निर्णय नं. ६४५७ - जग्गा खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६४५७ - जग्गा खिचोला भाग: ३९ साल: २०५४ महिना: माघ अंक: १० फैसला मिति :२०५४/०६/०७ २४३४ निर्णय नं. ६४५७ ने.का.प.०५४ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल सम्वत् २०५० सालको दे.पु.नं. .... १४३७ फैसला मितिः २०५४।६।७।३ मुद्दा : जग्गा खिचोला । पुनरावेदक/वादी : जि. महोत्तरी धिरापुर गा.वि.स. वडा नं. वा.नं. ४ वस्ने राजिन्दर राय दशौनी समेत जम्मा ३ । विरुद्ध प्रत्यर्थी/प्रतिवादी : ऐ.ऐ. वस्ने देवेन्द्र राय दशौनी समेत जम्मा ४ । § जग्गा जस्तो अचल सम्पतिमा हकाधिकार रहेको भन्ने कुराको पुष्टि गर्ने आधार मौखिक कथन मात्र हुन नसक्ने । (प्र.नं. १०) पुनरावेदक प्रतिवादीका तर्फबाटः विद्वान अधिवक्ता श्री वालकृष्ण न्यौपाने प्रत्यर्थी वादीका तर्फवाटः अवलम्बित नजीरः फैसला न्या.गोविन्द वहादुर श्रेष्ठः पुनरावेदन अदालत जनकपुरको मिति ०४९।१२।११ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत पर्न आएको प्रस्तुत पुनरावेदन सहितको मिसिलको संक्षिप्त विवरण यस प्रकार छ । २. जि. म. धिरापुर गावि.स. वडा नं. ८ को मटिहानी जाने सडक सो पश्चिम पोखरीमा जाने वाटो सो उत्तर अनिरु्रद्रको रायको हाल कि.नं. ३५८ को जग्गा देखि दक्षिण कि.नं. ३५९ मन्दीर देखि पूर्व ०(१(० रैलानी वेनवरी जग्गा पुर्खोली सनातन देखी भोगी आएको छौं । हाम्रो पुर्खाले पाउनु भएको विर्ता मध्येका जग्गा भित्रमा उक्त उल्लेखित जग्गामा करीव २५ वर्ष पहिले हामीले पूर्व मुखको घर बनाई भोग चलन गरी आएको थियो । सर्भे नापी हुँदाको अवस्था जग्गामा घर वनी सकेकोले गाउँ एरिया भित्रमा परी जग्गाको नापनक्सा हुन सकेन । प्रतिवादी देवेन्द्र राय समेतका प्रतिवादीहरुले ०४३।२।२९ गते उक्त हाम्रो जग्गा चलन हटक गरी खिचोला गरेकोले खिचोला मेटाई पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र । ३. दावीको जग्गा फिरादीहरुको भए छेउको जग्गा नापी हुँदा सो जग्गा पनी नापी हुनपर्ने, विवादित जग्गाको दुवैतर्फ नम्वरी जग्गा छ भन्ने फिराद लेखवाट देखिन्छ । दावीको जग्गा वादीको हो भन्ने कुनै प्रमाण वादीलेपेश गर्न सकेको छैन । वादी दावीको जग्गा सार्वजनिक सडकको जग्गा हो । अंचलाधिश कार्यालय, जिल्ला कार्यालय तथा गा.पं. कार्यालयबाट कार्वाही हुँदा मे.ना.शा. महोत्तरीबाट दावीको जग्गा वाटोको नक्सा अन्तर्गत पर्छ भनि मिति ०४३।४।९ च.नं. २२ को पत्रबाट देखिन्छ । पुर्खोली जग्गा भन्ने वादी दावी झूठा हो दावीको जग्गा देखि मेरो कुनै व्यक्तिगत लगाव छैन । धिरापुर गा.पं. को हैसियतले कार्यवाही गरेको छु । वारदातका दिन म वैद्यनाथ कृषि शाखा धनकुटामा र प्र.म. दामोदर मलंगवामा छु भन्ने समेत व्यहोराको प्रतिउतर पत्र । ४. विवादको जग्गा स्कूललाई हस्तान्तरण गरेको कुनै प्रमाण पेश नभएको जिल्ला कार्यालय महोत्तरीमा प्र.पं. देवेन्द्र राय, वद्रि राय, विदेश्वर समेतले गरेको शर्तनामा कागजमा वद्रि रायले साविकमा बनाई राखेको घर जग्गा छाडी भन्ने व्यहोराको शर्तनामा कागज समेतबाट वादी दावी जग्गामा वादीको घर भएको कुरा प्रष्ट देखिन आएको र वादी दावी जग्गामा वादीको घर भएको कुरा मिसिल प्रमाणबाट खुलेको देखिन आएकोले वादी दावी जग्गामा प्र.हरुले खिचोला गरेको ठहर्छ भन्ने समेत शुरु म.जि.अ.बाट ०४६।४।१९।५ मा भएको फैसला । ५. शुरु म. जि.अ. वाट भएको गैर कानूनी फैसला वदर गरी पाउँ भन्ने समेत व्यहोराको देवेन्द्र रायको पुनरावेदन पत्र । ६. यसमा शुरु निर्णय विचारणिय हुँदा धरौटीमा रहेका