निर्णय नं. ६४६२ - कर्तव्य ज्यान ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६४६२ - कर्तव्य ज्यान । भाग: ३९ साल: २०५४ महिना: फागुन अंक: ११ फैसला मिति :२०५४/०९/१० २७३० निर्णय नं. ६४६२ ने.का.प. २०५४ अङ्क ११ पूर्ण इजलास माननीय न्यायाधीश श्री गोबिन्द वहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे सम्ब्त २०५३ सालको फौ.पु.इ.नं. ––– २५, २६, २७, फौ.सा.पु.इ.नं. –––– २८ फैसला मितिः २०५४।९।१०।५ मुद्दा :– कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादीः जिल्ला पाल्पा मस्याम गा.बि.स. वार्ड नं. ३ घर भै हाल पाल्पा कारागारमा रहेको रंगेली कान्छा भन्ने लेख वहादुर झांक्री । विरुद्ध विपक्षी/वादीः दुर्गा बहादुरको जाहेरीले श्री ५ को सरकार पुनरावेदक/प्रतिवादीः जिल्ला रुपन्देही दुधराक्ष गा.बि.स. वडानं. ५ घर भै हाल पाल्पा कारागारमा थुनामा रहेको कृष्ण वहादुर वि.क. विरुद्ध विपक्षी/वादीः दुर्गा वहादुर अस्लामी मगरको जाहेरीले श्री ५ को सरकार । पुनरावेदक/प्रतिवादीः जिल्ला पाल्पा मस्याम गा.बि.स. वडानं. ३ घर भै हाल पाल्पा कारागारमा थुनामा रहेका रण वहादुर विश्वकर्मा । विरुद्ध विपक्षी/वादीः दुर्गा वहादुर अस्लामीको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादीः जिल्ला मकवानपुर धिगाल गा.वि.स. वडानं. ९ घर भै हाल कारागार शाखा पाल्पामा थुनामा रहेको खड्ग बहादुर गुरुंग । § प्र. लेख बहादुर प्रहरीमा फरार रहि अदालतमा आई वयान गरेको देखिन्छ । निजको वयानलाई हेर्दा अपराध गर्ने योजनामा पहिला देखि नै सरिक भएको देखिन्छ । त्यसै गरी निजले कर्तव्य पछि रु.१४००। निकालिएको सो रु.१४००। रुपैया मध्येबाट आफुले रु.३००। लिएको कुरा पनि स्विकार गरेको निजकै वयानबाट देखिन्छ । उल्लेखित वयानलाई पुष्टि गर्दै प्रतिवादी रण बहादुर, खड्ग बहादुर समेतले स्यानी मेजर्नीलाई रंगेली कान्छा भन्ने लेख बहादुरले घांटी अठ्याएका दवाएका हून भनी प्रहरी अदालतमा वयान गरेका र प्रतिवादी रण बहादुरले लेखाएको वयानमा पनि अपराध गर्नु भन्दा पहिले तेज कुमारीको पसलमा को को छन् भनी रंगेली कान्छा भन्ने रण बहादुर हेर्न गएको भनेका र सो कूरालाई लेख बहादुर समेतले स्वीकार गरेको पाइन्छ । यसरी पैसाको प्रलोभनमा मार्ने पुर्व तयारी गरी योजना वनाई घांटी अठ्याई मृतक राम बहादुर अस्लामी मगर, सानी मेजर्नी भन्ने यनीसरा मगर्नी र तेज कुमारी मगर्नीलाई मारेकोमा प्रतिवादी रण बहादुर समेत सावित भएको र उल्लेखित कुरालाई पुष्टि गर्दै अदालतमा उपस्थित सर्जमीनका मानिसहरु समेतले किटानी रुपमा लेखाई दिएको पाइन्छ । अतः उल्लेखित अवस्था तथा घट्नाको निरन्तरता समेतलाई हेर्दा प्र.रंगेली कान्छा भन्ने लेख बहादुर वारदातमा संलग्न थिएनन् भन्न मिल्ने अवस्था देखिदैन । यस्तो अवस्थामा अपराधमा आफू संलग्न नभई घटनास्थल वाहिर मानिस हेर्न वसेको भन्ने प्र. लेख बहादुरको भनाईलाई पुष्टि गर्ने कुनै प्रमाण समेत गुजार्न सकेको देखिदैन । खाली म संलग्न थिइन भन्दैमा निजलाई शंकाको सुविधा दिई निज लेख बहादुर पूर्व योजना अनुरुप घटनास्थलमा उपस्थित भईसकेपछि वारदातमा संलग्न नरही ३ जनाको कर्तव्य ज्यान जस्तो संगिन अपराधमा दर्शक मात्र भई टुलु टुलु हेरी मात्र रहे होलान भनी भन्न मिल्ने अवस्था विद्यमान नहुँदा निज प्रतिवादी रंगेली कान्छा भन्ने लेख बहादुर झांक्री समेतलाई ज्यान सम्वन्धी महलको १३(३) नं. वमोजिम जन्मकैद हुने ठहर्‍याएको शुरु पाल्पा जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत वुटवलको फैसला मनासिव ठहर्‍याएको यस अदालत संयुक्त इजलासका माननीय न्यायाधीश श्री क