निर्णय नं. ६४४४ - उत्प्रेषण वा अन्य जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६४४४ - उत्प्रेषण वा अन्य जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ भाग: ३९ साल: २०५४ महिना: पौस अंक: ९ फैसला मिति :२०५४/०९/०९ २३३२ निर्णय नं. ६४४४ ०५४, ने.का.प अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल सम्वत् २०४८ सालको रिट नं. ... १५७६ फैसला मिति : २०५४।९।९।४ मुद्दाः उत्प्रेषण वा अन्य जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ । निवेदकः का.जि. का.म.न.पा. वडा नं. १० वानेश्वर वस्ने वुद्धि नारायण महर्जन समेत जम्मा ३ । बिरुद्ध विपक्षीः भूमि सुधार कार्यालय काठमाण्डौ समेत जना ३ § मोहीको नाम जग्गा धनी दर्ता पूर्जामा तरी भाई तथा मोठमा ददीभाई उल्लेख भै नाममा फरक परेकै अवस्थामा पनि र जग्गा भोगी जोती आइरहेको भन्ने निवेदन जिकिर हुँदा मोही भागी वेपत्ता भएको भन्ने लिखित जवाफको व्यहोरा युक्तिसँगत नदेखिंने । (प्र.नं. ९) § भूमि सम्वन्धी नियम, २०२१ को नियम ९ अनुसार अस्थायी निस्सा प्राप्त सम्वन्धित मोहीलाई प्राकृतिक न्यायको सिद्धान्त अनुसार सूचना दिइ अ.वं. ११० नं. को रीत पुर्याई तामेल गरी प्रतिवाद गर्ने मौका दिनु पर्नेमा सो नभई प्रतिवाद गर्ने मौकै नदिई भू.सु.का. काठमाण्डौले मिति २०४७।१२।११ मा गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा वदर गरिएको छ । अव विवादीत जग्गाको आफ्नो कार्यालयको मोहीको लगत श्रेस्ता समेत हेरी भिडाई मोहीलाई प्रतिवादको मौका दिई निर्णय गर्नु भनी जिल्ला भूमि सुधार कार्यालय काठमाण्डौको नाउँमा परमादेशको आदेश समेत जारी हुने । (प्र.नं. ११) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री तुलसी भट्ट विपक्षी तर्फबाटः विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री नरेन्द्र कुमार श्रेष्ठ अवलम्वित नजीर : फैसला न्या. अरविन्दनाथ आचार्यः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा ठहर यस प्रकार छ । २. हामी निवेदकका पिता पति तरिभाई महर्जनले का.न.पा. वडा नं. ३२ मैतिदेवी वस्ने रत्नदेवी वज्राचार्यको नाममा दर्ता भएको का.जि. साविक महादेवस्थान गा.वि.स. वडा नं. ३ हाल का.न.पा. वडा नं. १० स्थित कि.नं. ९ को क्षेत्रफल २(४(० जग्गा २०२१ सालभन्दा अगाडि देखि जोती भोगी कमाई आएको नापी हुँदा जग्गाधनीमा रत्नदेवी र जोताहामा तरीभाई मर्हजन कायम भएको भूमि सम्वन्धी ऐन, २०२१ तथा नियम वमोजिम सवै प्रकृया पूरा गरी मिति ०२२।९।९ मा जोताहाको अस्थायी निस्सा समेत प्राप्त भएको विधिवत रुपमा मोही भई जग्गाधनीलाई वाली बुझाई आएको अवस्था पति तथा पिताको मिति ०४१।४।५ मा परलोक भयो । पति पिताको परलोक पछि म श्रीमती गंगामाया महर्जनले उक्त जग्गा जोत भोग गरी साविक जग्गाधनीलाई वाली बुझाई अद्यावधि भोगी आएको छु । उपर्युक्त मोहीमा कमाई आएको जग्गा रत्न देवी वज्राचार्यले विपक्षी मध्येका निर्माण कुमार भट्टराईलाई मिति २०४६।३।२७ र.नं. ७७९८ (क) राजिनामा मार्फत हक हस्तान्तरण गर्नु भएछ । विपक्षी निर्माण कुमार शर्मा भठ्ठराईले राजिनामा मोही तरीभाई मर्हजन हुनुपर्नेमा दलिलाल महर्जन उल्लेख गराइ पारित गरी लिई २०४६।८।११ मा मोही दलिलाल मर्हजन धेरै पहिला देखि वेपत्ता भएको मेरो दाता रत्नदेवीले आफै जोत कमोद गरी आएको मोही खोज तलास गर्दा फेला नपरेको भन्ने व्यहोरा जनाई मोही महलबाट निश्कासन गरी पाउँ भनि जि.भू.सु.का. मा निवेदन दिएछन र क्षेत्रीय किताव र जग्गाको मोठमा ददी भाई महर्जन लेखिन गएको रहेछ र सोहीलाई आधारमा भू.सु.का ले स्थानीय वाहेक अन्