निर्णय नं. ६४५८ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६४५८ - कर्तव्य ज्यान भाग: ३९ साल: २०५४ महिना: माघ अंक: १० फैसला मिति :२०५३/१२/१९ २७१२ नि.नं. ६४५८ ने.का.प.०५४ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री हरि प्रसाद शर्र्मा माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा सम्वत् २०४९ सालको फौं.पु.नं. ... ६०४,६०५ संवत २०५१ सालको साधक नं. .. ७६ फैसला मितिः २०५३।१२।१९।३ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादीः जिल्ला सुर्खेत लेख पराजुल गा.वि.स. वार्ड नं. १ घर भै हाल केन्द्रिय कारागार शाखा बाकेमा थुनामा वस्ने वीर बहादुर डांगी समेत जम्मा ३ । विरुद्ध प्रत्यर्थी/वादीः रामेश्वर पंडीतको जाहेरीले श्री ५ को सरकार समेत जम्मा ८ । § मृतकहरुको मृत्यु अमुक प्रतिवादीको कर्तव्यवाट भएको हो भन्ने मिसिल संलग्न कागजातवाट नदेखिदा र सवै मिली मृतकहरुलाई कर्तव्य गरी मारेको कुरामा स्वयंम राजीखुशी कसुर गरेमा सावित रहेको र कर्तव्य गरी मारेको कुरा लाश जाँच प्रकृति मुचुल्का मृतकको शरिरमा रहेका घा खतहरु र शव परिक्षण प्रतिवेदनवाट स्वतन्त्र रुपमा पुष्टी भइरहेको स्थितिमा प्रतिवादीहरुको कर्तव्यवाट मृतकहरुको मृत्यु भएको देखिइरहेकोले निजहरुलाई वादी दावी वमोजिम ज्यान सम्वन्धीको १३(३) नं. वमोजिम जन्मकैद हुने ठहर्याएको पुनरावेदन अदालत वीरेन्द्रनगर सुर्खेतको फैसला कानून अनुसार मिलेकै देखिंदा सदर हुने । (प्र.नं.३५) पुनरावेदक प्रतिवादी तर्फबाट : प्रत्यर्थी वादी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या.हरी प्रसाद शर्माः न्याय प्रसासन ऐन, २०४८ को दफा ९ र १० बमोजिम यस अदालतको अधिकार क्षेत्र भित्र पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः २. बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुर दारको गेम स्काउट पदमा कार्यरत इन्द्र बहादुर गुरुङ गंगालाल ढकाल पोष्ट खडा गरी राष्ट्रिय निकुञ्जमा आएका पोष्टमा फर्कि नगएबाट ०४५।११।१ गते र्चाकिको मासिक प्रतिवेदन सहित लि खुसिराम सहित निकुञ्जमा आउँदा रातोमाटे भन्ने चौकिदेखि ४० मिटरको दुरी खोलामा रगत टोपि देखि डराइ पुनः चौकिमा गई वताउँदा म समेत उक्तस्थानमा आइ हेर्दा गंगालाल ढकाल र इन्द्र बहादुर गुरुङको लास देखि जाहेरी गरेको हु भनी रामेश्वर पंडितको जाहेरी दरखास्त । ३. २०४५।११।२ को लाश प्रकृति मुचुल्का २०४५।११।१८ को सरजमिन मुचुल्का । ४. हामी प्रतिवादीहरु आरक्षको वाटो हुदै आइरहेको अवस्था काली नारा खोलामा भारी विसाई खाजा खान लागेको अवस्था २ जना मानिस आएको देखि आरक्षका मानिस आए अव पक्राउ गर्दछन् भनी भाग्न लाग्दा मृतक २ जनाले वोलाए सवै जम्मा भयौ मृतकले रातोमाटे चौकी जाउ भन्दा वागदुला खोलामा पुग्दा दुवै पक्षबाट वाद विवाद भयो म समेत भै कुटपिट गरी मारेको हो भन्ने समेत प्र. गगनसिंहले प्रहरीमा गरेको कागज । ५. डोका, नाम्ला समेत विक्री गर्न तारा तालतर्फ आइ रहेको अवस्था काली नाराको खोलामा पुगी खाना खान लागेको अवस्था २ जना आरक्षका मानिस आएको देखि भाग्न लाग्दा मृतकहरुले देखि नभाग भन्दा त्यही वस्यौ र परिचय भयो र मृतक अघि लागि हामी रातोमाटे चौकी तर्फ लाग्यौ सो अवस्था वागडुलाको खोलामा गई भारी विस्याई दुवै पक्षको वाद विवाद हुँदा सवै मिली लाढी ढुंगाले हानी मारेको हौ भन्ने समेत प्र. चुम्वा कार्कीले प्रहरीमा गरेको कागज । ६. ताराताल तिर आई रहेको अवस्था काली नारा भन्ने खोलामा वसी खाजा खान लागेको अवस्था २ जना मानिस आएको देखि भाग्न लाग्दा नभाग भनेकाले त्यही वस्यौ हामीलाई रातो माटे चौकीमा जाउ भनेकाले जांदै गरेको अवस्था अव दूःख दिने भए मार्नु पर्छ भ