निर्णय नं. ७९०३ - उत्प्रेषण/परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७९०३ - उत्प्रेषण/परमादेश भाग: ४९ साल: २०६४ महिना: फागुन अंक: ११ फैसला मिति :२०६४/०६/२६ ६६९५ निर्णय नं.७९०३ ने.का.प. २०६४ अङ्क ११ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री पवन कुमार ओझा. संवत २०६१ सालको रिट.नं. २९९० आदेश मितिः २०६४।६।२६ विषय :– उत्प्रेषण/परमादेश । निवेदकः का.जि.का.म.न.पा.वडा नं.११ बस्ने अरुण श्रेष्ठ समेत विरुद्ध विपक्षीः प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबार समेत § आफ्नो धर्म संस्कृति र परम्परा अनुसारको पूजा पाठ ध्यान आदि गर्न नपाउनु वा त्यस्तो कार्यमा प्रभाव पर्नु भनेको धर्मलोप कै एउटा स्वरुप हो । गुठी संस्थानको कर्तव्य धर्म संस्कृतिको संरक्षण गर्नु हो । § गुठी संस्थानले आयस्ता बढाउने नाममा परम्परागत धर्म संस्कृतिको प्रयोग र पालनामा अवरोध पुग्ने वा धर्मलोप हुने खालका कुनै पनि कार्य गर्न पाउने अवस्था हुदैन । त्यसैगरी पूजा आजा चलाउन रकम आवश्यक भएको भन्ने आधारमा नागरिकको धर्म सम्बन्धी हकमा नै दखल दिन वा राष्ट्रिय सम्पदाको रुपमा रहेको धार्मिक सांस्कृतिक सम्पदा प्रभावित हुने गरी कुनै क्रियाकलाप सञ्चालन गर्न पाउने अवस्था समेत नहुने । (प्रकरण नं.७) § कुनै पनि व्यक्ति वा सम्प्रदायले आफ्नो धर्म र संस्कृतिको बिना व्यवधान बिना अवरोध परिपालन गर्न पाउनु पर्दछ । व्यक्तिको यो मौलिक अधिकार हो । राष्ट्र भित्र रहेका पुरातात्विक महत्वका धार्मिक, ऐतिहासिक, सांस्कृतिक सम्पदाको संरक्षण गर्ने दायित्व राज्य कै हो भनी कानूनले नै किटानी गरेको अवस्थामा त्यस्ता सम्पतिको संरक्षण र प्रवद्र्धन गर्ने जिम्मेवारी सरकारले निर्वाह गर्नुपर्ने । (प्रकरण नं.२१) § प्राचीन सम्पदाको रुपमा रहेका सम्पत्तिहरूको संरक्षण गरी भावी पुस्तालाई सकुशल हस्तान्तरण गर्नु पर्दछ भन्ने उद्देश्य राखेर नै यस्तो संरक्षणात्मक तथा सम्वर्धनात्मक व्यवस्था गरिएका हुन् । त्यसै गरी आफ्नो धर्म संस्कृतिको निर्विध्न रुपमा उपभोग र पालना गर्न पाउने नागरिकको मौलिक अधिकारको प्रत्याभूतिका लागि पनि त्यस्ता धार्मिक, सांस्कृतिक सम्पदाको संरक्षण गरिनु पर्ने । § गुठी संस्थानले आफ्नो स्रोत साधन र खर्चको विवरण सार्वजनिक गरी आफ्नो अवस्थाका बारेमा जनसाधारणलाई सूचित गर्ने र पारदर्शिता प्रर्वद्धन गर्ने कार्यमा आफूलाई अग्रसर गराउनु पर्ने । (प्रकरण नं.२२) निवेदक तर्फबाट : विद्वान अधिवक्ताहरू श्री हरिहर दाहाल, श्री वल्लभ वस्नेत, प्रकाश वस्ती, रामप्रसाद गौडेल, शम्भुप्रसाद पोखरेल र हेमराज सुवेदी विपक्षी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री युवराज सुवेदी र विद्वान अधिवक्ता श्री कृष्णप्रसाद सापकोटा अवलम्वित नजीरः आदेश न्या. बलराम के.सी. : काठमाडौ जिल्ला का.म.न.पा. वडा नं.११ स्थित बाग्मती किनारमा रहेको मठ मन्दिर सहितको धार्मिक स्थल विश्व एवं नेपालका अधिकांश हिन्दु धर्मावलम्बीहरूका बीचमा युगौ देखि परिचित भै यस क्षेत्रका मन्दिर पाटी पौवा र मठहरू सम्पूर्ण हिन्दु धर्मावलम्बीहरूका आस्था र विश्वासको रुपमा रहेका छन् । यस स्थानमा भगवान राम नारायण, गुरु नानक, बद्रीनाथको मन्दिर, पाटी पौवा, मृत्यु संस्कार गरिने घाट लगायत १३ दिने काजक्रिया सम्पन्न गरिने स्थान समेत रहेकोबाट धार्मिक, ऐतिहासिक र पुरातात्विक दृष्टिले यस स्थानको महत्व आफैमा अति विशिष्ट रहेको छ । यस स्थानमा रहेका मन्दिर पाटी पौवाहरूको परिसरको रुपमा सडकसँगै जोडिएको गुठी संस्थानको स्वामित्वमा रहेको करिब ४ रोपनी जग्ग