निर्णय नं. ७८९३ - डाँका
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७८९३ - डाँका भाग: ४९ साल: २०६४ महिना: माघ अंक: १० फैसला मिति :२०६४/०७/१८ ६२१० निर्णय नं. ७८९३ ने.का.प. २०६४ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोईराला सम्वत् २०६१ सालको फौ.पु.न..३२१९,३२३६ फैसला मितिः २०६४।७।१८।१ मुद्दाः डाँका । पुनरावेदक प्रतिवादीः जिल्ला रुपन्देही वोदवार गा.वि.स. वडा नं.९ घर भई हाल कारागार कार्यालय रुपन्देहीमा थुनामा रहेका नियामुल बन्जारा मुसलमान विरुद्ध प्रत्यर्थी वादीः रामभजन बानियाँ समेतको जाहेरीले नेपाल सरकार पुनरावेदक वादीः रामभजन बानियाँ समेतको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला रुपन्देही वोधवार गा.वि स वडा.नं.९ बस्ने जाहिद बन्जारा मुसलमान समेत शुरु फैसला गर्नेः मा.न्या.श्री इन्द्रमान कर्माचार्य पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री प्रेम शर्मा मा.न्या.श्री चन्द्रबहादुर कार्की § सह प्रतिवादीको पोल आफैले स्वतन्त्र प्रमाणको स्वरुप ग्रहण गर्न सक्दैन । त्यस्तो पोल अन्य स्वतन्त्र ठोस प्रमाणबाट समर्थित हुनुपर्ने । § प्रमाण ऐन, २०३१ को दफा २५ मा फौजदारी मुद्दामा अभियुक्तको कसूर प्रमाणित गर्ने भार वादीको हुनेछ भनी स्पष्ट रुपमा कानूनी प्रावधान भएको अवस्थामा यी प्रतिवादीहरूको डाँका वारदातमा संलग्नता छ भन्ने कुरालाई शंकारहित तवरले पुष्टि गर्ने किसिमका तथ्ययुक्त ठोस एवं सवुद प्रमाण वादी पक्षले प्रस्तुत गर्न नसकेको अवस्थामा केवल सह–अभियुक्तकै पोलको भरमा मात्र कसूरदार कायम गर्न न्यायोचित नहुने । § फौजदारी मुद्दामा समग्रतामा मूल्यांकन गरेर कसूरदार कायम गर्ने भन्दा पनि तथ्ययुक्त ठोस सवुद प्रमाणले प्रधानता पाउने । (प्रकरण नं.६) § मुलुकी ऐन, चोरीको महलको ६ नं. ले डाँका वारदात कायम हुनको लागि ४ जना भन्दा बढीको जमात भई जबरजस्ती वा रहजनीको रितसँग वा हात हतियार लिई उठाई छाडी वा हुलहुज्जत गरी चोरी गरेको हुनुपर्ने भनी डाँका वारदात कायम हुनका लागि आवश्यक पर्ने तत्वहरू तोकेको देखिँदा वारदातको प्रकृति, त्यसमा अभियुक्तको संख्यात्मक उपस्थिति, डाँका वारदातको पुष्टिको लागि डाँका वारदात स्थापित भइसकेको अवस्थामा ४ जना भन्दा कम व्यक्तिलाई पनि डाँका कसूरमा सजाय गर्ने मिल्ने । (प्रकरण नं.७) पुनरावेदक प्रतिवादीः विद्वान सह न्यायाधिवक्ता श्री युवराज सुवेदी प्रत्यर्थी वादीः विद्वान अधिवक्ता श्री लिलामणी पौडेल एवं वैतनिक अधिवक्ता श्री हेमराज अधिकारी अवलम्वित नजीरः ने.का.प.२०४५, अंक १२, नि.नं.३६६३, पृ.१२३०, ने.का.प.२०४७, अंक १, नि.नं. ४०५९, पृ.९३, ने.का.प.२०४०, अंक १, नि.नं. १६१४, पृ.७ फैसला न्या.शारदाप्रसाद पण्डितः पुनरावेदन अदालत बुटवलको मिति २०६१।३।१६को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम वादी प्रतिवादी दुवै पक्षको पुनरावेदन परी दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एंव ठहर निम्न बमोजिम रहेका छ । जिल्ला रूपन्देही मैनहिया गा.वि.स वडा.नं.४ अमारी पुर्व इजरत जोलहाको खेत, पश्चिम मैथावल देखि लक्ष्मीपुर तर्फ जाने सडक, उतर राधेकिशन यादवको खेत, दक्षिण हजरत जोल्हाको खेत यति ४ किल्ला भित्र दक्षिण मोहडा गरी इँटा माटोको जोडाई गरी वनेको २ कोठे पक्की घरभजन हरिजनको घरको पूर्व तर्फको एक कोठामा रहेको मालसामान बदमासहरूले लगेको कोठामा मालसामान पुराना लुगाहरू यत्रतत्र छरिएको भन्ने घटनास्थल प्रकृति मचुल्का विवरण । जिल्ला रुपन्देही मैनहिया गा.वि.स