निर्णय नं. ६४५२ - भ्रष्टाचार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६४५२ - भ्रष्टाचार भाग: ३९ साल: २०५४ महिना: माघ अंक: १० फैसला मिति :२०५३/०९/०२ ३३८३ नर्णय नं. ६४५२ ने.का.प.०५४ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा सम्वत् २०५१ सालको फौ.पु.नं. ... ११३२ फैसला मितिः २०५३।९।२।३ मुद्दाः भ्रष्टाचार । पुनरावेदक/प्रतिवादीः जिल्ला वांके कचनापुर गाउँ विकास समिति वडा नं. ७ टिकुलीपुर वस्ने वर्ष ४२ को खड्ग बहादुर खत्रि । विरुद्ध विपक्षी/वार्दीः दल बहादुर खत्री समेतको जाहेरीले श्री ५ को सरकार । § एकै अभियोगमा अनुसंधान अधिकारी समक्ष भएको एकै प्रतिवादीको दुई थरी परस्पर विरोधाभासयुक्त वयान मध्ये इन्कारीलाई छाडी साविती वयानलाई मात्र प्राधन्यता दिई सोही आधारमा कसुरदार ठहर्याउन फौजदारी न्यायको सिद्धान्त प्रतिकूल हुने हुँदा प्रतिवादी खड्ग बहादुर खत्रीलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(२) बमोजिम भ्रष्टाचारको कसुर गरेको ठहर्याई ऐजनको दफा २९(१) बमोजिम निजबाट विगो समेत असुल गर्ने ठहर्याएको पुनरावेदन अदालत, नेपालगन्जको फैसला मिलेको नदेखिंने । (प्र.नं. ३३) पुनरावेदक प्रतिवादीका तर्फबाटः विद्वान अधिवक्ता श्री मुक्ति प्रधान विपक्षी वादीका तर्फवाटः विद्वान सरकारी अधिवक्ता श्री शंकर कुमार श्रेष्ठ अवलम्बित नजीरः फैसला न्या.मोहन प्रसाद शर्माः पुनरावेदन अदालत नेपालगंजका मिति २०५१।३।३० गतेका फैसला उपर प्रतिवादीको पुनरावेदन परी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. वांके कंचनापुर गा.पं. वडा नं. ७ टिकरीहवा वस्ने टिकुलीपुरका हामीहरुले उक्त मौजामा सुकुम्वासी परिवारलाई जग्गा वितरण हुँदा वांके वर्दिया जिल्ला वन क्षेत्र सुदृढिकरण आयोगको पक्षपात तथा गैरकानूनी निर्देशनमा सम्वन्धित गा.पं. का प्र. पंच तथा वडा अध्यक्षले हामीबाट ठगिएको रकम फिर्ता दिलाउने तथा निष्पक्ष रुपले जग्गा वितरण गर्ने एवं भ्रष्टाचारी माथि कारवाही गर्ने भनी हामीले २०४४।११।१४ र २०४४।१२।२ मा निवेदन गर्दा कुनै ठोस कारवाही नभएकाले पुनः निवेदन गरेका छौं । वडा अध्यक्ष खडग वहादुर खत्री तथा निजको सहयोगी जयराज भण्डारी, टेक वहादुर खत्री, कर्ण जैसी तथा प्र.पं. पाराश्वर पौडेल माथि कडा कारवाही गरी हामीवाट प्रतिव्यक्ति रु.५,०००। का दरले उठाएको रकम फिर्ता गरी पाउँ भन्ने समेत व्यहोराको दल वहादुर खत्री समेत जना २३ को जाहेरी दरखास्त । ३. शेर वहादुर शाही समेतले गरी दिएको मिति २०४५।८।२५ को सरजमीन मुचुल्का । ४. आयोगवाट जाहेरवालालाई ५ कठ्ठा जग्गा दिने भनी नापजाँच भई फिल्डवुक तयार भएको छ, लालपूर्जा वितरण भएको छैन । म समेतका ४३ जनालाई १-१ विगाहका दरले र जाहेरवाला समेतका ८३ जनालाई ५ कठ्ठाको दरले जग्गा दिने निर्णय आयोगबाट भएको हो । मैले वडा नं. ७ का सुकुम्वासीहरुवाट निवेदन लिई सुकुम्वासी हुन भनी प्रमाणित गरी पंचायतमा पेश गरेपछि प्र.पं. ले सवै वडाका निवेदन जम्मा गरी सिफारीस साथ आयोगमा पठाएका थियौं । अरु सल्लाह केही गरेको छैन । नुवाकोटका २८ जना व्यक्तिको नाम मैले सिफारीस गरेको होईन । सरजमीन मुचुल्कामा मैले रु.५०००। का दरले लिए खाएको भनी उल्लेख गरेको ठिक हो । सरजमीनले किन मलाई रकम खायो भनि सरजमीन गरी दिए मैले रकम खाएको छैन । शेर वहादुरले रिसइवीले मैले रु.५०००। का दरले उठाएको भनी भनेका हुन । आफ्नो र छोरा समेतको नामबाट १-१ विगाहा जग्गा लिएको सम्म गल्ती हो भन्ने समेत व्यहोराको प्रतिवादी खडग वहादुर खत्रीले विशे