निर्णय नं. ६४६५ - लिखत दर्ता वदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६४६५ - लिखत दर्ता वदर भाग: ३९ साल: २०५४ महिना: फागुन अंक: ११ फैसला मिति :२०५४/०५/२५ २५९३ निर्णय नं. ६४६५ ०५४, ने.का.प अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री नरेन्द्र वहादुर न्यौपाने सम्वत् २०५० सालको दे.पु.नं. ... १३७३ फैसला मिति : २०५४।५।२५।४ मुद्दाः लिखत दर्ता वदर । पुनरावेदक/वादी : सर्लाही जिल्ला मलंगवा नगरपालिका वडा नं. ४ वस्ने श्री किशुन राय यादव । बिरुद्ध विपक्षी/प्रतिवादीः सर्लाही जिल्ला किसनपुर गा.वि.स. वडा न. ४ वस्ने मन तारिया देवी थरुनी समेत जम्मा ४ । § हालैको वक्स पत्र भएको कुनै पनि किताका जग्गाहरु वादीले लेनदेन मुद्दाका आधारबाट रोक्का राख्न सकेको देखिंदैन । यसरी रोक्का नरहेको जग्गामा रुपैया कर्जा लिएका आधारबाट मात्र प्रतिवादीहरुका जग्गामा वादीको हक पुगेको भन्न मिल्ने देखिंदैन । हकै नपुगेको कुरामा प्रतिवादीहरुका वीच जग्गा वक्सपत्र गरी लिनु दिनु गरेको कुरामा वादीको रुपैया भूस पार्ने उद्देस्यबाट नै सो कार्य गरेको भन्न अनुमान गर्न नमिल्ने हुँदा जालसाजी नठहराएको पु.वे.अ. को फैसलालाई सदर गर्ने गरी यसै लगाउको यिनै वादी प्रतिवादी वीच चलेको सम्वत् २०५० सालको फौ.पु.नं. ६६४ को जालसाजी मुद्दामा आजै फैसला भएको हुँदा प्रतिवादीहरुको वीच भएको जग्गामा वक्सपत्र वदर गर्ने उपर्युक्त कानूनी आधारको अभावमा वक्सपत्र वदर गरी पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहराएको पुनरँवेदन अदालत जनकपुरको फैसला मिलेकै देखिंदा सदर हुने । (प्र.नं. ८) पुनरावेदक तर्फबाट : x विपक्षी तर्फबाटः x अवलम्वित नजीरः x फैसला न्या.मोहन प्रसाद शर्माः प्रस्तुत पुनरावेदनको संंक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ : २. विपक्षी तुरनी देवीको पति भोला सोनेलालको पिता रामउगरको कान्छा वावु मन्तोरियाको वाजे दशै चौधरीले म वाट रु. ११,०००।- लिई कपाली तमसुक गरी दिएको भाषामा रुपैया वुझाई नदिई निज दशै मरेवाट निजको अपुताली व्यहोर्ने विपक्षी तुरनी, राम उगर, भोला र सोनेलाल उपर लेनदेन मुद्दा दायर गरी सांवा व्याज भरी पाउने ठहरी मिति ०४६।१।४ मा फैसला भएको र उक्त मुद्दा दायर गरे पछि गेनाई खांको वावुको वेला गा.वि.स. वा.नं. ७ (ख) कि.नं. २७ को २-०-४ मध्ये पूर्ववाट १-१०-० जग्गा रोक्का राख्ने आदेश भई मालपोत कार्यालयमा पत्र लेखी जांदा निज विपक्षीहरु उपर राम नारायणले चलाइएको लेनदेन मुद्दामा अगाडि देखि नै रोक्का रहेकोले दोहोरो रोक्का गर्न नमिल्ने भनी जवाफ आएपछि रामनारायणसँग लेनदेन मुद्दा मिलापत्र गरी रोक्का रहेको जग्गा फुकुवा गराई सवै विपक्षीहरुले मिलोमतो गरी मेरो थैली डुवाउने उद्देश्यले विपक्षी मध्येकी तुरनी र राम उगरको नाममा नामसारी दर्ता गराई ०४६।१।७ गते वक्सपत्र लेखत जालसाजीबाट गरी विपक्षी मन्तोरीयाका नाउँमा ०४६।१।८ गते रजिष्ट्रेशन पास गरे गराएको उक्त वक्सपत्र लेखत तथा सो को आधारबाट गराएको दर्ता समेत वदर गरी पाउँ भन्ने व्यहोराको वादीको फिराद पत्र । ३. वादीको ऋण दशै चौधरीले लिए खाएकोमा निजकै श्रीमतीबाट असुल उपर हुनु पर्ने हो । जवकि दशै चौधरीको नाउँमा १-३-० जग्गा रहेको थियो । म तुरनीदेवी र म प्र. राम उगर चौधरीको स्व. गेनाई खांका नाउँमा दर्ता रहेको जग्गामा आधी आधी दुवैजना अंशियार भएबाट हामीले संयुक्त नामसारी गराई नातिनी छोरी प्र. मन्तोरियालाई वक्सपत्र पारीत गरी दिएका जग्गा जालसाजी नभएकाले लेखत दर्ता वदर हुनु पर्ने होईन भन्ने व्यहोराको प्रतिउतर पत्र । ४. लेनदेन मुद्दाको विगो पचाउने उद्द