निर्णय नं. ७८९६ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७८९६ - लेनदेन भाग: ४९ साल: २०६४ महिना: फागुन अंक: ११ फैसला मिति :२०६४/१०/१० ७५४१ निर्णय नं. ७८९६ ने.का.प. २०६४ अङ्क ११ सर्वोच्च अदालत पूर्ण इजलास माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री गौरी ढकाल सम्वत् २०६३ सालको दे.पु.इ.नं. ०००१ फैसला मितिः २०६४।१०।१०।५ मुद्दाः– लेनदेन । पुनरावेदक/प्रतिवादीः जिल्ला भक्तपुर वागेश्वरी गा.वि.स.वडा नं. ३ बस्ने पारसमणी भारती विरुद्ध प्रत्यर्थी/वादीः जिल्ला सिन्धुली भांगाझोली रातामाटा गा.वि.स वडा.नं. ३ होमराज वन शुरू अदालत फैसला गर्नेः मा.न्या. श्री देवेन्द्रराज शर्मा पुनरावेदन अदालत फैसला गर्नेः मा.न्या.श्री माधवराज थापा मा.न्या.श्री कविन्द्रराज काफ्ले § लिखत हुँदाका अवस्थामा बुझिलिएको र तीन महिनाभित्र बाँकी रकम लिई आफ्नो नामको जग्गा पास गरीदिने, पास गरी नदिए अघि लिएको रूपैँया कानून बमोजिम असुल उपर गरिलिनु भन्ने व्यहोरा पारी जग्गा पास गरीदिने लिने भाखा तीन महिनाको तोकिएको पाइन्छ । त्यसरी भाखा राख्न नमिल्ने भनी कुनै कानुनले निषेध वा सीमाङ्कन गरिदिएको देखिँदैन । लिखतमा उल्लेखित भाखाभित्रै बेइमान गरेको भनी सम्बन्धित पक्षले सोच्नु अपरिपक्व (premature) हुनजाने । § व्यक्ति व्यक्ति बीच भएको लेनदेन कारोबार इमान्दारीपूर्वक नै पक्षहरूले सम्पन्न गर्छन् भन्ने स्वभाविक अनुमान हो । विवादको लिखतमा उल्लेखित तीन महिनाको भाखाभित्रै लेनदेनकर्ताहरू बीच लिखतमा उल्लेखित कार्य हुँदैन भन्ने गलत अनुमान गरी भाखाको म्याद समेतलाई जोडी हदम्याद कायम हुन सक्दैन । यदि भाखाको अवधि दुई वर्ष वा सो भन्दा बढी भएमा उक्त लेनदेन व्यवहारको ४० नं. मा उल्लेखित म्याद कति हुने भन्ने प्रश्न अनुत्तरित नै रहन्छ । भाखाको म्याद समेतलाई हदम्याद भित्रै जोड्ने हो भने पक्षले मुद्दा गर्न पाएको उक्त दुई वर्षको हदम्याद निरर्थक सावित हुनजाने । § लिखतमा तोकिएको भाखाभित्र जग्गा पास नगरी दिएमा दिएको रकम पनि फिर्ता गर्नु नपर्ने भन्नु न्याय र कानूनमा आधारित हुँदैन । लिखतले नै जग्गा पास गरी नदिए घरघरानाबाट भरिपाउने भन्ने उल्लेख भएको अवस्थामा पास गरीदिन तोकिएको भाखा व्यतीत भएको मितिबाट नै मुद्दा गर्नुपर्ने अवस्था सिर्जना हुने । § लेनदेन व्यवहारको ४० नं. मा अन्तिम वाक्यांशमा उल्लेखित भए गरेको मितिको व्याख्या गर्दा लिखत भए गरेको मितिलाई होइन कि लिखतमा उल्लेखित भाखामा गर्नुपर्ने कार्य नगरिदिएबाट भाखा व्यतीत भएको मितिबाट दुई वर्षको हदम्याद रहने भन्ने अर्थ गर्दा न्यायोचित र विवेकपूर्ण हुने । (प्रकरण नं. २२) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरी प्रत्यर्थी वादी तर्फबाट : विद्वान अधिवक्ता डा.शंकरकुमार श्रेष्ठ र लक्ष्मी शर्मा अवलम्वित नजीरः ने.का.प.२०५९, नि.नं. ७०६०, पृष्ठ ६३, ने.का.प.२०५८ नि.नं.७०३४, पृष्ठ ५४७ आदेश न्या.कल्याण श्रेष्ठः पुनरावेदन अदालत पाटनबाट भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्याई पाउँ भनी प्रतिवादीको परेको निवेदनमा यस अदालतबाट मुद्दा दोहोर्याई हेरी दिने निस्सा प्रदान भई पेश हुँदा रूलिङ बाझिएको भनी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१) (ख) बमोजिम बृहत पूर्ण इजलासमा पेश गर्नु भन्ने संयुक्त इजलासको आदेश पश्चात पेश हुन आएको प्रस्तुत मुद्दाको सं