निर्णय नं. ७८९९ - उत्प्रेषण, प्रतिषेध
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७८९९ - उत्प्रेषण, प्रतिषेध भाग: ४९ साल: २०६४ महिना: फागुन अंक: ११ फैसला मिति :२०६४/०९/१८ ३९४८ निर्णय नं. ७८९९ ने.का.प. २०६४ अङ्क ११ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री खिलराज रेग्मी संवत २०६२ सालको रि.नं.३६१५ आदेश मितिः २०६४।९।१८।२ विषयः उत्प्रेषण, प्रतिषेध । निवेदकः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३३ बस्ने कुमारी बैंक लिमिटेडको संस्थापक शेयरधनी तथा सञ्चालक समितिका अध्यक्ष नूर प्रताप ज.व.रा. विरुद्ध विपक्षीः नेपाल राष्ट्र बैंक केन्द्रिय कार्यालय, बालुवाटार समेत § नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११२ को खारेजी र वचाउको व्यवस्थाले नेपाल राष्ट्र बैंक ऐन, २०१२ बमोजिम भए गरेका सम्पूर्ण काम कारवाही प्रस्तुत ऐनले नसमेटने भन्न नमिल्ने । § तत्कालिन वाणिज्य बैंक ऐन, २०३१ को दफा २९(१) (२) (३) ले नेपाल राष्ट्र बैंकले बैंकको जुनसुकै कार्यालयले जुनसुकै बखत निरीक्षण गर्न गराउन सक्ने निरीक्षणको क्रममा निरीक्षण गर्ने अधिकारीले मागेको हरहिसाब खाता कागजात र बैंक सम्बन्धी आवश्यक सूचना दिनु पर्ने र निरीक्षणको फलस्वरुप आवश्यक देखिएका कुराहरूका सम्बन्धमा नेपाल राष्ट्र बैंकले आवश्यक निर्देशन दिन सक्ने व्यवस्था गरेको पाइँदा नेपाल राष्ट्र बैंक केन्द्रीय बैंक भएकोले अन्य बैंकको आम्दानी तथा खर्च एवं वित्तिय वा आर्थिक अवस्थाको सम्बन्धमा नेपाल राष्ट्र बैंकले नियन्त्रण र निर्देशन गर्न सक्ने । (प्रकरण नं.१९) § नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम वाणिज्य बैंक तथा वित्तिय संस्थालाई नियमन गर्न पाउने नेपाल राष्ट्र बैंकको नियन्त्रण र निर्देशन अधिकारलाई बैंकको साधारण सभाले कटौती गर्न नसक्ने । (प्रकरण नं.२०) § बिना बिल भरपाई गरिएको भनिएको खर्चले वास्तविक खर्चको मान्यता प्राप्त गर्न नसक्ने भएकाले सम्बन्धित कागजात (Supported Document) बिना नै पूर्व सञ्चालन खर्चको नाममा देखाईएको अप्रमाणित खर्चलाई स्वीकृत दिन नमिल्ने । (प्रकरण नं.२१) निवेदक तर्फबाट :वरिष्ठ अधिवक्ता गणेशराज शर्मा, अधिवक्ताहरू कमल नारायण दास, हरिहर दाहाल बद्रीबहादुर कार्की, विपक्षी तर्फबाटः अधिवक्ता रेशमराज रेग्मी प्रेमप्रसाद पाण्डे र थानेश्वर आचार्य, अधिवक्ता शुसील पन्त अवलम्वित नजीरः आदेश न्या.अनूपराज शर्माः नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३।८८ (२) बमोजिम दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यस प्रकार छ : २. म निवेदक कुमारी बैंक लिमिटेडको संस्थापक शेयरधनी हुँ । म निवेदकले खरिद गरेको उक्त शेयरको शत प्रतिशत रकम कुमारी बैंक लिमिटेडलाई भुक्तानी गरेको आधारमा मलाई उक्त बैंकले सोको शेयरधनी प्रमाणपत्र उपलव्ध गराएको आधारमा विगत केही वर्ष देखि निर्वाध रुपमा शेयरहोल्डरको हैसियतले प्रचलित कानून बमोजिम आफ्नो सम्पत्ति हकको उपभोग गरी आएको छु । यसरी मैले कुमारी बैंकलाई कुनै पनि रकम तिर्न बुझाउन पर्ने अवस्था नरहेको र कुमारी बैंक लिमिटेड स्थापना भए देखि छोटो अवधिमा सवै व्यवसायीक क्षेत्रहरूमा उल्लेखनीय सफलता हासिल गरी मुनाफा आर्जन गर्दै प्रगती तर्फ उन्मुख भै रहेको छ । यसै बीच प्रत्यर्थी नेपाल राष्ट्र बैंकले, नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ४(१) को खण्ड (ङ), ७९, ८४ नेपाल राष्ट्र बैंक ऐन, २०१२ तथा वाणिज्य बैंक ऐन, २०३१ को कानूनी व्यवस्थाको प्रतिकूल मिति २०६१।११।१३ मा कुमारी बैंक लिमिटेडको सञ्चालन समितिलाई ठाडै गैरकानूनी अनाधिकृत र नेपाल र