निर्णय नं. ६४६४ - निषेधाज्ञा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६४६४ - निषेधाज्ञा भाग: ३९ साल: २०५४ महिना: फागुन अंक: ११ फैसला मिति :२०५४/०३/२४ २२९३ निर्णय नं. ६४६४ ०५४, ने.का.प अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य सम्वत् २०५१ सालको दे.पु.नं. ... २५२७ फैसला मिति : २०५४।३।२४।३ मुद्दाः निषेधाज्ञा । पुनरावेदक/निवेदकः पर्सा जिल्ला वीरगंज न.पा. वडा नं. ७ अन्तर्गतको श्रीराम जानकी मन्दिरको संचालक समितिको अध्यक्ष ऐ. झौवा गुठी गा.वि.स. वडा नं २ वस्ने पारस प्रसाद वरै समेत जम्मा ४ । बिरुद्ध विपक्षीः ऐ. वीरगंज न.पा. वडा नं. ७ को वडा समिति समेत जम्मा २ । § लालमती कलवारिनले पुजारी शुकेश्वर पाण्डेलाई मिति २००४।८।६।६ मा वेच विखन गर्न नपाउने गरी रामजानकी मन्दिरको पुजाआजाको कार्य चलाउने साधु सन्तलाई दान पुण्य भोजन गराई वांकी आयस्ता खानु भनी दानपत्र गरी दिएको सम्म देखिएको सो गरी दिएको दानपत्रमा शुकेश्वर पाण्डे धर्मछोरा भनी रामजानकी मन्दिरको पुजाआजा समेत संचालन गर्न संचालक समिति गठन गर्न सक्ने अधिकार दिएको नदेखिएको र अधिकार विना गठन भएको संचालक समितिले दिएको निवेदन नै अनाधिकार समेत देखिएको कारण समेतबाट निषेधाज्ञाको निवेदन पत्र खारेज गर्ने गरेको पुनरावेदन अदालत हेटौंडाको निर्णय आदेश मिलेकै देखिंदा पुनरावेदन जिकिर पुग्न नसक्ने । (प्र.नं. ९) पुनरावेदक तर्फबाटः x विपक्षी तर्फबाटः x अवलम्वित नजीरः x फैसला न्या.ओमभक्त श्रेष्ठः पुनरावेदन अदालत, हेटौंडाबाट भएको मिति २०५१।३।१९ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(क) अन्तर्गत यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ । २. मेरो धर्म आमा लालमतीले आफ्नो जीवन कालमा कि.नं. १०३, १०४, १९७, १९८, २०० का जग्गाहरु रामजानकी मन्दिर स्थापना गरी जग्गाको आयस्ताबाट पुजाआजा र साधुसन्तलाई दान भोजन गराई वांकी आयस्था पुजारीले खान पाउने गरी मिति २००४।८।६ मा दानपत्र गरी दिनु भएको रहेछ । सो जग्गा मध्ये वीरगंज न.पा. अन्तर्गतको जग्गामा अहिल्ल्या देवी र राम प्रसादसँग खिचोला मुद्दा चल्दा कि.नं. ११७ को जग्गा रामजानकीको हक कायम गरी भगवती शरण संचालक रहने गरी मिलापत्र भएको र दानपत्र अनुसार धर्म कार्य गर्न मन्दिर गुठि संचालक समिति गठन गरी मन्दीर निर्माणको सामाग्री समेत तैयार गर्दा सो जग्गामा रहेको टहरो घरमा कव्जा जमाउन विपक्षीहरुले वहालवालासँग वहाल उठाउने उद्देश्यले म योगेन्द्रलाई विपक्षी समितिमा वोलाई समितिले वहाल उठाउने गरी कागज गर्न भन्दा मैले कागज नगरी फर्किदा विपक्षीले पक्राउ गरी उपस्थित गराउने र वहालवालालाई धम्काई घरजग्गा खाली गराउने प्रयासमा लाग्नु भएकोले वाध्यभई यो निवेदन दिन आएका छौं । विपक्षीहरुको सो कार्यबाट हाम्रो नागरीक अधिकार ऐन, २०१२ को दफा ३,६ (९)७, ९, १३ द्वारा प्रदत नागरीक अधिकारमा आघँत हुने प्रवल आशंका भएकोले सो केही नगर्नु नगराउनु भनी अन्तरीम आदेश सहितको निषेधाज्ञा जारी गरी पाउँ भन्ने पारस प्रसाद वरै समेतको निवेदन । ३. विपक्षीहरुको नाउँमा पुनरावेदन अदालत हेटौंडाबाट जारी भएको कारण देखाउ आदेश । ४. लालमती कलवारनीले वीरगंजको जग्गामा रामजानकी मन्दिरको स्थापना गरी अन्य जग्गाबाट आउने आयस्थाले पुजापाठ साधु सन्तलाई दान पुण्य भोज गराई वांकी आयस्था खानु भनि शर्त राखि सुकेश्वर पाण्डेलाई पुजारी नियुक्त गरी २००४।८।६ मा दानपत्र गरी दिएकोले सो मन्दिर स्थापना र यथोचित व्यवस्था गर्ने अधिकार पुजारी सुकेश्वर पाण्