निर्णय नं. ६४६० - लिखत बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६४६० - लिखत बदर भाग: ३९ साल: २०५४ महिना: फागुन अंक: ११ फैसला मिति :2054/07/28 २६३७ निर्णय नं. ६४६० ने.का.प. २०५४ अङ्क ११ पुर्ण इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री टोप बहादुर सिंह संवत् २०५३ सालको दे.पु.इ.नं. ––––––––––– १०२ फैसला मितिः २०५४।७।२८।५ मुद्दा :– लिखत बदर । विन्तिकर्ता/वादीः भ.पु.जि. भ.पु.न.पं. वडा नं. १३ लायकु ढोका कोलाछे बस्ने गजेन्द्र बहादुर विजुक्छे मरी मु.स. गर्ने निजको छोरा भुपेन्द्र हाडा । विरुद्ध विपक्षी/प्रतिवादीः भ.पु.जि. भ.पु.न.पं. वडा नं. १३ लायकु ढोका खोभाकोलाछे बस्ने मोहन कुमारी विजुक्छे हाडा समेत जम्मा ३ । § वादीले सौतेनी आमा मोहन कुमारीले मिति २०३७।२।२२ मा गरिदिएको लिखत वदर गरी पाउँ भनी प्रस्तुत मुद्दामा दावी लिएको देखिन्छ । वादी गजेन्द्र बहादुर र निजका वावु डि.गणेश बहादुर हाडा, सौतेनी आमा मोहन कुमारी र निज पट्टिको छोरा गंभीर बहादुर समेत ४ अंशियारको भाग वण्डा लगाई मिति २०२१।७।२७ मा वण्डा पत्र पारित भएको र मिति २०२१।७।२२ मा वन्देज पत्र (शर्तनामा) को कागज समेत भएको देखिन्छ । सो कागजमा रहेको शर्त वन्देजमा वादी स्वयं पनि संलग्न रहेको, सो कागजमा रहेको शर्त वन्देजमा वादी स्वयम पनि संलग्न रहेको सो कागजका शर्त अनुसार वावु आमा दुवैको शेषपछि वावु आमाको नाउंमा रहेको सम्पत्ति छोराहरुले वांडी खान भन्ने उक्त शर्तनामा (वन्देजपत्र) को व्यहोराबाट देखिन्छ । वावु डि.गणेश बहादुरको शेषपछि आमाले सो सम्पत्ति आफ्नो नाममा नामसारी गरी वेचेकोमा त्यसरी वेच्न नपाउने उक्त शर्त वन्देज पत्रले कुनै वन्देज नराखेको र कानुनले पनि निषेध नगरेको देखिंदा वादी दावी नपुग्ने ठहर्‍याएको वाग्मती अंचल अदालतको इन्साफ सदर हुने ठहर्‍याएको यस अदालत संयुक्त इजलासको इन्साफ मनासिव ठहर्ने । (प्र.नं. १८) वादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी, विद्वान अधिवक्ता श्री हरिहर दाहाल विपक्षी तर्फबाटः विद्वान अधिवक्ता श्री श्याम प्रसाद खरेल विद्वान अधिवक्ता श्री बाबुराज जोशी विद्वान अधिवक्ता श्री होरा प्रसाद जोशी अवलम्वित नजिरः x फैसला न्या.केदारनाथ उपाध्यायः सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४५।९।२९ को फैसला उपर बिन्तिपत्र परि इन्साफ दोहर्‍याई हेर्ने निस्सा प्रदान भई निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य एवम् ठहर यस प्रकार छ :– २. पिता डि.गणेश बहादुरको दुइटा पत्नीमा जेठी कृष्ण कुमारी र कान्छी विपक्षी मोहन कुमारी हुन । माता कृष्ण कुमारी आफ्नै कालगतिले १९८२ सालमा परलोक भएपछि पिताजीले विपक्षी मोहन कुमारीसंग वैवाहिक सम्बन्ध कायम गर्नु भएको हो । माताको शेषपछि हामी अंशियारामा पिता डि.गणेश बहादुर विपक्षी मोहन कुमारी म फिरादी र विपक्षी गम्भिर बहादुर समेत मिति २०२१।७।२२ गतेका दिन घरसारमा चार भाग अंश लगाई भिन्न भई २०२१।७।२७ गतेका दिन वण्डापत्र पारीत गरेका हौं । वण्डापत्र बमोजिम पिता गणेश बहादुरको भागमा परेको भ.पु. भ.पु.न.पं.वडा नं ४ वेखाल मूल ढोकाको पूर्व र उत्तर सडक बाटो पश्चिम गल्ली दक्षिण गुरुजुको वारी यति ४ किल्लाभित्रको रोपनी १०–८–० को घर पातालवारी वुद्धवीर सुवालले पाखुरे भई कमाई आएकोमा पिताको शेषपछि पूर्व पटृीको आधा गम्भिर बहादुर र पश्चिमपटृीको आधा म फिरादीले भोग चलन गरी आएको छु । साविक मोहि बुद्धवीर परलोक भई निजका छोरा विष्णु भक्त सुवालले कमाई आएको छ । उल