निर्णय नं. ६४४८ - भ्रष्टाचार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६४४८ - भ्रष्टाचार भाग: ३९ साल: २०५४ महिना: माघ अंक: १० फैसला मिति :२०५४/०७/२८ ५६७६ निर्णय नं. ६४४८ २०५४, ने.का.प. अङ्क १० पूर्ण इजलास माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने माननीय न्यायाधीश श्री टोप बहादुर सिंह सम्वत् २०५० सालको फौ.पु.इ.नं. ... २६, २७ फैसला मितिः २०५४।७।२८।५ मुद्दाः भ्रष्टाचार । पुनरावेदक/प्रतिवादीः का.जि.का.न.पा. वडा नं. १४ वस्ने विष्णु प्रसाद पराजुली समेत जम्मा २ । विरुद्ध प्रत्यर्थी/वादीः श्री ५ को सरकार § भ्रष्टाचारको कसुर प्रमाणित हुनको लागि मनसाय तत्वको साथै वदनियतपूर्ण कृयाबाट कार्य कारण भएको भन्ने प्रष्ट रुपमा देखिनु पर्ने हुन्छ । यी तत्वको अभावमा भएका कृयालाई हानि नोक्सानीको आधारबाट मात्रै भ्रष्टाचार गरेको भनी ठहर गर्नु न्यायिक दृष्टिकोणले उपयुक्त हुने देखिंदैन । प्रतिवादी विष्णु प्रसाद पराजुली आफू उक्त गोदामको गोदाम किपर रहेकोमा स्वीकार गरेका सामान घटी भएमा पनि सावितै रहे तापनि उक्त सामान राखिएको भौतिक स्थिति समेतबाट सामान हराउन सक्ने र हराएको परिमाण तुरुन्त थाहा नलाग्ने अवस्था पर्न जाने समेत देखिन आउँछ । निज विष्णु प्रसादको उक्त सामानहरुको क्षतिपूर्ति संस्थालाई वुझाउनु तिर्नुमा भने निजको कानूनी र नैतिक दायित्व रहे भएको मान्नु पर्ने हुन आउँछ । नपुग भै घटी भएको सामानको विगो कानून वमोजिम निजबाट असुल गर्न मिल्ने नै देखिन्छ । माथि गरिएको सम्पूर्ण विश्लेषणबाट यी प्रतिवादी विष्णु प्रसाद पराजुलीले वदनियत र मनसायपूर्वक संस्थाको सामान हिनामिना गरी निजलाई फायदा हुने र आफू कार्यरत संस्थालाई गैरकानूनी हानी नोक्सानी हुने कार्य गरेको पुष्टी हुन आएको नदेखिंदा तत्कालिन वागमती विशेष अदालत र तत्कालिन मध्यमान्चल क्षेत्रीय अदालतले निजलाई कसुरदार ठहराई गरेको फैसला उल्टी गरी यी पुनरावेदक प्रतिवादी विष्णु प्रसाद पराजुलीलाई भ्रष्टाचारको आरोपित कसुरबाट सफाइ र उक्त कसुर गर्न संलग्न रहेको सवुद प्रमाणको अभावमा पुनरावेदक प्रतिवादी राम बहादुर थापालाई समेत सफाइ दिने ठहराएको माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्यायको राय मनासिव ठहर्ने । (प्र.नं. ३२) पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता श्री हरि अर्याल प्रत्यर्थी तर्फबाटः विद्वान अधिवक्ता श्री कुमारराज जोशी अवलम्वित नजिरः स.अ. निर्णय संग्रह भाग २१, पृ. २९२ फैसला न्या. गोविन्द बहादुर श्रेष्ठः तत्कालीन मध्यमान्चल क्षेत्रीय अदालतको मिति ०४६।८।५ गतेको फैसला उपर उपर्युक्त प्रतिवादीहरुको यस अदालतमा परेको पुनरावेदनमा सुनुवाई हुँदा संयुक्त इजलासका माननीय न्यायाधीशहरुको वीचमा मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम यस पूर्ण इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको निर्णय सहितको व्यहोरा यस प्रकार छ :– २. गोदाम किपर विष्णु प्रसाद पराजुली जिम्मा रहेको उक्त गोदाममा भएको आर्टिकल नम्वर २२८१ को छाता ६२३ गोटाको मुल्य रु. ६२।– ले हुने रु.३८,६२६।– आर्टिकल नं. २२८९ नं. को छाता ४७२३ गोटाको बिक्रि मुल्य रु.५०।– ले हुने रु. २,३६,१५०।– आर्टिकल नं. ९४९ को २२८९ को छाता प्रतिगोटाको विक्रि मुल्य रु.४०।– ले ९१,५६०।– र खिलौना पि. आई १३६ को ८२७२ गोटाको मुल्य रु.१०।– ले हुने रु.८२,७२०।– समेत जम्मा रु.४,४९,०५६।– मुल्य पर्ने उपरोक्त सामान घटी हुन गै संस्थानलाई हानी पुग्न गएको हुँदा आवश्यक छानवीन गरी कारवाही समेत हुन अनुरोध गरेका छौं भन्ने समेत व्यहोराको नेशनल ट