निर्णय नं. ६४६३ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६४६३ - उत्प्रेषण भाग: ३९ साल: २०५४ महिना: फागुन अंक: ११ फैसला मिति :२०५४/०१/१६ २४५९ निर्णय नं. ६४६३ ने.का.प. २०५४ अङ्क ११ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे सम्वत् २०५२ सालको रिट नं. ... २५०४ आदेश मितिः २०५४।१।१६।२ विषयः उत्प्रेषण । निवेदकः जिल्ला मोरङ तेतरीया गा.वि.स. वडा नं. ५ वस्ने वर्ष २२ को सुरश्याम माझी । बिरुद्ध प्रत्यर्थीः पुनरावेदन अदालत विराटनगर समेत जम्मा ५ । § रोक्का रहे उपर विवादको कित्ता जग्गाका संयुक्त दर्तावाला मध्ये शुरश्यामको जिल्ला अदालतमा उजुर परेकोमा कानून वमोजिम गर्नु भनि ०४७।४।१८ मा जिल्ला अदालतबाट भएको आदेशलाई कोशी अन्चल अदालतले सदर गरेको तथ्यलाई लोप गरी रिट निवेदक आएकोले रिट निवेदक सफा हातले नआएको र विवादित कित्ता जग्गा पुरै निवेदकको आफ्नो नाममा कायम नभै संयुक्त दर्ताको देखिने र संयुक्त दर्ता मध्ये एकजना दर्तावालाको जग्गा फुकुवा तर्फ निवेदन परी मिति ०४७।४।१८ मा कानून वमोजिम भै सो आदेश कायम रहेको अवस्थामा निवेदकको माग वमोजिम रोक्का आदेश वदर गरी जग्गा फुकुवा गर्ने स्थिति समेत नहुँदा प्रस्तुत रिट निवेदक खारेज हुने । (प्र.नं. १०) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री महेश कुमार नेपाल विपक्षी तर्फबाटः विद्वान अधिवक्ता श्री कैलाश न्यौपाने विद्वान सरकारी अधिवक्ता श्री शारदा वज्राचार्य अवलम्वित नजीर : x आदेश न्या.इन्द्रराज पाण्डेः नेपाल अधिराज्यको संविधान, २०४७ धारा २३ र ८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको सक्षिप्त तथ्य र आदेश यस प्रकार छ । २. पिता फकिरलाल दासका २ भाई छोराहरुमा जेठा घनश्याम माझी थारु कान्छा म सुरश्याम माझी भएकोमा पितासँग हामीहरु मिति ०४४।२।१७ मा अंशवण्डा पारीत गरी छुट्टी भिन्न भएको म निवेदक सुरश्याम माझी र जेठा दाजु घनश्यामको जिल्ला मोरङ तेतरीया गा.वि.स. वडा नं. ५ (क) कि.नं. २ को २(१-१० जग्गा प्राप्त गरेको उक्त जग्गा विक्री गर्न जांदा वोनाई खां थारु र विपक्षी फकिरलाल विच चलेको दे.नं. १८३० को लेनदेन मुद्दामा विगो भरी भराउ नभएसम्म मेरो समेत जग्गा रोक्का गरी पाउँ भनी वोनाइ खांले निवेदन दिइ सोही वमोजिम मेरो समेत जग्गा जिल्ला अदालत मोरङका मिति ०४७।१।१९ का आदेशानुसार रोक्का रहेको थाहा पाई अदालत समक्ष वेरीतको उक्त आदेश वदर गरी रोक्का जग्गा फुकुवा गरी पाउन निवेदन दिंदा समेत कानून वमोजिम गर्नु भनि आदेश भै जग्गा रोक्का रहेको छ । छुट्टी भिन्न भएको छोराको अंशमा वावुले खाएको ऋण असुल हुन नसक्ने र पिताजीले लगाएको ऋण कमाएको धनमा समेत मेरो कुनै हक र दायित्व रहन जाने समेत नहुँदा नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १२(१)ङ, धारा १७(१) द्वारा प्रदत हकमा प्रत्यक्षतः असर पर्न गएकाले संविधानको धारा ८८(२) अन्तर्गत उत्प्रेषणको आदेश वा अन्य उपर्युक्त आज्ञा आदेश वा पूर्जि जारी गरी कुण्ठित हकको संरक्षण र प्रचलन गराई पाउँ भन्ने समेतको सुरश्याम माझीको रिट निवेदन । ३. यसमा के कसो भएको हो ? निवेदकको माग वमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? आदेश प्राप्त भएका मितिले वाटाका म्याद वाहेक १५ दिन भित्र लिखित जवाफ पठाउनु भनि विपक्षीहरुका नाममा सूचना पठाई लिखित जवाफ आएपछि वा अवधि नाघेपछि नियमानुसार गरी पेश गर्नु भन्ने यस अदालतका एक न्यायाधीशको इजलासबाट भएको आदेश । ४. शुरु अदालतबाट मुद्दा फैसला भएपछि कानून वमोजिम पुनरावेदन गर्न पाउने हकको उपयोग गर्दै पुनरावेदन तहमा प्रवे