निर्णय नं. ७८९८ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७८९८ - कर्तव्य ज्यान भाग: ४९ साल: २०६४ महिना: फागुन अंक: ११ फैसला मिति :२०६४/०७/१२ ४९७६ निर्णय नं. ७८९८ ने.का.प. २०६४ अङ्क ११ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री ताहिर अलि अन्सारी सम्व्त २०६० सालको फौ.पु.नं. ....३४८२ फैसला मितिः२०६४।७।१२।२ मुद्दा :– कर्तव्य ज्यान । पुनरावेदक/वादीः कान्छामान मगरको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी/प्रतिवादीः अम्बर बहादुर आले मगर शुरु फैसला गर्नेः मा.जि.न्या श्री जगदीशप्रसाद शर्मा पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री जागेश्वर सुवेदी मा.न्या.श्री हरिबहादुर बस्नेत § मृतकले आफ्नो मृत्युको कारण अस्पतालको बेडमा घरधनीको रोहवरमा व्यक्त गरेको र सो व्यक्त गरेको कुरालाई त्यहाँ उपस्थित प्रहरी कर्मचारीले टिपोट गरेको, टिपोट गर्ने प्रहरी कर्मचारी अदालतमा उपस्थित भै मृतकले भने अनुसारको कुरा मैले टिपोट गरी निज मृतकको ल्याप्चे सहीछाप गराएको हुँ भनी वकपत्र गरिदिएको अवस्थामा मृतकले आफ्नो मृत्युको सम्बन्धमा व्यक्त गरेको कुरालाई प्रमाणमा लिन नमिल्ने भन्न नमिल्ने । (प्रकरण न.६) § मृतकले आफू मर्नुको कारण आफू समक्ष उपस्थित मानिस समक्ष व्यक्त गर्ने स्वभाविक प्रकृया हो । मृतकले आफ्नो मृत्यु सम्बन्धमा कुन समयमा के कुरा व्यक्त गर्दछ सो समयमा त्यहाँ जुन-जुन व्यक्ति उपस्थित हुन्छन् ती व्यक्तिहरूले नै ती कुरा सुन्ने र टिप्ने हुँदा कानूनले सो सम्बन्धमा स्पष्ट व्यवस्था नगरेको अवस्थामा उपस्थित व्यक्तिले सुनेको र टिपेको कुरालाई प्रमाण योग्य नमान्ने भन्न उपयुक्त नदेखिने । § मृत्युकालिन घोषणामा हुनु पर्ने मूख्य तत्व भनेको मृतकको मृत्युको कारण, मृतक मर्नु भन्दा पहिले सो कुरा व्यक्त गरेको हुनु पर्ने, मृतकले व्यक्त गरेको कुरा निजको मृत्युसँग सम्बन्धित हुनु पर्ने र कुनै व्यक्तिको उपस्थितिमा व्यक्त गरेको हुनुपर्ने । (प्रकरण नं.७) पुनरावेदक वादी तर्फबाट : विद्वान श्री उपन्यायाधिवक्ता वज्रेश प्याकुरेल प्रत्यर्थी प्रतिवादी तर्फबाट : अवलम्वित नजीरः ने.का.प.२०६३,नि.नं.७६६३, पृष्ठ ३२१ फैसला न्या. मीनबहादुर रायमाझीः पुनरावेदन अदालत पाटनको मिति २०५३।५।११ को फैसला उपर चित्त नबुझी वादी नेपाल सरकारको तर्फबाट न्याय प्रशासन ऐन २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः– मेरो दाजु अम्बर बहादुर मगर र भाउजु सुमित्रा मगरले मिति २०५१।१०।११ गते डेरामा बसी दुवैले मादक पदार्थ सेवन गरी झगडा गरेका र दाजुले भाउजूलाई मट्टितेल खन्याई आगो लगाई जलेको हुँदा वीर अस्पतालमा उपचारको लागि लगेकोमा मृत्यु भएको, दाजु अम्बर बहादुरले भाउजू सुमित्रालाई मट्टितेल हाली आगो लगाएको हो भन्ने कुरा भाउजूले अस्पतालमा नर्सहरू समेतलाई बताएकोबाट थाहा पाएकोले आवश्यक कार्यवाही गरी पाउँ भन्ने समेत व्यहोराको कान्छामान मगरको जाहेरी दरखास्त । अम्बर बहादुर मगरको डेरा कोठा भित्र आगोले सिरक समेत जली नष्ट भएको भन्ने समेत उल्लेख भएको घटनास्थल मुचुल्का । मेरो लोग्ने अम्बर बहादुर मगरले २०५१।१०।११ गते राती रक्सी सेवन गरी आई झगडा गरी मेरो जिउमा मट्टितेल खन्याई टुकिले आगो लगाई दिए । निजले रक्सी खाई आई मलाई मार्छु भनी सधै धम्की दिन्थे भन्ने समेत व्यहोराको मृतक सुमित्रा मगरले मर्नु अघि गरेको कागज । गोडाको नली खुट्टा देखि माथि अनुहारसम्म आगोले जलेको भन्ने समेत उल्लेख भएको लाश जाँच मुचुल्का । शरि