सम्बन्धित देवानी दायित्वसम्बन्धी विवादलाई फौजदारी दायित्वको रुपमा प्रस्तुत गरी ठगीको कसूर कायम गर्नु कानून र न्यायको रोहमा नमिल्ने । (प्रकरण नं.७) पुनरावेदक वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता रेवतीराज त्रिपाठी प्रत्यर्थी प्रतिवादी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को दफा २७ फैसला न्या.ताहिर अली अन्सारीः पुनरावेदन अदालत, पाटनको मिति २०६६।८।९ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पुनरावेदन परी इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ :— म समेतका जाहेरीमा उल्लिखित १० जना जाहेरवालाहरू पश्मिना व्यापारी हौं । चाइनामा व्यापार गर्ने सिलसिलामा ब्रसवुसँग चिनजान भएको हो । निजले चीनबाट पश्मिना ल्याई दिने सम्बन्धमा निज व्रसबु र मसमेतका जाहेरवालासँग बिभिन्न मितिमा सम्झौता भई हामीहरूबाट तपसीलबमोजिम रु.४२,२४,६२५।– लगी पश्मिना समेत नमगाई हामीबाट लिएको पैसा समेत फिर्ता नगरी आलटाल गर्दै ठगी गरेको हुँदा कानूनबमोजिम कारवाही गरिपाऊँ भन्ने जाहेरी दरखास्त । तपसील सुरज भट्टराई सन् २८।०२।२००५ मा साँवा व्याज समेत जम्मा रु.१,४५,०००।– ध्रुव तिमिल्सीना सन् ७।०६।२००४, ३१।१०।२००५ र २८।०२।२००५ मा साँवा ब्याज समेतको जम्मा रु.४,६१,०००।– धनपति भट्टराई ०३।१०।२००४ मा साँवा व्याज समेत जम्मा रु.२,०५,०००।– अजित न्यौपाने १५।०३।२००५ मा रु.४,८०,०००।– रमेश विष्ट ०३।१०।२००४ र ०९।१०।२००४ मा गरी जम्मा रु.५,८५,०००।– गौरी शर्मा सन् २८।०१।२००५ मा रु. ८२,५००।– राजेन्द्र आचार्य सन् २५।१०।२००४, २८।१०।२००४ मा गरी जम्मा रु. ३,५०,५००।– अर्जुन