निर्णय नं. ८९५२ - लेनदेन जालसाज

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८९५२ - लेनदेन जालसाज भाग: ५५ साल: २०७० महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६९/०९/१२ ३८७० ने.का.प. २०७०, अङ्क २ निर्णय नं.८९५२ सर्वोच्च अदालत, पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री प्रकाश वस्ती पु.नि.नं. ०६७–NF–०००२ फैसला मितिः २०६९।९।१२।५ मुद्दाः लेनदेन जालसाज । निवेदक वादीः मोरङ्ग जिल्ला, विराटनगर उपमहानगरपालिका वडा नं. १४ बस्ने काशीराम अग्रवालको मु.स. गर्ने दुर्गावती अग्रवाल खेरिया विरुद्ध विपक्षी प्रतिवादीः मोरङ्ग जिल्ला, विराटनगर उपमहानगरपालिका वडा नं. १७ बस्ने गिरीराज कार्की समेत यस अदालत संयुक्त इजलासमा फैसला गर्नेः– मा.न्या.श्री चन्द्रप्रसाद पराजुली मा.न्या.श्री बलराम के.सी. § पछि भएका लिखतहरूमा अघिल्लो लिखतको व्यवहारलाई समेत खुलाई सम्पूर्ण हिसाब किताब मिलान गरिएको भन्ने व्यहोरा पारी कागज भएपछि अघिल्लो लिखतको अस्तित्व कायमै रहिरहेको मान्न उचित र कानूनसंगत हुन नसक्ने । (प्रकरण नं.५) वादीको तर्फबाटः विद्वान अधिवक्ता श्री महादेव पण्डित प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ता कृष्ण थापा अवलम्बित नजीरः सम्बद्ध कानूनः § मुलुकी ऐन, अंशबण्डाको १८ नं. § साहू असामीको १ नं. फैसला न्या.कल्याण श्रेष्ठः यस अदालतको मिति २०६२।१।१२ को फैसलाउपर वादी पक्षबाट परेको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को उपदफा (१) को खण्ड (ख) बमोजिम पुनरालोकन गरी हेर्ने निस्सा प्रदान भई पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यस प्रकार छः– विपक्षीहरूले मबाट रु.९,५०,०००।– (नौलाख पचास हजार) रूपैयाँ कर्जा लिई २०४७ साल कात्तिक मसान्तसम्ममा साँवा व्याज एकमुष्ट बुझाउने भाखा गरी मिति २०४७।५।१५ गते कपाली तमसुक गरेकामा भाखाउप्रान्त विपक्षीहरूलाई ताकेता गर्दा पनि रकम नबुझाएकाले लेनदेन व्यवहारको ४ नं.बमोजिम साँवा र भरिभराउ हुँदासम्मको व्याजसमेत भराई पाऊँ भन्नेसमेत व्यहोराको वादीको फिराद पत्र । हामी र विपक्षीको छोरा गोविन्दरामसमेतले २०४७।१।१८ मा लकडीको साझेदार भई काम गर्न करार गरेका थियौं । गोविन्दरामले हामीलाई चिरानकटान गर्न सहयोगका लागि रु.६ लाख दिने र सो रूपैयाँ दिएबापत लकडी बिक्री गरी रु.१,५०,०००।– आगामी ४५ दिनमा हामीले विना शर्त दिने, रु.६ लाख दिएबापतमा गजेन्द्रजंगका नामको ज.वि. ८–१–८ जग्गा सुरक्षणबापत धितो राख्ने गरी मोरङ्ग मालपोत कार्यालयमा मिति २०४७।८।६ मा दृष्टिबन्धक पास गरेको र मिति २०४७।९।१२ मा रु.४,००,०००।– चुक्ता गरी दृष्टि बन्धक बुवा गजेन्द्रजंगले निखन्नु भएको हो । यो कागज सम्बन्धमा विपक्षी मौन भई नालिस गरी आउनु भएपनि गोविन्दरामले २४०० फीट साखु चिरान र ४६९ फीट कुकाठ चिरान आफ्नो कम्पाउण्ड गोदाममा र ६ ट्रिप लकडी बैंकमा रहेको चिरान काठ समेत हुँदा र व्यवहार मिलाउनु भन्दा नमानी नालिस गरेको हो । अ.वं. १३९ नं. बमोजिम गजेन्द्रजंगलाई झिकाई बुझी झूठा दावीबाट फुर्सद पाऊँ भन्ने समेत प्रतिउत्तरपत्र । २०४७।५।१५ को रु.९,५०,००० को सक्कल कागज हेरेँ, देखेँ । त्यसको मिति बन्दमा परेको सहिछाप हाम्रा हुन् । सो रूपैयाँ हामीले तिर्नु बुझाउन बाँकी छैन । यसै लगाउको मुद्दालाई प्रमाण लगाई पाऊँ भन्नेसमेत प्रतिवादीको वारेसले गरेको बयान । प्रतिवादीहरूले लकडीको कारोबार गर्न मसँग कर्जा माग्दा २०४७।५।१५ मा रु.९,५०,०००।– कर्जा दिई कपाली तमसुक गरिदिएको हो । विपक्षीहरूको भनाई बदनियतपू