निर्णय नं. ७९०९ - जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७९०९ - जालसाजी भाग: ४९ साल: २०६४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०६४/११/१६ ५८९९ निर्णय नं. ७९०९ ने.का.प. २०६४ अङ्क १२ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला संबत् २०६१ सालको फौ.पु.नं. ......३८२४ फैसला मितिः २०६४।११।१६।५ मुद्दाः जालसाजी । पुनरावेदक प्रतिवादीः जिल्ला नवलपरासी माकर गा.वि.स. वडा नं. ९ बस्ने मोहनकुमारी उपाध्याय विरूद्ध प्रत्यर्थीवादीः जिल्ला कास्की भाचोक गा.वि.स. वडा नं. ६ बस्ने नैना बहादुर गुरुङ शुरु फैसला गर्नेः मा.न्या. श्री गणेश पञ्जियार पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री प्रेम शर्मा मा.न्या.श्री राम प्रसाद खनाल § साक्षी पनि नबसेको र मञ्जुरीको लिखत नभए मञ्जुर नहुनेले रजिष्ट्रेशन भएको मितिले एकवर्षसम्ममा थाहा पाएको पैंतीस दिनभित्र उजुर गर्यो र निजको मञ्जुरी ठहरिएन भने निजको हक जति सो सम्पत्ति निजलाई फिर्ता भएकोमा साहुको थैली परेको भए फिर्ता भए जतिको थैली र ऐन बमोजिमको व्याज लिखत रजिष्ट्रेशन दस्तुर समेत सो सम्पत्ति वेच विखन गरी वा अरु कुनै किसिमले हक छाडि दिनेबाट साहुले कपाली सरह असुल गरी लिन पाउने । (प्रकरण नं.१६) § वादीको हक लाग्ने जग्गा वादीलाई जानकारी नै नदिई मञ्जुरी लिनुपर्ने कानूनले अनिवार्य गरेकोमा मञ्जुरी नै नलिई विक्री गर्ने कार्यबाट वादीको हक मेट्ने, नोक्सान पार्ने कार्य नभएको भन्न नमिल्ने । (प्रकरण नं.१७) § लेनदेन व्यवहारको १० नं. बमोजिम हक छाडि दिदाको अवस्थामा मञ्जुर नहुने अंशियारले उजुर गर्न पाउने अवधि तोकिएको र निजको मञ्जुरी ठहरिएन भने आफ्नो हक जति अचल सम्पत्ति फिर्ता गराई दिनुपर्ने । § जालसाज नगरी हक मेट्ने कार्य भएको रहेछ भने लेनदेन व्यवहारको १० नं. आकर्षित भई आफ्नो हक जति फिर्ता पाउने । § जालसाज गरी हक मेट्ने कार्य भएको रहेछ भने किर्ते कागजको महल आकर्षित भई त्यस्तो कार्यमा ऐ .को ३ नं. अनुसार जालसाज ठहर्ने । § लेनदेन व्यवहारको १० नं. तथा किर्ते कागजको ३ नं. फरक फरक कार्य भई फरक अवस्था हुँदा यी दुई छुट्टाछुट्टै अवस्थामा अवस्था अनुसारको दावी लिई अदालत प्रवेश गर्न नमिल्ने भन्न भैरहेको कानूनी व्यवस्थाले नमिल्ने । § वादीले आफ्नो समेत अंश हक लाग्ने सम्पत्ति आफ्नो मञ्जुरी वेगर वेचविखन गरी हक हस्तान्तरण गरेको विषयलाई जालसाजी गरी हक मेट्ने कार्य गरेको भनी दावी लिएको अवस्था हुँदा अवस्था अनुसार किर्ते कागजको महलको सहारा लिई अदालत प्रवेश गर्न सक्ने । (प्रकरण नं.१८) § आफूले अंश पाउनु पर्ने जग्गा आफूलाई जानकारी नै नदिई मञ्जुरी लिएर मात्र विक्री गर्नुपर्नेमा यी वादीले प्रतिवादी उपर अंश मुद्दा दिए पछि मात्र थाहा पाएको अवस्थामा आफ्नो हक मेट्ने, नोक्सान पार्ने भए तर्फ किर्ते कागजको १८ नं. बमोजिम अदालत प्रवेश गर्न लेनदेन व्यवहारको १० नं. विपरीत हुन्छ भनी सम्झन नमिल्ने । (प्रकरण नं.१९) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल, श्री धर्मराज रेग्मी विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री गोकर्ण सिंह थापा अवलम्वित नजीरः आदेश न्या.मीनवहादुर रायमाझीः पुनरावेदन अदालत बुटवलको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अनुसार यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :– २. विपक्षी प्रतिवादी मध्येकी गंगादेवी गुरुङ मेरो सौतेनी आमा हुनुहुन्छ । हाम्रा पिताका दुई श्रीमती मध्ये जेठी सुमित्