निर्णय नं. ६४५४ - लिखत वदर हक चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६४५४ - लिखत वदर हक चलन भाग: ३९ साल: २०५४ महिना: माघ अंक: १० फैसला मिति :२०५४/०६/१४ २७८४ नि.नं ६४५४ ने.का.प.०५४ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय सम्वत् २०५२ सालको दे.पु.नं. ... २५३२ फैसला मितिः २०५४।६।१४।२ मुद्दाः लिखत वदर हक चलन । पुनरावेदक/वादीः जिल्ला मकवानपुर मार्खू गा.वि.स. वडा नं. ४ वस्ने राम बहादुर वलामी विरुद्ध विपक्षी/प्रतिवादीः ऐ.ऐ. वस्ने राम लाल वलामी § मुलुकी ऐन अंशवण्डाको १९ नं. मा पिता पुर्खा पालाको सम्पत्तिमा चलमा सवै अचलमा आधी सम्म स्वास्नी छोरा विधवा वुहारी हुने मानिसले आफूखुस गर्न पाउने उल्लेख भएको पाइन्छ । स्वास्नी मानिसलाई पैत्रिक सम्पत्ति आफूखुस गर्न पाउने गरी उक्त १९ नं. ऐनले अधिकार दिएको देखिदैन । यस सम्वन्धमा ने.का.प. ०४९ निर्णय नं. ४५५० पुनरावेदक प्रतिवादी योगन्द्र प्रसाद यादव विरुद्ध सुर्जो देवी अहिर भएको लिखत दर्ता वदर मुद्दामा अंशवण्डाको १९ नं. को प्रयोग द्वारा वा स्वास्नी हुने अर्थात वावुको हकमा प्रयोग हुने हो वावु वाहेकका घरको मुख्यलाई अंशवण्डाको १९ नं. नलाग्ने भनी यस अदालतबाट सिद्धान्त प्रतिपादित भैसकेको देखिन्छ । उक्त सिद्धान्त समेतको आधारमा वादीको हक समेत विक्री गरेको कार्यलाई कानूनन तथा न्यायोचित भन्न नमिल्ने । (प्र.नं. ११) पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री अर्जुन प्रसाद लम्साल विपक्षी प्रतिवादी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या.केशव प्रसाद उपाध्यायः प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः २. पिता शेर बहादुर वलामी र माता ज्ञानी माया वलामीबाट ३ छोरा र २ छोरीको जाय जन्म भएकोमा २ छोरीको विवाह भैसकेको ३ छोरा मध्ये जेठा छोरा मान बहादुर वलामीको ०३६ सालमा मृत्यु भएको र भाउजु पोइल जानु भएको निजहरुबाट २ छोरीको जाय जन्म भएकोमा जेठी छोरीको विवाह भैसकेको र कान्छी छोरी शान्तीमाया हाल भाउजुकै सँग साथमा छिन् । निजको विवाह भएको छैन माहिला छोरा म फिरादी भएं । कान्छो छोरा वल बहादुरको पनि ०३६ साल मृत्यु भयो । निजको श्रीमती पनि पोइल गई सकेको र निज तर्फबाट छोरा सुन्दरमानको जन्म भएकोमा निज पनि भारत कलकत्तामा गै वसेको छन् । वावुको ०३३ सालमा मृत्यु भए पछि सपरिवार एकै साथ वसी रहेको थियो । हाम्रो जे जो सम्पत्ति पिताज्यूकै नाउँमा कायमै थियो । सो सम्पत्ति हकवाला अंशियारले ज.प.को २ क नं. अनुसार जहिले सुकै दा.खा. नामसारी गर्न पाउने हुँदा पछि एकै पटक दा.खा. नामसारी गर्ने सल्लाह गरी एकै साथ खेती गरी वसी आउका छौ । विपक्षी मेरो कान्छा वावुका छोरा हुँदा भाई नाताका व्यक्ति हुन । निजले म काठमाण्डौमा वसेको वेला ०४७।१० माघ महिनामा आमालाई केटा केटी हेर्नका लागि लान्छु भनी मेरो श्रीमती, छोरा छोरी सँग भनी लिई गएछन् । पछि म घरमा आइ आमालाई भेटी पुनः फर्की काठमाण्डौ गए । मिति २०४७।१२।२३ गते अचानक आमाको मृत्युको खवर पाई म घरमा आई आमाले राख्नु भएको गहना पात जग्गाको कागजपत्र खोज्दा सवै गहना र कागजपत्र विपक्षीले आफ्नो कव्जामा लिई राखेको र देउ भनी माग्दा जग्गा मैले आमा सँग किनी लिई सकेको छु । गहना पात मासी खाई सके भनेवाट मा.पो.का. मकवानपुरमा गै वुझ्दा अन्यायीले सम्पूर्ण सिफारिस कागजपत्र निवेदनहरु जालसाजी रुपले खडागरी म समेतका अंशियार हकवाला नदेखाई मिति ०४७।१२।७ मा पिताको नामवाट आमाको नाममा समेत नामसारी गराई मिति ०४७।१२।८ गते र.नं. २८४४ वाट रु.१०,०००। थैली राखी जि.मलामचौर