निर्णय नं. ६४४५ - दर्ता वदर दर्ता कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६४४५ - दर्ता वदर दर्ता कायम भाग: ३९ साल: २०५४ महिना: पौस अंक: ९ फैसला मिति :२०५३/१०/१४ २४५५ निर्णय नं. ६४४५ ०५४, ने.का.प अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री उदयराज उपाध्याय माननीय न्यायाधीश श्री केदारनाथ आचार्य सम्वत् २०५२ सालको दे.पु.नं. ... २६१२ फैसला मितिः २०५३।१०।१४।२ मुद्दाः दर्ता वदर दर्ता कायम । पनरावेदक/वादी : जि. झापा ज्यामीर गढी वार्ड नं. ३ वस्ने शेर वहादुर खत्री बिरुद्ध प्रत्यर्थी/प्रतिवादी : ऐ.ऐ. वस्ने पार्वती देवी थापा § एकाको नाममा रहेको दर्ता वदर गरी दर्ता कायम गरी पाउँ भन्ने सम्वन्धी उजुरी लिई कारवाही किनारा गर्ने अधिकार क्षेत्र साविक झापा जिल्ला वन क्षेत्र सुदृढिकरण सम्वन्धी विशेष अदालतलाई भएको देखिन आउदैन । यस प्रकार साविक झापा जिल्ला वन क्षेत्र सुदृढिकरण सम्वन्धी विेशष अदालतमा उजुरी परी सो विशेष अदालत विघटन भै सरी आएको प्रस्तुत मुद्दाको उजुरीमा साविक झापा जिल्ला वन क्षेत्र सुदृढिकरण सम्वन्धी विशेष अदालतको अधिकार क्षेत्र प्रयोग गरी इन्साफ गर्नुपर्ने पुनरावेदन अदालत इलामले प्रस्तुत मुद्दा सुनी इनसाफ गर्ने अधिकार क्षेत्र ग्रहण गर्न नसक्ने भएबाट वादी दावी खरोज हुने ठहराएको पुनरावेदन अदालत इलामको फैसला मिलेकै देखिंदा मनासिव ठहर्ने । (प्र.नं. ७) पुनरावेदक तर्फबाट : विपक्षी तर्फबाट : अवलम्वित नजीर : फैसला न्या.उदयराज उपाध्यायः पुनरावेदन अदालत इलामको फैसला उपर पर्न आएको प्रस्तुत पुनरावेदन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(क) बमोजिम यस अदालतको अधिकार क्षेत्र भित्रको भएकाले उक्त मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ । २. उजुरवालाको नेपाल अधिराज्यभर कतैपनि एक चपरी माटो नभएकोले ०२६ साल देखि कसैको हक भोग नभएको जग्गा जोत आवाद गरी वसोवास गर्दै आएको थिएं । ०३७ सालमा वन सुदृढिकरण समितिबाट फिरादीको वसोवास भएको जग्गामा नाप नक्सा गर्दा ज.वि. १(१(१० कि.नं. ८६७ कायम भै सोही अनुसार फिल्डवुक तयार भएको थियो । ०४६ साल वैशाख महिनामा विपक्षी पार्वती देवी थापाले मैले ०२६ साल देखि भोगी आएको अक्त ज्यामीरगढी गा.वि.स. वाड नं. ३ को कि.नं. ८६७ को ज.वि. १(१(१० जग्गा दर्ता गराएका थाहा पाई बुझ्दा ०४५।९।२९ मा दर्ता भएको बुझिएकोले मेरो जोत भोगको जग्गामा विपक्षीको दर्ता कायम नहुने हुँदा विपक्षीका नाउँको दर्ता वदर गरी मेरा नाउँमा दर्ता कायम गरी पाउँ भन्ने समेत शेर वहादुर शत्रीको फिराद पत्र । ३. फिराद दावी झूठा हो। मैले ०३५ साल देखि भोग गरी आएको र सो भोग कै आधारमा म सुकुम्वासी हुँदा मेरा नाउँमा वन सुद्ढिकरण आयोगले दर्ता गरी धनीपूर्जा दिएको मेरो भोगको जग्गा हो । दर्ता वदर हुनु पर्ने होइन भन्ने समेत पार्वती देवी थापाको प्रतिउतर पत्र । ४. कुनै कसैको नाउँम ादर्ता भएको जग्गाको दर्ता वदर गरी सो जग्गा अरु व्यक्तिका नाउँमा दर्ता गर्न सक्ने अधिकार झापा जिल्ला वन क्षेत्र सुदृढिकरण सम्वन्धी विशेष अदालतलाई भएको नदेखिंदा झापा ज्यामीरगढी गा.पं. वार्ड नं. ३ को कि.नं. ८६७ को ज.वि. १(१(१० जग्गाको प्रतिवादी पार्वती देवी थापाका नाउँको दर्तावदर गरी मेरा नाउँमा दर्ता गरी पाउँ भन्ने वादी दावी खारेज हुने ठर्हछ भन्ने समेत २०५२।३।१२ कोपुनरावेदन अदालत इलामको फैसला । ५. खण्ड ३६, अतिरिक्ताड्ढ ०४४र४३ साल माघ १५ गतेको राजपत्रमा सूचना प्रकाशित भै काम कर्तव्य र अधिकार तोकेको (ग) को देहाय ५ मा एकाको पूर्जा र अर्काको ढालफाँड वा जोतको सम्वन्धी समस्या के कति छन र तिनीहरुको समस्या समाधान कुन तरीकावाट