निर्णय नं. ६४५३ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६४५३ - लेनदेन भाग: ३९ साल: २०५४ महिना: माघ अंक: १० फैसला मिति :२०५४/०३/१० ३१२० नि.नं. ६४५३ ने.का.प.०५४ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे सम्वत् २०५२ सालको दे.पु.नं. ...३२३८ फैसला मितिः २०५४।३।१०।३ मुद्दाः लेनदेन । पुनरावेदक/प्रतिवादीः रौतहट जिल्ला तत्कालिन गौददौल गाउँ पंचायत वडा नं. ७ हाल गौददौल गाउँ किवास समति वडा नं. ७ अजगैवी वस्ने विधिचन शाह कलवार विरुद्ध विपक्षी/वादी रौतहट जिल्ला तत्कालिन इनर्वा वडा नं. ५ हाल इजर्वा गाउँ विकास समति वडा नं. ५ वस्ने विकाउ साह कलवार § प्रतिवादीले रु.८१,६७३। कर्जा लिई आफ्नो नाम दर्ताको जग्गा २०३४ सालको वाली देखि फार्छे राजीनामाको कागज २०३४।१२।१८ मा गरी दिनु भएकोमा राजिनामा पास नगरी दिएकाले कपाली हुन गई लिखत वमोजिम सावा र व्याज समेत नदिएकोले सावां र व्याज भराई पाउ भन्ने मुख्य दावी देखियो । विवादित लिखतलाई प्रतिवादीले रु.२७,६७३। को लिखत भएको अंक महिना र थैली रकम समेत सच्याइएको भनि अ.वं. ७८ नं. वमोजिम वयान गरेको पाइयो । उक्त लिखत विशेषज्ञलाई जचाउँदा एक विशेषज्ञवाट लिखतमा तरल पदार्थ परेकोले जाँच गर्न नसकिने भन्ने र अर्को विशेषज्ञले लिखतमा अंक अक्षर मेटाई मसी कलमले लेखेको भन्ने उल्लेख भई दुवै विशेषज्ञको राय फरक फरक किसिमको देखिन्छ । लिखतको कुनै कुनै स्थानमा तरल पदार्थ पोखिएको कारण अलि उडेकोले साविक लेखाइमा फरक मसी देखिन्छ । लिखतको अधिकांश अक्षरहरुमा प्वाल परेको देखिएपनि समस्त लिखतको प्रकृति हेर्दा लिखतलाई जालसाजी किर्ते भन्न सकिने अवस्था देखिदैन । विवादित लिखत जग्गा पास गरी दिन थैली खुलाई रजिष्ट्रेशनको ६ नं. वमोजिम भएकोमा सो पारित हुन नसकी कपालीमा परिणत भएको हुँदा लेनदेन व्यवहारको २ नं. अनुसार १० वर्षको हदम्याद हुने हुँदा वादीको फिराद हदम्याद भित्रकै देखिन्छ । वादीले फिरादमा व्याज समेतको दावी लिएकोले व्याज भरी पाउने हो होइन भन्ने तर्फ विचार गर्दा रजिष्ट्रेशन गराउनु पर्ने घरसारको पास हुन नसकेको लिखतका सम्वन्धमा रजिष्ट्रेशनको ६ नं. मा लिखत वमोजिमको सम्पत्ति भोग गर्न नपाएकोमा भोग गर्न नपाए जतिको काुनन वमोजिमको व्याज समेत साहुले कपाली सरह भराई लिन पाउँछ भन्ने कानूनी व्यवस्था देखिन्छ । विवादित फार्छे राजीनामामा लेखिएको जग्गा वादीले भोग गरेको छ भन्ने प्रतिवादीको जिकिर समेत नभएको अवस्थामा व्याज लिने दिने कुरा लिखतमा उल्लेख नभएपनि रजिष्ट्रेशनको ६ नं. मा उल्लेखित व्यवस्थावाट वादीले प्रतिवादीवाट वादी दावा वमोजिमको सांवा (थैली) र कानून वमोजिमको व्याज समेत पाउने देखिन्छ । तसर्थ वादीले प्रतिवादीवाट सांवा रु.८१,६७३। र दश वर्ष सम्मको सयकडा १०% ले व्याज समेत पाउने ठहर्याएको पुनरावेदन अदालत हेटौडाको इन्साफ मिलेकै देखिने । (प्र.नं. १४) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री खगेन्द्र प्रसाद अधिकारी विपक्षी वादी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या.केशव प्रसाद उपाध्यायः पुनरावेदन अदालत हेटौडाको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) वमोजिम वादीको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः २. विपक्षीले म सँग रु.८१,६७३। कर्जा लि आफ्ना नाम दर्ता भोगको जि.रो.गा.वि.स. गोगदोला जग्गा २(१६(१३ मिति २०३४ सालको वाली देखि निजको आफ्नो भाइ श्रीचन र भतिजा मदन शाह समेतलाई साक्षि राखी फार्छे राजिनामाको कागज मिति २०३४।१२।१८ मा लेखि दिनु भएकोमा