निर्णय नं. ७८८८ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७८८८ - कर्तव्य ज्यान भाग: ४९ साल: २०६४ महिना: माघ अंक: १० फैसला मिति :२०६४/०७/१९ ५५०५ निर्णय नं. ७८८८ ने.का.प. २०६४ अङ्क १० सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ संवत् २०५८ सालको फौ.पु.नं. .....१८८७ संबत् २०५५ सालको साधक नं. ......२७४ संबत् २०५५ सालको फौ.पु.नं. ...२९३० संबत् २०६२ सालको फौ.पु.नं. .....३४६९ फैसला मितिः २०६४।७।१९।२ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक वादीः प्रहरी जवान चन्द्रकुमार घलेको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला सप्तरी गा.वि.स. खड्गपुर वडा नं. ४ बस्ने संजिवकुमार सिंह यादव समेत वादीः चन्द्रकुमार घलेको जाहेरीले नेपाल सरकार विरुद्ध विपक्षीः जिल्ला सप्तरी खड्गपुर गा.वि.स. वडा नं. ४ बस्ने बब्लु भन्ने राजेश कुमार सिंह समेत पुनरावेदक प्रतिवादी :जिल्ला सप्तरी राजविराज न.पा. वडा नं. १ बस्ने श्यामप्रसाद शर्मा विरुद्ध प्रत्यर्थी वादी चन्द्रकुमार घलेको जाहेरीले नेपाल सरकार पुनरावेदक प्रतिवादीः जिल्ला सप्तरी गा.वि.स. खड्गपुर वडा नं. ४ बस्ने वालेश्वर भन्ने धर्मदेव यादव विरुद्ध प्रत्यर्थी वादीः प्रहरी जवान चन्द्रकुमार घलेको जाहेरीले नेपाल सरकार शुरु फैसला गर्नेः मा.न्या.श्री ऋषीराज मिश्र मा.न्या. श्री बमकुमार श्रेष्ठ पुनरावेदन अदालत राजविराजः मा.न्या.श्री बुद्धिकान्त मैनाली मा.न्या.श्री मोहनप्रसाद घिमिरे § अदालतको आदेश वा फैसलाको पालना गर्नुपर्ने व्यक्तिले कुनै प्रकारबाट छलेर अदालतको फैसला वा आदेशलाई पाखा लगाउने कार्य कानूननः नमिल्ने । (प्रकरण नं.७) § मृतकको शरिरमा परेको दुवै फायर बरोबर रुपमा घातक रहेको, यही गोलीबाट लागेको घाउका कारण मृत्यु भएको भनी छुट्याउन नसकिने तर मृत्युको कारणमा ँष्चभ ब्चm क्ष्लवगचथ भएपछि र मृतकको शरिरमा लागेका गोलीको कारणले अत्याधिक रक्तस्राव भएको भन्ने देखिएको अवस्थामा त्यस्तो चोट प्रहार गर्ने उपर ज्यान सम्बन्धी १३(३) को सर्वश्वसहित जन्मकैद हुन सक्ने व्यवस्था आकर्षित नहुने भन्न सकिने स्थिति नदेखिने । (प्रकरण नं.११) § आत्मरक्षाको जिकिर लिनेले आफू माथि आक्रमणको निश्चितता, त्यो आक्रमणलाई विफल बनाउन कुनै उपाए नभएको र उपाय भएपनि आक्रमणको शक्तिका कारण रोक्न नसक्ने अवस्था परी तत्कालीन खतरा र जोखिमबाट बच्न शक्तिको प्रयोग भएको अवस्था प्रमाणित गर्न अनिवार्य हुने । (प्रकरण नं.१२) § कानूनी व्यवस्थाको आधारमा वात नलाग्ने सुविधा प्राप्त गर्न सोही कानूनी व्यवस्थाले तोकेका अवस्था आइपरेको अवस्थामा ज्यान बचाउन खातिर ज्यान मारेको अवस्था प्रमाणित हुन आवश्यक हुने । § ज्यान सम्बन्धीको ७(१) को कानूनी व्यवस्थामा राज्यले व्यक्तिलाई आफ्नो आत्मरक्षाको निमित्त आवश्यक परेसम्म शक्ति प्रयोग गर्न सकिने मान्यतामा आधारित रहेको देखिएतापनि आत्मरक्षा निमित्त शक्तिको प्रयोग आवश्यक थियो भन्ने तथ्य पुष्टि हुनुपर्ने । (प्रकरण नं.१३) पुनरावेदक वादी तर्फबाट : उपन्यायाधिवक्ता गणेश बाबु अर्याल प्रत्यर्थी प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ताहरू श्री शम्भु थापा, श्रीकृष्णप्रसाद सापकोटा र श्री रेवतप्रसाद खरेल, श्री सुरेन्द्र कुमार खड्का र श्री भागवत चौधरी अवलम्वित नजीरः ने.का.प.२०५८, नि.नं. ६०१५, पृष्ठ ३६६, ने.का.प.२०६०, अंक ५, ६ नि.नं. ७२१८, पृष्ठ ३९८ फैसला न्या. मीनबहादुर रायमाझीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत सप्तरी राजविर