निर्णय नं. ६४४७ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६४४७ - लेनदेन भाग: ३९ साल: २०५४ महिना: माघ अंक: १० फैसला मिति :२०५४/०८/०५ २५३१ निर्णय नं. ६४४७ २०५४, ने.का.प. अङ्क १० पूर्ण इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री टोप बहादुर सिंह सम्वत् २०५० सालको दे.पु.नं. ... १४३ फैसला मितिः २०५४।८।५।५ मुद्दाः लेनदेन । विन्तीकर्ता/प्रतिवादीः का.प.जि नाला गा.पं. वडा नं. ५ वस्ने कमल बहादुर खत्री क्षेत्री । विरुद्ध विपक्षी/वादीः ऐ.ऐ. वडा नं. ४ को हाल ५ वस्ने डिल्ली प्रसाद सापकोटा । § मध्मान्चल क्षेत्रीय अदालतले अनुमतिको आधारमा मुद्दा हेरेको नभई वागमती अञ्चल अदालतको फैसलामा अधिकार क्षेत्रात्मक त्रुटि भनी वदर गरी वाग्मती अञ्चल अदालतमा परेको पुनरावेदन दर्ता गरी शुरु काभ्रेपलान्चोक जिल्ला अदालतको फैसला उपर पहिलो तहको पुनरावेदन हेरी फैसला गरेको पाइन्छ । त्यस्तो फैसला उपर न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) अन्तर्गत सर्वोच्च अदालतले अनुमती दिएकोमा उक्त ऐनको दफा १३(५) मा वर्णन गरेको अवस्था विद्यमान नभएको भनी अनुमती मार्फत परेको पुनरावेदन खारेज गरेको फैसला सँग सहमत हुन नसकिने । (प्र.नं. २१) प्रतिवादी विन्तीकर्ता तर्फबाटः विद्वान अधिवक्ता श्री वद्री प्रसाद शर्मा विपक्षी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री शिवभक्त प्रधानाङ्ग अवलम्वित नजिरः फैसला न्या.केशव प्रसाद उपाध्यायः सर्वोच्च अदालत संयुक्त इजलासको २०४६।१०।२९ को फैसला उपर चित्त नवुझाई विन्तिपत्र परि इन्साफ दोहर्याई हेर्ने निस्सा भै दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छः २. विपक्षीले म सँग रु.११,०००। व्यापार गर्नको लागि मिति २०३०।४।१६।३ को दिन कर्जा लिइ का.प.जि. नाला उग्रचण्डी गा.प वडा नं. ६ को कि.नं. ३५ को क्षेत्रफल विजन ।।४ मध्ये विजन ।।३ तिरो रु.।३९ लाग्ने जग्गा राजिनामा गरि दिनु भएकोमा सो लिखत पास गरी नदिनु भएको र उक्त थैलीको सांवा व्याज समेत नदिनु भएकोले सांवा ज्याज दिनु होस भनी वारम्वार विपक्षीलाई अनुरोध गर्दा पनि नदिनु भएकोले यो नालेस गर्न आएको छु । तसर्थ सो लिखत वमोजिमको रु.११,०००। र आज सम्मको व्याज रु.१०,०६८।०६ समेत जम्मा रु.२१,०६८।०६ र मुद्दा अन्तीम किनारा नभए सम्मको व्याज समेत विपक्षीबाट दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको डिल्ली प्रसादको फिराद पत्र । ३. विपक्षीले रु.९९। मा मिति २०२९।१२।२।३ मा राजिनामा गरी दिएको भनेको जग्गा र विपक्षीले रु.११,०००। मा मिति २०३०।४।१६।३ मा राजिनामा गरी लिएको भनको जग्गा एउटै हो । फिरादमा मिति २०३०।४।१६ को लिखत पहिलेको त्यस पछि मात्र रु.९९। को लिखत गरी दिएको भनी वादीको लेखाई छ सो गलत छ सो रु.९९। मिति २०२९।१२।२।३ को लिखत हो रु.९९। को मिति २०२९।१२।२ मा लिखत हराएकोले अर्को लिखत गरी पाउँ भनी ०३४ सालमा हो माघ वा फाल्गूणमा मेरो नाउँमा दिएको फिरादमा यो फिरादको रु.११,०००। मलाई दिएको भए सो फिरादमा पनि लेखन सक्नु पर्ने थियो सो लेख्न सक्नु भएको छैन । तसर्थ विपक्षीको फिराद अ.वं. ७३ नं. को विपरित हुँदा वादी दावी खारेज गरी पाउँ भन्ने समेत व्यहोराको कमल बहादुरको प्रतिउत्तर पत्र । ४. विशेषज्ञको राय लेखक र अन्तर साक्षीको वयानबाट विवादको लिखत सद्दे नै देखिन आउनाले दावी वमोजिम वादीले प्रतिवादीबाट सांवा रु.११,०००। र व्याज १० वर्षको रु.११,०००। समेत जम्मा रु.२२,०००। प्रतिवादीबाट भरी पाउने ठहर्छ भन्ने समेत व्यहोराको का.प.जि.अ. को मिति २०४२।३।३२ को फैसला ।