निर्णय नं. ६४५६ - सेवाबाट वर्खास्त गरेको

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६४५६ - सेवाबाट वर्खास्त गरेको भाग: ३९ साल: २०५४ महिना: माघ अंक: १० फैसला मिति :२०५४/०५/११ २६५५ निर्णय नं. ६४५६ ने.का.प.०५४ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे सम्वत् २०५२ सालको दे.पु.नं. ... ३३४२ फैसला मितिः २०५४।५।११।४ मुद्दाः सेवाबाट वर्खास्त गरेको । पुनरावेदकः जि. पर्सा विरगंज न.पा. वडा नं. १३ स्थित जि.डि फर्मास्युटिकल्स प्रा.लि. को तर्फबाट र आफ्ना हकमा समेत ऐ.ऐ. वस्ने ऐ. का व्यवस्थापक घनश्याम चचान विरुद्ध प्रत्यर्थीः जिल्ला वारा गा.वि.स. मोतिसर वार्ड नं. ३ वस्ने कुशेश्वर साह § श्रम ऐन, २०४८ को कानूनी व्यवस्था हेर्दा खराव आचरण गर्ने भनी कामदार वा कर्मचारीलाई व्यवस्थापकले दफा ५०(घ) वमोजिम सेवाबाट हटाउन पाउने व्यवस्था अन्तर्गत सेवाबाट हटाएकोमा व्यवस्थापकको त्यस्तो निर्णय उपर चित्त नवुझ्ने पक्षले सोही ऐनको दफा ६०(ग) ले श्रम अदालतमा पुनरावेदन गर्न सक्ने प्रावधान रहेको देखिन्छ । श्रम अदालत गठन नभएको कारणले दफा ७२(३) ले व्यवस्थापक द्वारा गरेको त्यस्तो आदेश उपर पुनरावेदन अदालतमा पुनरावेदन लाग्ने भै सो वमोजिम प्रस्तुत मुद्दा पुनरावेदन अदालतबाट किनारा भएको देखिन आयो । श्रम ऐन, २०४८ को व्यवस्था अन्तर्गत पुनरावेदन सम्वन्धमा दफा ६० मा पुनरावेदनको छुट्टै व्यवस्था भएको र सो व्यवस्था हेर्दा यस अदालतमा एक त पुनरावेदन लाग्ने व्यवस्था नै नभएको र दोश्रो व्यवस्थापकद्वारा दिइएको आदेश उपर चित्त नवुझ्ने पक्षले सम्म श्रम अदालतमा पुनरावेदन गर्न पाउने अवस्था रहेको देखिने । § कारखाना र कारखानामा काम गर्ने मजदुर सम्वन्धी ऐनलाई प्रतिस्थापन गर्दै वनेको श्रम ऐन, २०४८ को दफा ६०(ग) को व्यवस्था अनुसार व्यवस्थापकले कर्मचारीलाई वर्खास्त गर्ने आदेश पुनरावेदन तहबाट उल्टी भएको अवस्थामा आफ्नो निर्णय उल्टी भए उपर व्यवस्थापक पक्ष स्वयंले पुनरावेदन गरी मुद्दा लम्याउन पाउने अवस्था देखिदैन । श्रम ऐनको दफा ६०(ग) र दफा ७२(३) को संयुक्त व्यवस्था अन्तर्गत व्यवस्थापकले गरेको आदेश उपर चित्त नवुझ्ने पक्षले मात्र पुनरावेदन अदालतमा पुनरावेदन गर्न सक्ने व्यवस्था रहेको देखिन्छ । निर्णय गर्ने व्यवस्थापक स्वयंलाई पुनरावेदन गर्ने हक दफा ६०(ग) को व्यवस्थाले परिकल्पना गरेको भन्न नमिल्ने र सोही कारणले आफ्नो निर्णय उल्टी भएको अवस्थामा दोश्रो तह पुनरावेदन गर्न पाउने अवस्था समेत नदेखिने । (प्र.नं. १३ र १४) पुनरावेदक तर्फबाटः प्रत्यर्थी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या.केदारनाथ उपाध्यायः प्रस्तुत पुनरावेदनको संक्षिप्त व्यहोरा यस प्रकार छः २. तपाईले आफ्नो काममा लापरवाही र जानाजान कार्य सुस्ती तथा प्रतष्ठिान (प्रा) लि. का मजदुरलाई भडकाउने र प्रा.लि लाई असर पर्ने कार्य गर्नु भएकोले श्रम ऐन, २०४८ को दफा ५० को (ख) विपरित दफा ५१ को (ख)(छ) को विरुद्ध काम गरेकोले सोही ऐनको दफा ५२(ख) अनुसार तपाईको वार्षिक तलव वृद्धि रोक्का गर्ने गरी किन कार्वाही हुन नपर्ने हो सन्तोषजनक हुने गरी ७ दिन भित्र स्पष्टिकरण पेश गर्नु होला भन्ने समेतको कुशेश्वर साह कानुको नाममा जि.डि फर्मास्युटिकल्स (प्रा.)लि. को मिति २०४९।४।२६ को पत्र । ३. ०४७।७।२८ गतेको संझौता विपरित कुनै काम गरेको छैन । होली खेलेको आरोप एकदम मिथ्या हो गत वर्षको स्पष्टिकरण दिई सन्तोषजनक कार्वाही नगरिने भन्ने स्पष्ट गर्नु भएको थियो । मिति २०४९।४।१९ गते सहि नगरी उद्योगको काम काजमा जानुका साथै कार्य सुस्ती गर्नु भो