निर्णय नं. ६४५१ - हक सफा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६४५१ - हक सफा भाग: ३९ साल: २०५४ महिना: माघ अंक: १० फैसला मिति :२०५३/१२/११ ३१९९ निर्णय नं. ६४५१ ने.का.प.०५४ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय सम्वत् २०५१ सालको दे.पु.नं. ... २५४८ फैसला मितिः २०५३।१२।११।२ मुद्दाः हक सफा । पुनरावेदक/प्रतिवादीः रुकुम अर्मा गा.वि.स. वार्ड नं. ७ पुरन टाकुरा वस्ने वर्ष ५५ का शशिराम खड्का । विरुद्ध विपक्षी/वादीः ऐ.ऐ.वस्ने धनिराम कामी । § वादीले न.नं. ६ को जग्गामा हक सफा नहुने गरी रुकुम जिल्ला अदालत र पुनरावेदन अदालतले गरेको फैसला उपर वादीको कुनै पुनरावेदन नपरेबाट त्यसमा विचार गरी रहन पर्ने अवस्था आएन । न.नं. ७ को जग्गा हक सफा गर्ने गरी गरेको शुरु रुकुम जिल्ला अदालतको फैसला र सो फैसला सदर गरेको पुनरावेदन अदालत नेपालगंजको फैसला उपर प्रतिवादीको पुनरावेदन फैसला हेरी सो फैसलाले वादीको पश्चिम किल्लाको एक मात्र आधारको हक सफा गरी दिने गरी फैसला भएको पाइन्छ । हक सफाको लागि वादी सन्धी सर्पन पर्ने स्पष्ट आधारमा दावी गर्नु पर्छ । सिर्फ पश्चिम किल्लाको मात्र आधारले हक सफा गर्न लेनदेन व्यवहारको ११ नं. ले नमिल्ने भएबाट सो न.नं. ७ को जग्गा वादीले हक सफा गर्ने गरी गरेको पुनरावेदन अदालत नेपालगंजको फैसला उल्टी हुने । (प्र.नं. ९) पुनरावेदक प्रतिवादी तर्फबाटः विपक्षी वादी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या.मोहन प्रसाद शर्माः पुनरावेदन अदालत नेपालगंजको फैसला उपर पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं व्यहोरा यस प्रकार छः २. रुकुम मौजा काडा तालुक २०३२ सालको पाखा मोठ नं. ५४ मा महाविर वली समेत ४ मोही दर्ता निज महावीर वलीबाट रुकुम अर्मा गा.पं. वडा नं. ७ काडा वस्ने मेरो कान्छा वावु तुल्सीराम कामीले हदमुनिको राजिनामा लिएको पूर्व वुकाटारी खोला पश्चिम धनीराम कामीको जग्गाको ठिक उत्तर लिला घर खड्काको जग्गा र देउराम खड्काको जग्गा दक्षिण धनी रामको जग्गा र ऐभान कामीको जग्गा यति ४ किल्ला भत्रिको विजन ।।।४ मुठी भनी राजिनामामा उल्लेख भएको विजन ।।।३ मुठीको तिरो रु.५। लागेको ठुलो लेख भन्ने पाखो जग्गा उक्त तुल्सी राम कामीबाट विपक्षीले मोल रु.४०,०००। मा खरिद गरी मिति ०४५।१।२४ गते. खडा गराएको थैली रु.७०,०००। को राजिनामा रुकुम मालबाट पारित गराएको थाहा पाए पछि विपक्षीलाई भेटी महावीर दर्ताको विजन ।।।४ मुठी मध्ये विजन ।।।३ मुठी सम्मको जग्गा खरिद विक्री गर्नु पर्नेमा समुच्चै विजन ।।।४ को जग्गा खरिद भएको सम्वन्धमा र सो को थैली र.४०,०००। र पारित दस्तुर समेत वुझ्नु होस भनी निज शशीराम खड्कालाई मैले भन्दा विजन सदर गराई दिदैन र जग्गाको थैली तथा पारित दस्तुर समेत वुझि लिन मंजु छैन भनी ठाडै इन्कार गरेकोले दर्ता विजन ।।।४ मध्ये विजन ।।।१ सम्मको लिखत वदर तर्फ मिति २०४५।६।५ मा रुकुम जि.अ. मा उजुर दायर गरेको छु र हक सफाई तर्फ मिति ०४५।३।१७ गते रुकुम माल कार्यालयमा दरखास्त साथ थैली र पारित दस्तुर दाखिल गरेकोमा विक्री भएको जग्गाको दक्षिणी र पश्चिमी किल्लामा उल्लेखित जग्गा धनी राम कामीको नभै धनी राम खड्काको हो भन्ने र तुलसीरा कामीका ३ पुस्ताभित्र हकदार नभई टाउकेको छोरा ऋणी तुल्सी राम भए तापनि राउटैको नाती विपक्षी धनीराम भएकोले हकदार नभएका र सन्धी सर्पन नपर्ने भएबाट थैली वुझी जग्गा निखाई दिन मंजुर छैन भनी विपक्षी शशीराम खड्काले विवाद खडा गरेबाट सन्धी सर्पन पर्ने नपर्ने र हकदार भए नभए तर्फ प्रमाण वुझी इन्साफ दि