निर्णय नं. ६४५५ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६४५५ - अंश भाग: ३९ साल: २०५४ महिना: माघ अंक: १० फैसला मिति :२०५४/०१/३१ २५६२ निर्णय नं. ६४५५ ने.का.प.०५४ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री नरेन्द्र वहादुर न्यौपाने सम्वत् २०५० सालको दे.पु.नं. .... १३०१ फैसला मितिः २०५४।१।३१।३ मुद्दा : अंश । पुनरावेदकः भारत जिल्ला पुर्वी चम्पारण थाना केसरीयागढ मोटीहारी घर भै जिल्ला वारा औरया गा.वि.स. वार्ड नं. १ वस्ने विदेश्वर प्रसाद सिंह । विरुद्ध प्रत्यर्थीः ऐ.ऐ. वस्ने राजेश्वर प्रसाद सिंह समेत जम्मा २ । § वादी मध्येका राजेश्वर र नितिश्वरको हकमा निजहरु प्रतिवादी रामेश्वरका हांगाका छोराहरु भएको र यी वादीहरुको अंशवण्डाको १० नं. को परिप्रेक्ष्यमा आफ्नो इज्जत आमद अनुसार खान लाउन नदिएको भन्ने दावी नेपालमा रहेको सम्पत्तिको आयस्ता नदिएको भनी अंश भाग वण्डा छुट्याउन माग गरेको कारणले निजहरुले पुनरावेदन अदालतबाट अंश नपाउने ठहराएको इन्साफ मनासिव देखिन्छ । वादी मध्येका शिवनेहिको मुद्दा चल्दा चल्दैको अवस्थामा मृत्यु भएको र निज आधा अंशको हकदार देखिएपनि निजको मृत्यु पश्चात निजको हकदार पति पुत्र पुत्री समेत भएको भन्ने मिसिलबाट नदेखिंदा त्यस्तो मृतकको पनि पुत्र पुत्री समेतको अभावमा निजको अंश भाग छुट्याउनु पर्ने कुनै औचित्य नै वांकी रहेको देखिदैन । अंशवण्डाको १ नं. ले जिय जियैको अंश गर्नु पर्ने व्यवस्था भएकोमा वादी शिवनेहीको मृत्यु भएको अवस्थामा निज जियमा रहेको मान्न नहुने हुँदा निजको अंश भाग छुट्याउने औचित्य पूर्ण आधार देखिन नआएकोले निजले आधा सम्पत्ति वण्डा पाउने ठहराएको सम्म पुनरावेदन अदालत हेटौडाको फैसला त्रुटीपूर्ण हुँदा सो हदसम्म उक्त फैसला केहि उल्टी हुने । (प्र.नं. १४) पुनरावेदक प्रतिवादीका तर्फबाटः विद्वान अधिवक्ता श्री राम प्रसाद भट्टराई प्रत्यर्थी वादीका तर्फवाटः विद्वान अधिवक्ता श्री शम्भु थापा अवलम्बित नजीरः ने.का.प. २०५४ अंक ८ पृष्ठ ८४३ नि.नं. २८३४ मा प्रतिपादित फैसला न्या.नरेन्द्र वहादुर न्यौपानेः पुनरावेदन अदालत हेटौंडाको मिति २०४९।६।१ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) वमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत पुनरावेदन सहितको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. ससुरावाजे श्रीहरी कृष्ण कुमार वहाल सिहंका २ छोरमा जेठा विपक्षी मध्येका रामेश्वर प्रताप नारायण र कान्छा कृष्णेश्वर प्रताप नारायण भएका म शिवनेही कृष्णेश्वरको पत्नी हुँ । रामेश्वर प्रतापको ५ छोरामा क्रमशः विपक्षीहरु चन्देश्वर सिंह भन्ने हिरा सिंह १ विदेश्वर प्रताप १, ज्ञानेश्वर प्रताप १, र म राजेश्वर प्रताप म नितीश्वर प्रताप भएको, लोग्ने काका कृष्णेश्वर र दिदी आमा राम सुन्दरी देवी अघि नै अघीपछि गरी स्वर्गवास हुनु भएको विपक्षीहरु हाम्रो जेठाजु भतिजा पिता दाजु नाताका हुन हामी सवैं अंशियारहरु शुरु देखि सगोलमा वसी सगोलमा नै सवै व्यवहार चलाउदै आएका थियौं । र हाम्रो भारत तथा नेपाल सरहदमा समेत श्री सम्पति भएकोमा नेपाल सरहदको वाजे वराजु कै पालादेखिको भएकोमा नापीको समयमा नेपाल सरहदको श्रीसम्पति विपक्षी विदेश्वर प्रतापको नाउँमा नापी भई धेरै जसो निजले नै जग्गा भएको ठाउँ ओरेयामा वसी खेती गरी सगोलको आयस्ताबाट विपक्षीहरु मध्ये हिराको नाउँमा जग्गा पनि खरीद गरी सम्पूर्ण जग्गा सगोलमा भोगी वाली खांदै आएकोमा र हामीहरुको विचमा परिवार वढ्दै गएको कारणबाट सवै अंशियारको विचमा सन् १९७१ मा भारतको श्रीसम्पतिहरुमा अंशवण्डा भै केही वण्