निर्णय नं. ६४५९ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जी जारी गरि पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६४५९ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जी जारी गरि पाउँ भाग: ३९ साल: २०५४ महिना: फागुन अंक: ११ फैसला मिति :2054/08/19 २६१७ निर्णय नं. ६४५९ ने.का.प. २०५४ अङ्क ११ पूर्ण इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा सम्वत २०५० सालको रि.पु.ई.नं. ... ४४ फैसला मितिः २०५४।८।१९।५ विषयः उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जी जारी गरि पाउँ । निवेदकः कास्की पोखरा न.पा. वडा नं. १५ वस्ने हेडम्वराज पराजुली विरुद्ध विपक्षीः श्री अंचलाधीश, अंचलाधीशको कार्यालय, गण्डकी अञ्चल पोखरा समेत जम्मा २२ । § परापूर्वकाल देखि सार्वजनिक रुपमा प्रयोग गर्दै आएको जग्गा दर्ता भएपनि मालपोत कार्यालयले त्यस्तो दर्ता वदर गर्न सक्ने व्यवस्था मालपोत ऐन, २०३४ को दफा २४ को उपदफा (३)(४) वमोजिम मालपोत कार्यालयले वदर गर्न सक्ने नै देखिन आयो । निवेदकले दर्ता गराएको विवादीत जग्गाहरु सार्वजनिक देखिएको भनी निवेदकको नाउँमा मिति २०३७।१।२६ मा भएको दर्ता वदर गर्ने गरेको विपक्षी मालपोत कार्यालयको मिति २०३८।२।३० को निर्णय र सो निर्णय सदर गर्ने गरेको तत्कालिन अंचलाधीश कार्यालयको निर्णयमा समेत कुनै कानूनी त्रुटी देखिन नआउने । (प्र.नं. १६) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री शंभु थापा, विद्वान अधिवक्ता श्री सानुबाबु पोखरेल विपक्षी तर्फबाटः विद्वान का.मु वरिष्ठ अधिवक्ता श्री कृष्णराम श्रेष्ठ, विद्वान अधिवक्ता श्रीविश्वकान्त मैनाली अवलम्वित नजिरः x फैसला न्या.लक्ष्मण प्रसाद अर्यालः नेपालको संविधान २०१९ को धारा ७१ अन्तर्गत परेको रिट निवेदनमा यस अदालतको मिति ०४३।३।२६ को आदेश उपर श्री ५ महाराजाधिराजको जुनाफमा परेको विन्तिपत्रमा वक्स भै आएको हुकुम प्रमाङ्गी बमोजिम पेश हुन आएको प्रस्तुत रिट निवेदन सहितको व्यहोरा यस प्रकार छः २. १९९१ सालमा तिलक बहादुर भण्डारी क्षेत्री जिम्मा मोठ नं. ४१९ द.नं. २० मा मेरा स्वर्गीयय माइला वावा खिमलाल पराजुलीका नाउँमा दर्ता भएको अंश अपुतालीबाट मेरो हक हुन आएको विजन पाथी ।३ मध्येको ।१ को घरवारी जग्गा, जग्गा नाप जाँच ऐन, २०१९ बमोजिम सर्भे हुँदा साविक छिने डाडा गा.प. वार्ड नं. ७ कि.नं. २८४ को र ऐ. दर्ताको निज माना ।।७ को जग्गा ऐ. बमोजिको सर्भेमा कि.नं. १४५ कायम भएकोमा दर्ता गर्न छुट भएकोले मालपोत ऐन, २०३४ को दफा ७ को उपदफा (२) बमोजिम दर्ता गरी जग्गा धनी दर्ता प्रमाणपूर्जा पाउँ भनी विपक्षी कार्यालयमा निवेदन दिएकोमा कि.नं. २८४ को फोड गरिएको कि.नं. ३८२, ३८३, ३८४ र ३८५ मध्ये कि.नं. ३८२ को क्षेत्रफल रोपनी ५-१०-३-३ कि.नं. ३८३ को ३-८-८-३ र कि.नं. ३३८४ को ५-०-०२ जग्गा कित्ता ३ र कि.नं. १४५ को रोपनी ०-१२-३१ का जग्गा मेरा नाउँमा मालपोत ऐन, २०३४ को दफा ७ को उपदफा (२) बमोजिम दर्ता गर्ने ठहर पर्चा ०३७।१।२६।१ मा विपक्षी मालपोत कार्यालयबाट गरि मलाई जग्गा धनी दर्ता प्रमाणपूर्जा दिइयो । मेरो परापूर्वकाल देखिको दर्ता तिरान भोग चलनको उक्त जग्गा सार्वजनिक हो भनी विपक्षी भक्त बहादुर समेतले विपक्षी प्रमुख जिल्ला अधिकारीको कार्यालय र विपक्षी नगर पंचायत समक्ष दिएकोले ती दुवै ठाउँबाट जग्गाको दर्ता बदर गरी सो को जानकारी दिनु भन्ने पत्र पठाइएको आधार लिई २०३८।२।२४ मा सर्जमिन समेत गरि मेरा नाउँको दर्ता मालपोत ऐन, २०३४ को दफा २४ को उपदफा (४) अनुसार बदर गर्ने ठहराई २०३८।२।३०।६ मा निर्णय पर्चा गरिएकोमा सो निर्णय उपर