निर्णय नं. ६४६१ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६४६१ - उत्प्रेषण भाग: ३९ साल: २०५४ महिना: फागुन अंक: ११ फैसला मिति :२०५४/०६/०९ ३१३३ निर्णय नं. ६४६१ ने.का.प. २०५४ अङ्क ११ विशेष इजलास माननीय न्यायाधीश श्री कृष्ण जंग रायमाझी माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे संवत् २०५३ सालको रिट नं. –– २४२६ आदेश मितिः २०५४।६।९।५ विषय :– उत्प्रेषण । रिट निवेदकः ओखलढुंगा जिल्ला वैतेनी गा.वि.स.घर भै हाल का.म.न.पा.वार्ड नं. ३३ बस्ने अधिवक्ता तेजनाथ धमला समेत जम्मा २ । विरुद्ध विपक्षीः जिल्ला पांचथर गा.वि.स.यासोक वार्ड नं. ३ घर भै का.म.न.पा. वार्ड नं. ११ बस्ने प्रतिनिधिसभा सांसद पद्म सुन्दर लावती समेत जम्मा ८ । § विपक्षी पद्म सुन्दर लावती मन्त्री पदमा वहाल रहंदा अख्तियार दुरुपयोग गरी भ्रष्टाचार गरेको कसुरमा मुद्दा दायर हुनासाथ निजले सम्हालेका सवै पदबाट स्वतः निलम्वन भएकाले निज समेतले गरेको प्रतिनिधि सभाको विशेष अधिवेशनको समावेदन र प्रधानमन्त्री शेर बहादुर देउवा उपर प्रतिनिधिसभाको विश्वास छैन भन्ने अविश्वासको प्रस्तावमा निजले गरेको दरखास्त समेत गैरकानुनी भएकाले उत्प्रेषणको आदेशद्वारा वदर गरी मिति २०५३।९।१ गते श्री ५ बाट आव्हान गरिवक्सेको प्रतिनिधि सभाको विशेष अधिवेशनमा अधिवेशन अवधिभर निज उपस्थित हुन छलफल गर्न मत प्रकट गर्न, मतदान प्रकृयामा सहभागी हुन समेत नपाउने गरी अन्तरिम आदेश जारी गरी पाउं भन्ने समेतको निवेदन जिकिर भएको देखियो । यस अदालतले २०५३।९।९ मा वृहत विशेष इजलासबाट रिट निवेदनको रुपबाट अन्तरिम आदेश जारी गर्नु पर्ने उचित र आवश्यक देखिन आएन भनी अन्तरीम आदेश जारी नहुने गरी आदेश गरेको देखिन्छ । जहांसम्म माथि उल्लेख भए वमोजिम उत्प्रेषण आदेशको माग छ, श्री ५ बाट विशेष अधिवेशनको आव्हान गरिवक्से वमोजिम विशेष अधिवेशन वसी कार्य सम्पन्न भै परिणामतः सरकार समेत परिवर्तन भैसकेपछि पनि संसदका नियमित अधिवेशनहरु वसी कार्य सम्पन्न गरी आएको अवस्था समेत देखिएको छ र यस्तो अवस्थामा यस अदालतले असाधारण अधिकार क्षेत्रको स्वविवेकीय अधिकार प्रयोग गरी माग वमोजिम आदेश जारी गर्दा निस्प्रयोजन हुन जाने र साथै न्यायसंगत पनि हुने देखिदैन । तसर्थ प्रस्तुत रिट निवेदन खारेज हुने । (प्र.नं. १०) रिट निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री शेर बहादुर के.सी., विद्वान अधिवक्ता श्री तेजनाथ धमला विपक्षी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा, विद्वान अधिवक्ता श्री विष्णु प्रसाद भट्टराई अवलम्वित नजिरः x आदेश न्या.कृष्णजंग रायमाझीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ (२) अन्तरगत यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. मिति २०५३।८।२० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन कृषिमन्त्री पद्म सुन्दर लावती समेत विरुद्ध खण्डमा उल्लेख गरी कृषि सामाग्री संस्थानबाट टेण्डरद्वारा खरिद गरिने ठूलो धनराशीको मलसम्बन्धी विषयमा निजद्वारा अख्तियारको दुरुपयोग गरी आर्थिक अनियमितता गरेको भनी भ्रष्ट्रचार निवारण ऐन, २०१७ बमोजिम पुनरावेदन अदालत पाटनमा मुद्दा दायर गरी हाल उक्त मुद्दा बिचाराधीन छ । यसरी भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३ र ७(१) को कसुर गरेको र सोही दफा र दफा १४ (क) बमोजिम थप सजायं समेत गरी पाउं भनी माग दावी लिई मुद्दा चलाइएको छ । विपक्षी पद्म सुन्दर लावती मिति ०५१।७।२९ गते भएको संसदीय मध्यावधि चुनावमा पांचथर जिल्लाबाट निर्वाचित भै सांसद भएको हैसियतले प्रधानमन्त्री शे