निर्णय नं. ६४४३ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६४४३ - अंश भाग: ३९ साल: २०५४ महिना: पौस अंक: ९ फैसला मिति :२०५४/०७/०४ २६६३ निर्णय नं. ६४४३ ०५४, ने.का.प अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल सम्वत् २०५२ सालको दे.पु.नं. ... २९९५ फैसला मिति : २०५४।७।४।२ मुद्दा : अंश । पुनरावेदक/प्रतिवादीः जिल्ला धनुषा खजुरी चम्हा गा.वि.स वडा नं. २ वस्ने रमजान मियां धुनिया मरी मु.स. गर्ने ऐ.ऐ. वस्ने अव्दुल धुनिया । बिरुद्ध प्रत्यर्थी/वादी : ऐ.ऐ. वस्ने सलीम धुनिया समेत जना ३ § भू.सु. ७ नं. अनुसूची अलग अलग पेश भएको मात्र आधारमा अंश छुट्टी भिन्न भएको भन्न नमिल्ने र वादीहरुको वावु र प्रतिवादीहरुको वावु र दाजुहरुसँग भिन्न भै सकेको भन्ने प्रतिवादी जिकिर अनुरुप प्रमाण ऐन, २०३१ को दफा २७ वमोजिम अंश छुट्टि भिन्न भइ सकेको कानून वमोजिमको प्रमाण दिन गुजार्न सकेको समेत नदेखिएको हुँदा वादी दावी पुग्न नसक्ने ठहराएको शुरु धनुषा जिल्ला अदालतको इन्साफ उल्टी गरी वादी दावी वमोजिम प्रतिवादीबाट पेश गरेको तायदातीमा उल्लेखित सम्पत्तिबाट ४ खण्डको १ खण्ड पाउने ठहराएको पुनरावेदन अदालत जनकपुरको फैसला मुनासिव देखिंदा सो फैसला सदर हुने । (प्र.नं. ९) पुनरावेदक तर्फबाट : विपक्षी तर्फबाट : अवलम्वित नजीर : फैसला न्या. गोविन्द वहादुर श्रेष्ठ : पुनरावेदन अदालत जनकपुरको मिति २०५१।३।८ को फैसला उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिपत तथ्य र निर्णय यसप्रकार छ । २. मुल पुरुष स्व. वाजे फतुरीको ४ छोरामा जेठा स्व. भिमा भुनिया, माहिला प्रतिवादी राममान, साहिंला स्व. सटहार कान्छा मनिर भै. स्व. भिमाको एक छोरा प्र. अव्दुल कासीम र स्व. सटहरको तीन छोरा म जेठा फिरादी दिलजान धुनिया, माईला म सलिम धुनिया र कान्छा म फिरादी सदीक धुनिया हुँ तथा कान्छा मनिरको श्रीमती प्रतिवादी सितछिया धुनिया भै हामीहरु एकाघर सगोल परिवारमा रही वसी आएका सगोल परिवार र सगोल परिवारको आर्जनबाट खरीद भएको जग्गा जमीन प्रतिवादी रमजान र मरजानका छोरा अव्दुल रहिम र प्रतिवादी अव्दुल काशीम भन्ने र निजको श्रीमती भुलुर खातुन समेतका नाउँमा रही सगोल परिवारका जग्गा जमीनको हामीले भोग चलन गरी रहेमा विपक्षी प्र.हरु केही दिन देखि सगोल सम्पत्तिलाई दवन छपन गर्न लाग्दा हामीले मनाही गर्दा हाम्रो नमानी जग्गा जमीनहरु हामीहरुका नाउँमा दर्ता रहेको जग्गा जमीनमा तिमीहरुको कुनै हक अंश लाग्ने छैन भनि निर्धक जवाफ दिएमा सामाजिक पंचायत वसाल्दा पनी प्रतिवादीहरुले नमानी वाध्य भै कानून वमोजिम हुने अंश छुटर्‍याई लिन अदालत गुर्हान आएका छौं । जो जे बुझ्नू पर्ने प्रमाण वुझि नालेश परेको अघिल्लो दिनलाई मानो छुटेको मिति कायम गरी विपक्षीहरु जिम्मा चल अचल श्री सम्पत्तिको तायदाती फाँटवारी लि ४ खण्डको १ खण्ड अंश छुटयाई दिलाई भराई अंश वापत पाउने जग्गा जमीनहरु समेत हामीहरुका नाउँमा दर्ता गरी पाउँ भन्ने वादीहरुको मिति २०४६।८।८।५ को फिराद पत्र । ३. वादी नातेदार भएको कुरामा विवाद छैन । तर वादी हाम्रो सगोलको अंशियार होइनन् र निजहरुलाई अंश दिनुपर्ने होइन । वादीले वदनियत गरी झूठा नालेश दिएका हुन । वादी मात्र हैन फतुरी मियांका चार ४ जना छोराहरु २००५ सालमै भिन्न भै आफ्नो द्वार अलग अलग वसेका छन । त्यस वखत ऐलानी घडेरी र भांडाकुडा वाहेक अरु सम्पति नरहेकोले लिखित वण्डा गर्नुपर्ने अवस्था नै थिएन । ज्याला मजदुरी गरी आफ्नो आफ्नो परिवारको गुजरा गर्दे केहि जग्गा जमीन पनि आर्जन गर्न नसक्