निर्णय नं. ७८९१ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७८९१ - कर्तव्य ज्यान भाग: ४९ साल: २०६४ महिना: माघ अंक: १० फैसला मिति :२०६४/०१/३१ ३३२८ निर्णय नं. ७८९१ ने.का.प. २०६४ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ सम्वत् २०५९ सालको फौ.पु.न. २७६८ फैसला मितिः २०६४।१।३१।२ मुद्दाः– कर्तव्य ज्यान । पुनरावेदक / वादीः रामसिंह खड्काको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी / प्रतिवादीः डडेलधुरा जिल्ला दिव्यपुर गा.वि.स. वडा नं. २ बस्ने पिलायल गाउँ बस्ने नरेशसिंह खड्का § भवितव्य हुन ज्यान लिनेसम्मको इविलाग वा मनशाय नभएको र आफूले गरेको कर्तव्यले मानिस मर्ला जस्तो नदेखिएको हुनुपर्ने र यसबाट कुनै कार्य फौज्दारी अपराध हुनको लागि आवश्यक पर्ने मनशाय (Mensera) र आपराधिक कार्य (Acrusrius) दुई तत्वहरूको विद्यमानता नभई आशयरहितको अप्रत्यासित भएको कार्य भवितव्य ठहरिने । § ज्यान मार्ने मनशाय पनि नभएको, इवि पनि नभएको र लुकी चोरी पनि नहानेको तर, त्यसैबेला उठेको कुरामा रिस थाम्न नसकी लाठा, ढुंगा, लात, मुक्काले हान्दा मानिसको मृत्यु भएमा आवेशप्रेरित हत्या ठहर्ने । § प्रतिवादीले तत्काल उठेको रिस थाम्न नसकी प्रहार गरेको कुरा ज्यानसम्बन्धी महलको १४ नं. मा वर्णित अवस्थाभित्रै पर्ने हुँदा यस्तोलाई आवेशप्रेरित हत्याभन्दा अन्यथा भन्न नमिल्ने । (प्रकरण नं.१०) पुनरावेदक वादी तर्फबाट : विद्वान उपन्यायाधिवक्ता विश्वराज कोइराला प्रत्यर्थी प्रतिवादी तर्फबाट : अवलम्वित नजीरः आदेश न्या.खिलराज रेग्मीः न्याय प्रशासन ऐन, ०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत, महेन्द्रनगरको मिति ०५८।८।१९ को फैसलाउपर तत्कालीन श्री ५ को सरकारका तर्फबाट यस अदालतमा पुनरावेदन दायर हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ । मिति २०५७।४।३ गते बिहान म मकै गोडमेल गर्न मकैबारीमा गएको र वेलुकी मकैबारीबाट फर्की घरमा आउँदा बुहारी मदनादेवी खड्काको आफ्नै सुत्ने कोठाको खटियामा मृत्यु भएका अवस्थामा लाश फेला परेकोले जाहेर गर्न आएको छु, कानूनबमोजिम गरिपाऊँ भन्नेसमेत व्यहोराको रामसिंह खड्काको मिति २०५७।४।४ गतेको जाहेरी । पिलायल गाउँ स्थित नरेशसिंह खड्काको घरमा मदनादेवी खड्का सुत्ने गरेको भनेको कोठाभित्र काठको खटियामा उत्तर सिरान दक्षिण गोडा भै बायाँ कोल्टे पल्टी रहेको मदनादेवी खड्काको लाश पूरै सुनिएको र दुर्गन्ध आइरहेको, शरीरको ठाउँ ठाउँमा फोका उठेको, अनुहार सुनिई निलो भएको, दायाँ तिघ्रामा दुई ठाउँमा र ढाड पिठ्यूको दुई ठाउँमा निलहरू देखिएका र मुखबाट पुरै जिब्रो कालो भै बाहिर निस्केको भन्नेसमेत व्यहोराको मिति २०५७।४।५ गतेको लाशजाँच मुचुल्का । Intracrenial and intraabdominal hemorrhages was more markable findings to cause death. भन्नेसमेत व्यहोराको मिति २०५७।४।६ गतेको शवपरीक्षण प्रतिवेदन । मृतक मदनादेवी खड्का मेरी भान्जी नाताकी हुन्, मदनादेवी खड्का मरेकी छ भन्ने कुरा मिति २०५७।४।४ गतेका दिन सुनी निजको घरमा जाँदा लाशको प्रकृतिसमेत देखेँ बाटोमा मृतक मदना र निजको श्रीमान नरेशसिंह खड्काबीच मिति २०५७।४।३ गतेका दिन झगडा भएको थियो भन्ने कुरासमेत सुनेको हुँदा नरेशसिंह खड्काकै कुटपिटबाट मदनादेवी खडकाको मृत्यु भएकोमा विश्वास लाग्छ भन्नेसमेत व्यहोराको मिति २०५७।४।७ गतेको गोपालसिंह ठगुन्नाको कागज । मिति २०५७।४।३ गतेका दिन बेलुकी मकैबारीबाट घरमा आई बुहारी मरेको देखी छोरा नरेशलाई बुहारी के कसरी मरी भनी स