निर्णय नं. ६४५० - वाली मोही निष्काशन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६४५० - वाली मोही निष्काशन भाग: ३९ साल: २०५४ महिना: माघ अंक: १० फैसला मिति :२०५४/०४/२९ २२४६ निर्णय नं. ६४५० ने.का.प.०५४ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा सम्वत् २०५१ सालको दे.पु.नं. ... २०५१ फैसला मितिः २०५४।४।२९।४ मुद्दाः वाली मोही निष्काशन । पुनरावेदक/प्रतिवादीःजिल्ला सप्तरी गा.वि.स. इटही विष्णुपुर वडा नं. २ वस्ने मक्तू शाह तेली विरुद्ध विपक्षी/वादीः जिल्ला सप्तरी गा.वि.स. वोरीया वडा नं. ७ वस्ने धिरन दास । § दर्तावाला मोही मुनाई साहुको मृत्यु भएपछि उक्त जग्गा मोहीको हैसियतले यी पुनरावेदकले कमाई आएको भएतापनि जग्गाधनीले भूमि सम्वन्धी ऐन, २०२१ को दफा २६(१) वमोजिम विधिबत रुपमा मोही रोज्ने कार्य गरेको नदेखिदा कि.नं. २५० र २५१ को जग्गामा पुनरावेदक मक्तू साह तेलिको मोही हक स्थापित भएको मान्न मिलेन । दर्तावाला मोहीको मृत्यु भएपनि मोही लगतको दर्ता स्वतः वदर हुदैन । सो बदर गर्नको लागी कानून बमोजिमको कार्यबिधि अबलम्बन गर्नु पर्ने । § प्रतिवादीको वाबु मुनाइ साहुको नाममा मो लगत कायम भएकोमा निजको मृत्युपछि निजको कुनैपनि छोरालाई विधिबत रुपमा मोही नरोजि निजको छोरा मक्तु शाहलाई मोही मानी निजलाई मोहीबाट निष्काशन समेत गरेको मिलेको नदेखिदा शुरुको केहि उल्टि गरी मोही निष्काशन समेत हुने ठहर्याएको पुनरावेदन अदालत राजविराजको फैसला उल्टि हुने। (प्र.नं. ११) पुनरावेदक तर्फवाटः विपक्षी तर्फवाटः अवलम्बित नजीरः ने.का.प. २०५१, अंक ५, नि.नं. ४९०६ पृष्ठ ३४७, ने.का.प. २०५२ अंक ११ नि.नं. ६१०३ पृष्ठ ९५७ फैसला न्या. ओमभक्त श्रेष्ठः पुनरावेदन अदालत राजविराज, सप्तरीबाट भएको मिति २०५०।१०।५।३ को फैसला उपर न्याय प्रशासन ऐन, ९(१)(ग) अन्तर्गत यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ । २. मेरा नाउँ दर्ताको गा.पं. वोरीया वा.नं. ८ कि.नं. २५१ को ०-९-१-३ ऐ. कि.नं. २५० को ०-८-५ समेत जग्गा मुनाई साहले मोहीमा जोती कमाई आएको र निज पछि निजकै छोरा विपक्षी मक्तू साहले कमाएमा २०४८ सालको हुने कुत नवुझाई धरौट समेत नराखेकोले हुने कुत धान मन २-२७ शेरको निर्धारीत रु. १९२।- प्रतिमनले हुने रु. २४४०।- दिलाई मोही समेतबाट निष्काशन गरी पाउँ भन्ने वादी दावी । ३. उल्लेखित जग्गाको वाली बुझाएको र यो २०४८ सालको समेत वाली बुझाई दिएको छु भरपाई नदिएको हुँदा ईन्साफ पाउँ भन्ने प्रतिउत्तर जिकिर । ४. प्रतिवादीले कुत बुझाएको आधार प्रमाण पेश नगरेको र छलफलमा कुत बुझाउन तैयार छु भनी स्वीकार गरेको मोहीलाई सुध्रन मौका दिने उद्देस्यले मोही हक यथावत कायम राखी कुत २४४०।- वादीले प्रतिवादीबाट भराई लिन पाउने ठहर्छ भन्ने समेत प्रतिउत्तर जिकिर । ५. शुरुले गरेको फैसलामा चित्त वुझेन सो फैसला उल्टी गरी मोही निष्काशन समेत गरी पाउँ भन्ने पु.वे. वादीको पुनरावेदन अदालत, राजविराजमा परेको पुनरावेदन । ६. प्रस्तुत मुद्दाका प्रतिवादीले कुत बुझाएको भन्ने सवुद गुर्जान नसकेबाट निजले कुत वुझाई सकेको भन्न मान्न सकिने अवस्था भएन । तर्सथः मोही निष्काशन नगर्ने गरेको शुरु भूमि सुधार कार्यालय सप्तरीको फैसला सो हदसम्म नमिलेकोले उल्टी भै भूमि सम्वन्धी ऐन, २०२१ को दफा २९(१) को व्यवस्थाले मोही निष्काशन समेत हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत राजविराजको फैसला । ७. उक्त फैसलामा चित्त बुझेन । विवादित जग्गाको मोही लगत मेरा स्व. वावु मुनाई साहुका नाउ