निर्णय नं. ८९५४ - उत्प्रेषणसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८९५४ - उत्प्रेषणसमेत भाग: ५५ साल: २०७० महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६९/०८/२५ ३१८१ ने.का.प. २०७०, अङ्क २ निर्णय नं.८९५४ सर्वोच्च अदालत, विशेष इजलास माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री प्रकाश वस्ती रिट नं.०६८–WS–००५२ आदेश मितिः२०६९।८।२८।५ विषयः– उत्प्रेषणसमेत । निवेदकः जि.सप्तरी, हर्दिया गा.वि.स.वडा नं. ३ बस्ने हुकुमसिंह थापा विरुद्ध विपक्षीः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत § विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ५ ले कुनै प्रकारको विदेशी मुद्रालाई नेपालभित्र ल्याउन, बाहिर लैजान वा बैंकिङ कारोवारसमेत गर्न नपाउने गरी निषेध गर्ने गरी सूचना प्रकाशित गर्नसक्ने अधिकार नेपाल सरकारलाई दिएको अधिकार प्रयोग गरी अर्थ मन्त्रालयले सूचना प्रकाशित गरी भा.रु.५००। दरका नोटको कारोवारमा लगाएको प्रतिबन्धलाई कानूनविपरीत भन्न नमिल्ने । § सटही वा कारोवार गर्न वा नेपालमा ल्याउन लैजानसमेत निषेधित नोटहरू साथमा लिई हिड्ने कार्य स्वयंमा कसूरजन्य कार्य भएकाले सो कसूरमा अनुसन्धान र कारवाही गर्न अधिकारप्राप्त निकाय राजश्व अनुसन्धान विभागले प्रचलित कानूनबमोजम धरौटी मागी मुद्दाको कारवाही गर्ने गरी भएको आदेशलाई कानूनविपरीत भन्न वा मान्न नसकिने । (प्रकरण नं.५) निवेदक तर्फबाटः विद्वान अधिवक्ता रामहरि त्रिपाठी विपक्षी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता हरिप्रसाद रेग्मी अवलम्बित नजीरः सम्बद्ध कानूनः आदेश न्या.दामोदरप्रसाद शर्माः नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७ को उपधारा (१) र (२) अन्तर्गत यस अदालतमा दर्ता भई पेश भएको प्रस्तुत रिटनिवेदनको तथ्य एवं निर्णय यसप्रकार छः म निवेदक नेपालको नागरिक हुँ । मजदूरी गर्न म भारत गई मजदूरी गरी मिति २०६८।९।४ मा बाँकेको रूपैडिया नाकाबाट नेपाल प्रवेश गरेकोमा मलाई त्यहाँ तैनाथ प्रहरीहरूले खानतलासी गरी मैले भारतमा मजदूरी गरी कमाई ल्याएको भा.रु.५००। र १०००। दरका नोटहरूसमेत खोसी जफत गरे । भा.रु.५००। र १०००। दरका नोटहरू नेपालमा चलनचल्तीमा आउँदैनन् भन्ने बारेमा मलाई थाहा जानकारीसमेत थिएन । त्यस्ता नोटहरू नेपालमा अवैध मानिन्छन् भनी कुनै सूचना, बोर्ड, वा पर्चा पनि निकालिएको मलाई जानकारी थिएन । सजिलोको लागि मात्र मैले भा.रु.१००। का नोटहरू भारतमै साटी भा.रु.५००। र १०००। का नोटहरू ल्याएको थिए । यसरी मबाट भा.रु.५००। र १०००। का नोटहरू साथमा ल्याएको भन्ने अभियोगमा प्रहरीले पक्राउ गरी मिति २०६८।९।५ मा राजश्व अनुसन्धान विभागमा बुझाएपछि सो विभागबाट बरामद भएका भा.रु.५००। दरका थान ३९४ र १००। दरका थान ४५ समेत जम्मा भा.रु.२,४२,०००। को सटही दरबमोजिमको हुने ने.रु.३,८७,५६३। विगो कायम गरी विगोबमोजिम धरौटी माग गर्ने भनी आदेश भएकोमा मैले सो धरौटी बुझाई हाल थुनामुक्त भएको छु । भा.रु.५००। र १०००। का नोटहरू नेपालमा प्रतिबन्धित गर्न कुनै कानूनी आधार रहे भएको देखिएको छैन । त्यसैले राजश्व अनुसन्धान विभागबाट मलाई धरौटी मागी कारवाही गर्ने गरी भएको आदेशमा कानूनी आधार छैन । तसर्थ सो विभागको मिति २०६८।९।५ को आदेशपर्चा बदरभागी हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरिपाऊँ । साथै मेरो साथबाट बरामद गरी जफत गरेको भा.रु.५००। र १०००। का नोटहरू बिनाशर्त फिर्ता दिनु दिलाउनु भनी परमादेशसमेत जारी गरिपाऊ“ । तत्कालीन श्री ५ को सरकार अर्थ मन्त्रालयबाट २०५७।३।१२ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाको पहिलो बुंदा (क