निर्णय नं. ७९०७ - धितो बन्धक फुकुवा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७९०७ - धितो बन्धक फुकुवा भाग: ४९ साल: २०६४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०६४/१२/०७ ७८१७ निर्णय नं. ७९०७ ने.का.प. २०६४ अङ्क १२ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री केदार प्रसाद गिरी माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ सम्वत् २०६० सालको दे..पु.नं. ९५४९ फैसला मितिः २०६४।१२।७।५ मुद्दाः धितो बन्धक फुकुवा । पुनरावेदक वादी का.जि. काठमाडौं महानगरपालिका वडा नं.३१ बागबजार बस्ने शायरा बानु विरूद्ध प्रत्यर्थी प्रतिवादीः का.जि. काठमाडौं महानगरपालिका वडा नं.२९ मा मुख्य कार्यालय भएको आधार ट्रेडर्सका प्रो.शरदराम भण्डारी अघि फैसला गर्ने काठमाडौं जिल्ला अदालतः मा.न्या. डा.आनन्दमोहन भटृराई पुनरावेदन अदालत पाटनः मा.न्या. श्री दामोदरप्रसाद प्रजापती मा.न्या. श्री जगन्नाथ पाठक § करारका निश्चित शर्तहरु हुन्छन्, निश्चित प्रयोजन हुन्छ र निश्चित कार्य सम्पन्न भएपछि त्यसको अवधि स्वतः समाप्त हुने । (प्रकरण नं.९) § एक प्रयोजनका लागि करारको एक पक्षलाई दिइएको धितो बन्धक अर्को प्रयोजन र करारको पक्ष नै नरहेको तेस्रो पक्षका लागि समेत प्रयोग गर्न दिने गरी जारी भएको काउण्टर ग्यारेण्टीलाई करार अनुरुपको मान्न सक्ने अवस्था नहुँदा त्यस्तो काउण्टर ग्यारेण्टीको दायित्व वादीले व्यहोर्नुपर्ने भनी अर्थ गर्न नमिल्ने । § जुन प्रयोजनको लागि जमानत दिइएको हो सो प्रयोजन समाप्त भै सकी त्यसका लागि राखिएको काउण्टर ग्यारेण्टी समेत फुकुवा भैसकेको तथ्य स्थापित भएपछि धितो बन्धकमा राखिएको जग्गा फुकुवा नहुने भनी धितो बन्धकलाई अनन्तकालसम्म कायम राख्ने गरी धितो फुकुवाको विषय धितो बन्धक लेखिदिने पक्षको अधिनमा नभै ऋणीको एकतर्फी अधिनको विषय बनाउन कानूनतः नमिल्ने । § निजी कानून भन्दैमा जस्तोसुकै करार गर्न पाइने, करारको लाभ करारको पक्ष नै नरहेको व्यक्तिले समेत उपभोग गर्न पाउने तर त्यसको दायित्व भने एकपक्षले वहन गर्नुपर्ने, करार बमोजिमको कार्य सम्पन्न भएपछि पनि करारले असिमित दायित्व सिर्जना गरेको भन्दै अनन्तकालसम्म दायित्वबाट मुक्त हुन नपाउने अवस्था सिर्जना गर्ने जस्ता कार्यलाई पनि न्यायिक परीक्षणको विषय नबनाउने भन्ने नहुने । § निजी कानूनको विषय भनी करार सम्बन्धी विषयलाई व्यवस्थित र नियमित गर्न बनेको कानूनी व्यवस्था भन्दा पृथक रहेर करारलाई आफूखुशी व्याख्या गर्न नहुने । (प्रकरण नं.१०) पुनरावेदक वादी तर्फबाट : विद्वान अधिवक्ता श्री खम्वबहादुर खाती प्रत्यर्थी प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री विमल सुवेदी र पवनराम भटृराई अवलम्वित नजीरः फैसला प्र.न्या.केदारप्रसाद गिरीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१)(ग) अनुसार यस अदालतमा दायर भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः मेरा नाउँमा मालपोत कार्यालय कलंकीमा दर्ता श्रेस्ता कायम रहेको काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ६ कि.नं. २५० क्षेत्रफल ०–२–२–० (दुईआना दुई पैसा) जग्गा मेरो निर्विवाद हकभोग स्वामित्वको जग्गा हो । प्रतिवादी मध्ये मेरो पारिवारिक चिनजान भएका व्यक्ति आधार ट्रेडर्सका प्रो. शरदराम भण्डारीलाई निजले जिल्ला प्रहरी कार्यालय सर्लाहीका लागि पाएको आ.व. ०५४।०५५ को राशन ठेक्काका लागि लुम्बिनी फाइनान्सबाट जारी हुने कर्जा र बैंक ग्यारेण्टीका लागी मिति २०५४।१०।२९ गतेका दिन र.नं. ३१२५ बाट मा.पो.का. कलंकीमा लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीलाई विगो वापत जमानी पास गरी दिएको र सोही मि